स्थानीय समाचार

जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने समूहको धन्दा


१९ फागुन, काभ्रे । बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए ।

कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए । दुबईमा रहेका नातेदारसँग उनले विदेश जाने योजना सुनाएका थिए ।

तर, विदेशमा रहेका नातेदारले आफूलाई पनि राम्रो जागिर छ भन्दै आउन प्रेम लामाले प्रस्ताव गरेको सुनाए । ओमलाई लाग्यो, नेपालमै बसेर काम गर्ने र राम्रो तलब पाइने भए किन विदेश जानू ?

रौतहटका प्रेमसँग पटक-पटक भेट भयो । उनले भारतको विहारस्थित मोतिहारी जिल्लाको ‘आइकोनिक ट्रेड मार्ट कम्पनी’ले वीरगञ्जमा अफिस राखेर विभिन्न पदमा जागिर दिन लागेको सुनाए ।

मासिक ४० हजार भारु तलब आउने, दुई महिनापछि दोब्बर हुने तर, सुरुमा केही पैसा बुझाउनु पर्ने बताए । ओमले विदेशमा भएका साथीभाइसँग ऋण लिए र ३१ साउनमा प्रेमसँग वीरगञ्ज लागे ।

त्यो दिन उनलाई प्रेमले ‘वीरगञ्जमा होस्टल खाली रहेनछ, १५ मिनेट पारी जाउँ’ भन्दै भारत प्रवेश गराए । उनी भन्छन्, ‘१५ मिनेट भन्दै ३ घन्टा पर लग्यो र एउटा होस्टलमा पुर्‍यायो ।’

त्यहाँ उनीसँगै थुप्रै युवाहरुले केही दिन कक्षा लिए । ओमले ‘प्रोडक्टमा लगानी’ भन्दै २ लाख ४ हजार ८०० रुपैयाँ बुझाए ।

होस्टल शुल्क भनेर १५ हजार लिइएको थियो ।

तालिम लिएपछि उनी घर फर्किए । जब महिना मर्‍यो, तलब बुझ्न जाँदा उनी छाँगाबाट खसे झै भए । ओम भन्छन्, ‘तिमीले अरु मान्छे ल्याएका छैनौं, ल्याएको भए तलब पाउँथ्यौं भन्न थाले ।’

त्यसपछि उनलाई लाग्न थाल्यो यो कम्पनीको भर छैन तर, २ लाख बढी रकम पनि फसिसकेको थियो । उनको नागरिकता पनि कम्पनीसँगै थियो, जुन अहिलेसम्म फिर्ता पाएका छैनन् ।

उनी मात्र होइन, खानिखोला गाउँपालिकाका राजेन्द्र थोकरले पनि शिक्षकको अस्थायी छाडेर यो कम्पनीमा पुगेका थिए । २ लाख ८ हजार रुपैया रकम बुझाएका उनी पनि ओम जस्तै ठगिएका छन् ।

ओम, राजेन्द्रसहित २७ जना युवाले शनिबार पत्रकार सम्मेलन गरेर आफूहरु ठगिएको बताएका छन् ।

‘हामीलाई वीरगञ्जबाट फोन नै नलाग्ने स्थानमा लगियो, अनि मोवाइल र पैसा जर्वजस्ती खोसियो’ पत्रकार सम्मेलनमा उपस्थित विवेक वाइबाले भने, ‘जागिर भनेर लगेर बन्दक बनायो ।’

उनीहरुका अनुसार करिव ४ सय ठगिएका छन् ।

पीडितहरुका अनुसार खानीखोलाका प्रेम लामा, अमित तिमल्सिना, बाराका उदयराज पाण्डे, सञ्जय रेश्मी मगर, हेलन रेश्मी भनिने तारा थापा मगर, राजु लामा र धादिङकी लिलामाया मोक्तान लगायतको समूहले नेटवर्क बनाएर ठगी धन्दा चलाएका छन् । रोजगार दिने नाममा युवाहरुबाट लाखौं रकम असुल्ने समुहका प्रेम लामा पक्राउ परेका छन् भने अरु फरार छन् ।

टुरिस्ट गाइड, कम्प्युटर अपरेटर, वेटर, कुकको जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने यो समूहको धन्दा हो । उनीहरुले हरेकबाट २ लाख ८ हजार असुलेका छन् ।

ठगीमा संलग्नहरुको खोजी भइरहेको काभ्रे प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले बताए ।

आइत, फाल्गुन २०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परे

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी...

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन...

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरे

वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा...

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण

खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको...

बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी

फागुन ८, काठमाडौं । अाज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी...