राजनिति

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिए


अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिएका छन्।

मंगलबार न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा सम्पादक शर्मालाई ३२ वटा प्रश्न सोधिएको थियो।

उनलाई प्रधानन्यायाधीशबारे समाचार लेख्दा अदालतको अवहेलना हुन्छ कि हुन्न?, प्रेस स्वतन्त्रता असीमिति हुन्छ कि यसका रेखा हुन्छन्?, प्रेस काउन्सिलको निर्देशनलाई मान्नुहुन्छ कि हुन्न?, यो मुद्दामा क्षमा माग्नु हुन्छ कि हुन्न? लगायत प्रश्न सधिएको थियो।

प्रश्नहरु अदालतको अवहेलना र प्रेस काउन्सिलको भूमिकामा बढी केन्द्रीत थिए।

जवाफमा शर्माले कान्तिपुरले अदालतको न्यायसम्पादनबारे नभई प्रधानन्यायाधीश गोपाल पराजुलीको व्यक्तिगत विवरणबारे समाचार लेखेको बताएका थिए।

‘सर्वोच्चकै एक इजलासले उहाँको जन्ममितिबारे अनुुसन्धान गर्न भनेकाले यस विषयमा समाचार लेख्दा अदालतको अपहेलना हुदैन भनें,’ बयानपछि सेतोपाटीसँग कुरा गर्दै शर्माले भने, ‘प्रेस काउन्सिल नियमनकारी निकाय हो, यसले संविधानले दिएका हक अधिकारलाई नियन्त्रण गर्न सक्दैन भन्ने बयानमा उल्लेख छ।’

उनले यो मुद्दामा कान्तिपुरले गल्ती नगरेकाले क्षमा नमाग्ने बयानमा उल्लेख गरेका छन्।

‘हाम्रो अदालतप्रति सम्मान छ, हामीले अदालतको अवहेलना गरेका छैनौं,’ शर्माले बयानमा भनेका छन्, जन्ममितिबारे उठेका प्रश्नमा प्रधानन्यायाधीशले जसरी आदेश दिनुभएको छ, त्यसले बरु अदालतको अवहेलना भएको छ। हामी क्षमा माग्दैनौं।’

प्रधानन्यायाधीश गोपाल पराजुलीबारे कान्तिपुरमा छापिएका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो।

प्रधानन्यायाधीश पराजुलीले आफूसँग सम्बन्धित सो मुद्दा आफ्नै इजलासमा राखेर सुनुवाइ गरेका थिए।

फागुन १३ गते पराजुलीको इजलासले कान्तिपुरलाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएका थिए।

उनको आदेशमा प्रेस काउन्सिललाई कान्तिपुर दैनिकमा विभिन्न मितिमा प्रकाशित उल्लिखित समाचार सामाग्रीहरुले पत्रकार आचारसंहिता उल्लङघन गरे नगरेकोतर्फ तत्काल छानबिन गरी जनमानसमा भ्रम पैदा गर्ने समाचारहरु पुन: प्रकाशन हुन नदिने लगायतका प्रेस काउन्सिल ऐनले दिएका अधिकारको तत्काल कार्यान्वयन गर्न भनिएको थियो।

मङ्ल, फाल्गुन २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित घरमा राखिएको छ ।...

दसैंको शुभकामना र रचना वाचन

काठमाडौँ, असोज २४ गते । नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान, रचना वाचन र स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले हिमालको चिसोमा बस्दा,...

बहिर्गमित जनमुक्ति सेना पुगे ककस्को ढोकासम्म ?

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले बाम गठनको सरकार निर्माण पस्चात संचालनगरेको ध्यानाकर्षण पत्र मार्फत संबंधित निकायलाई घच्घच्याउदै ध्यानाकर्षण गरिएको बिबरण निम्न छ । १.सम्माननिय प्रधानमन्त्री के. पि शर्मा वलि ज्यु – सम्माननियपुर्ब प्रधानमन्त्रीहरु क्रमशः २.पुस्पकमाल दाहाल (प्रचण्ड ) ज्यु ,(ने.क.पा. का अध्यक्ष )...

दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत

असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए...

मेलम्चीले उपत्यका को नदीमा बादिपहिरो आउने

असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भ

 असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको...