प्रमुख समाचार

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने बाटो खुले


चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकमा राष्ट्रपति सी चिनफिङको स्वागत गरिँदै। उक्त बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था खारेज गर्ने संशोधन प्रस्ताव पारित गरेको छ। तस्बिर स्रोत: द न्यूयोर्क टाइम्स

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने बाटो खुलेको छ।

चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने संशोधन प्रस्ताव पारित गरेको हो। यसले सन् २०२३ सम्मको कार्यकाल भएका चिनफिङलाई अनिश्चितकालसम्म राष्ट्रपति हुने बाटो खोलेको छ।

संविधान संशोधन मतदानमा २ हजार ९ सय ६४ जनाले मतदान गरेका थिए। तीमध्ये दुई जनाले मात्र विपक्षमा मतदान गरे भने तीन जना अनुपस्थित थिए। यसलाई ‘रबर स्ट्याम्प’ मतदान भनी आलोचना गरिएको छ।

चीनले सन् १९९० दशकदेखि दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने सीमा तय गरेको थियो। एकै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति पदमा बहाली गर्नु खतरनाक हुने भन्दै धेरै विज्ञले संविधान संशोधनको आलोचना गर्दै आएका छन्।

गत अक्टोबरमा राष्ट्रपति सीले आफ्ना सम्भावित उत्तराधिकारी प्रस्तुत गर्ने चलन तोडेका थिए। राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमै आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन उनी सफल भएका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले त्यसलाई ‘सी चिनफिङवाद’ को नाम दिएको थियो। त्यही सम्मेलनबाट राष्ट्रपति सी आगामी पाँच वर्षलाई पार्टी महासचिव र राष्ट्रपति चुनिएका थिए। त्यतिबेला सीको उत्तराधिकारी को हुने भन्ने विषय अनुत्तरित थियो।

फेब्रुअरी अन्त्यमा चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति कार्यकाल समयसीमा हटाउन सिफारिस गरेको थियो।

संविधान संशोधनपछि अब सी आफैंले नचाहेसम्म उनलाई राष्ट्रपति पदबाट हटाउन कठिन देखिएको छ। यसले उनलाई माओत्से तुङपछिको सबभन्दा शक्तिशाली चिनियाँ राष्ट्रपतिको हैसियतमा पुर्याएको छ।

पाँच वर्षअघिसम्म चीनमा संयुक्त नेतृत्वले शासन गर्ने परम्परा थियो। पूर्व राष्ट्रपति हु जिन्ताओको शासनकालमा तत्कालीन नौ सदस्यीय पोलिटब्युरो स्थायी समितिभित्र फरक विचारधारा राख्न छुट थियो। यसले प्रत्येक १० वर्षमा नयाँ व्यक्ति चिनियाँ नेतृत्वमा आउने वातावरण बन्थ्यो।

आइतबारको संविधान संशोधनपछि त्यो वातावरण अन्त्य भएको छ।

अब राष्ट्रपति सी संविधानमै टेकेर आजीवन राष्ट्रपति रहन सक्नेछन्। उनले यही मनसायले गुपचुप संविधान संशोधन प्रस्ताव अघि बढाएको विपक्षीहरुको भनाइ छ। कुनै एक नेतालाई उसले चाहेसम्म नेतृत्वमा बस्न दिने कि नदिने भन्ने यति महत्वपूर्ण विषयमा पनि राष्ट्रिय बहस नहुनुले यही झल्काउँछ।

सोम, फाल्गुन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बिम्स्टेक सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु नेपाल अन्तिम समयमा ब्याक

काठमाडौं:  भारतको पुणेमा सोमवारदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु भयो। सो सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा ब्याक भयो। नेपालको यो निर्णयसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ। प्रतिवद्धताका बाबजुद पनि अन्तिम समयमा नेपाल सैन्य अभ्यासबाट...

पशुपति र स्वयम्भूका बाँदरमा भएको क्यान्सरले मानिसलाइ सर्ने खतरा

भदौ, काठमाडौं । स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र त्यो सरे आन्द्राको क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् । स्ययम्भू र पशुपति क्षेत्रका धेरै बाँदरहरु बिरामी भएको जानकारी पाएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल...

चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता

भदौ, ल्हासा । सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको...

चीनको मायाले तेस्रो मुलुकबाट आयातका लागि भारतीय बन्दरगाहसँगको परनिर्भरता अन्त्य हुने

२२ भदौ, काठमाडौं । नेपाल-चीन पारवाहन सम्झौताको ‘प्रोटोकल’मा लगभग सहमति जुटेको छ । बुधबारदेखि काठमाडौंमा भएको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो । यससँगै तेस्रो मुलुकबाट आयातका लागि भारतीय बन्दरगाहसँगको परनिर्भरता अन्त्य हुने भएको छ । सम्झौता अनुसार चीनले नेपाललाई आफ्ना...

महागनरीय प्रहरी वृत्त दरबारमार्गले ५ वटा रेड पाण्डासहित दुई जनालाई पक्राउ

१९ भदौ, काठमाडौं । महागनरीय प्रहरी वृत्त, दरबारमार्गले ५ वटा रेड पाण्डासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको विवरण खुलाइएको छैन । ठमेल लैजाने क्रममा रेड पान्डासहित दुई जनालाई पक्राउ गरिएको वृत्तका डिएसपी दानबहादुर मल्लले पुष्टि गरे...

पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो

१७ भदौ, ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा...