साहित्य गतिबिधि

पुष्पपराग साहित्य प्रतिष्ठानको वार्षिकोत्सव


पुष्पपराग साहित्य प्रतिष्ठानको वार्षिकोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्रा. डा. जिवेन्द्र देव गिरी ज्यू को प्रमुख आतिथ्य, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाका भुतपुर्व उपकुलपती वरिष्ठ मुर्तिकार ठाकुर प्रसाद मैनाली ज्यू र डा. कृष्ण भण्डारीको विशिष्ट आतिथ्यमा अतिथिहरु ज्ञानुवाकर पौडेल, प्रा .डा. निर्मोही ब्यास, प्रा .डा. हेमचन्द्र नेपाल, डा. घनेश्याम न्यौपाने `परिश्रमी´, डा. बम बहादुर जिताली, डा. राम प्रसाद ज्ञावली, समाजसेवी प्रेम खड्का, डिल्लीराज अर्याल, राम बहादुर पहाडी, भुवनहरी सिग्देल, निपाली छन्द निर्माण अभियन्ता पोस्टराज चापागाईं लगायतको आतिथ्यमा डा. देवी नेपाल, सितल गिरी, डा. हेमन्त खतिवडा, कोसराज न्यौपाने, विभिन्न साहित्यिक सस्थाका अध्यक्षहरु मन्जुश्री प्रधान, द्वारिका कुइकेल, भाग्यशाली अधिकारी, कौसिला रिसाल, मणिराज सिंह, विजयध्वज थापा, लगायत १५७ जना साहित्य प्रेमिहरुको उपस्तिथिमा सम्पन्न भयो।

यस कार्यक्रममा साहित्यकार डिल्लीराज अर्याललाई रु १०००० सहित “पुष्पपराग वर्ष सम्मान, २०७४” पुरस्कार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्रा. डा. जिवेन्द्र देव गिरी ज्यूको हातबाट प्रदान गरिएको थियो।
त्यस्तै रु ५००० सहित राम ब. पहाडीलाई “तिल कुमारी खड्का स्मृति पुरस्कार, २०७४” प्रमुख अतिथि र समाजसेवी तथा पुरस्कारका संस्थापक प्रेम बहादुर खड्काको हातबाट र नेपाली गजललाई वर्तमान अवस्था सम्म आइपुग्न योगदान दिनुभएका गजल पुनर्जागरणकर्ता ज्ञानुवाकर पौडेललाई पुष्पपराग मानार्थ सदस्य, संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष डा. येज्ञश्वर निरौला र प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो ।

पुष्पपराग साहित्य प्रतिष्ठानमा वर्षभरी वाचन भएका (संस्थालाई तत्काल लिखित रुपमा बुझाइएका मात्र) रचनाहरुमध्ये सर्वोत्कृष्ट रचनाकारहरू आर्य आयुसा, मार्मिक रोशन, देवु लुइटेल, बसन्ती ओली`वसन्ती´ र एन्जिला अधिकारीलाई “पुष्पपराग सर्वोत्कृष्ट रचना सम्मान,२०७४” प्रदान गरिएको थियो।
प्रतिष्ठानलाई बिशेष योगदान पुर्याएवापद ॐ ज्ञान मन्दिर स्कुलका प्रध्यानाध्यापक राम प्रसाद सुवेदी र कौटिल्य
र स्कुलका प्रध्यानाध्यापक प्रमोद सिलवाललाई प्रशंसापत्र दिनुका साथै पुष्पपराग साहित्य प्रतिष्ठानको आजिवन सदस्य बन्नुभएकोमा प्रा. डा. निर्मोही ब्यास, ढुन्दिराज पोखरेल, गिता मैनाली, राजबाबु श्रेष्ठ `सागर´ शारदा घिमिरे `भैल´, अनिता रेग्मी `यात्री´, रन्जु दाहाल, र रचना रचुलाई आजिवन सदस्य प्रमाणपत्र प्रदान गरिएको थियो।

डा. राम प्रसाद ज्ञावलीद्वारा लिखित “ज्ञावलि सूक्ति संग्रह” पनि यसै कार्यक्रममा विमोचन भएको थियो। सम्मानित तथा पुरस्कृत साहित्यकार डिल्लीराज अर्यालको ब्यक्तितब चर्चा पनि डा. ज्ञावलीद्वारा गरिएको थियो भने ज्ञावलीको सूक्ति संग्रह माथी प्रा .डा. हेमचन्द्र नेपालले प्रकाश पार्नुभएको थियो। त्यस्तै अर्का सम्मानित तथा पुरस्कृत साहित्यकार राम बहादुर पहाडीको ब्यक्तित्व चर्चा डा. बम बहादुर जितालीले गर्नुभएको थियो ।

प्रतिष्ठानका सदस्य तोय भट्टले संचालन गर्नुभएको यस कार्यक्रममा संस्थाका सचिब डा. प्रदीप मैनाली `स्वनाहम्´ले स्वागत मन्तब्य, सदस्य राजबाबु श्रेष्ठ `सागर´ले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अध्यक्ष डा. येज्ञश्वर निरौलाले कार्यक्रम समापन गर्नुभएको थियो।

शनि, फाल्गुन २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न भयाे । तिलकप्रसाद लुइटेलकाे सभापतित्व, प्रा डा गार्गी शर्माकाे प्रमुख अातिथ्यता तथा पाेष्टराज चापागाईकाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यकर्ममा उमेश पाण्डे , पुर्णबहादुर साउद लगायत अतिथिहरू रहनु भएकाे थियाे । कार्यक्रममा हेमन्त खड्का, सिद्धार्थ देवकाेटा जिन्दगीले...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

मेरो घाम निस्कियो

कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति मेरो घाम कवितासङ्ग्रह विमोचन एक समारोह बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका छन् । अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा विभिन्न शीर्षकमा त्रिपन्न ओटा कविताहरू समावेश गरिएका छन् । कविताहरूमा राष्ट्रप्रेम, जातीय...

गजलकार टक गुरुङको गजल संग्रह अनाहतको विमोचन

भाद्र ०९, काठमाडौं । गजलकार टक गुरुङको गजल संग्रह अनाहतको विमोचन भएको छ । बहर बहार समूहले आयोजना गरेको एक समारोहमा गजलकार प्रा.डा. घनश्याम न्यौपाने परिश्रमीसंगै आवाज शर्मा, करुण थापा, नारायण गैरे, लालकाजी श्रेष्ठ लगायतका श्रष्टाहरुले यो पुस्तकको विमोचन गर्नुभएको हो । ६० वटा गजलहरु...

सर्जक जमघट साहित्य समाजले दशाै रचना प्रवाह सुसम्पन्न

खाेज संवाददाता । काठमाडौं । काठमाडौंकाे कालीमाटीमा सर्जक जमघट साहित्य समाजले दशाै रचना प्रवाह सुसम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि डा शैलेन्दुप्रकाश नेपाल र विशिष्ट अतिथिद्वय पाेष्टराज चापागाईं र सुनिल अधिकारी रहनुभएकाे थियाे । करिब २ दर्जन सर्जकहरूले रचना वाचन गरेका थिए । कवितामा...