प्रमुख समाचार

नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीओलीलाई विश्वासको मत दिने वा विपक्षमा रहने भन्ने बारेमा निर्णय नभएको


। प्रतिनिधिसभामा एक सिट रहेको नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा विपक्षमा रहने भन्ने बारेमा निर्णय नभएको जनाएको छ । अपरान्ह १ बजे विश्वासको मतका लागि संसद बैठकबोलाइएको छ ।

 

मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय पार्टीले गरिनसकेको बताए । उनले संसद बैठकअघि पार्टीले सांसदलाई यसबारेमा निर्देशन दिने बताए । नेमकिपाबाट प्रेम सुवाल सांसद छन् ।

नेमकिपाले यस्ता विषयमा सधैं अन्तिम क्षणमा निर्णय गर्ने गरेको छ । पछिल्लो समय एमाले र माओवादीले वाम गठबन्धन बनाएर चुनाव लड्दा उनले यसको पनि आलोचना गरेका थिए । वाम गठबन्धनमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा मात्र सामेल छन् ।

विश्वासको मत दिने वा नदिनेबारे पार्टीले निर्णय नगरे पनि प्रधानमन्त्री ओलीको सन्दर्भमा तपाईंको के टिप्पणी छ ? भन्ने अनलाइनखबरको प्रश्नमा बिजुक्छेले भने, ‘मैले ओलीजीको बारेमा अहिले केही सोचेको छैन । आफ्नै स्वास्थ्यबारे सोचिरहेको छु । पार्टीले जे निर्णय गर्छ त्यहि हो मेरो सोचाई ।’

पार्टीले गरेको निर्णय नै आफ्नो सोचाई हुने भने पनि नेपाल मजदुर किसान पार्टी बिजुक्छेको सोचअनुसार चल्ने गर्छ । उनी स्थापनाकालदेखि निरन्तर पार्टी अध्यक्ष छन् । पार्टीमा उनको सोचको विपक्षमा अहिलेसम्म कोही बोल्ने गरेका छैनन् । शुरुमा भेरी-कर्णाली र भक्तपुरमा राम्रो संगठन रहेको नेमकिपा अब भक्तपुरको पनि भक्तपुर नगरपालिकाभित्र सीमित हुँदैछ ।

नयाँ शक्तिको नयाँ आइडिया

यसैबीच नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा अेालीलाई विश्वास गर्ने तर अहिले विश्वासको मत भने नदिने नीति लिएको छ । अहिले प्रतिपक्षमै रहने नीति अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको सन्चार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए ।

प्रतिनिधिसभामा नयाँ शक्तिको एक सिट छ । एकमात्र सांसद तथा पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई आइतवार जाकार्ताबाट मलेसिया पुगेका छन् । उनी संसदमा उपस्थित हुने छैनन् ।

आइत, फाल्गुन २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरे

 काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने...

कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा

असार, धनगढी ।कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको...

अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगे

असार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगेका छन् । दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।   उता कालिकोटको शुभकालिका...

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको कोशेलीः सम्झौता २३ (पुरा पाठ )

असार, बेइजिङ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटघाट विहीबार सकिएको छ । अब प्रधानमन्त्री ओलीले नेतृत्व गरेको जम्बो नेपाली टोली शुक्रबार ल्हासाको भ्रमणमा निस्कने र आइतबार स्वदेश फिर्ता हुने कार्यसूची छ ।   चीन भ्रमणको तेस्रो दिन विहीबार नेपाल र चीनबीच विद्युतीय...

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...