प्रमुख समाचार

नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटना


२९ फागुन, काठमाडौं । नेपालमा विमान दुर्घटनाको तथ्य निकै दुःखद छ । नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । सोमबार युएस बंगला विमान दुर्घटनामा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ ।

नेपालमा दर्ता भएका बिमान समेत जोड्ने हो भने आइतबारको यो दुर्घटना ८५ औं हो । र, त्रिभुवन विमानस्थलमै ठूलो मानवीय क्षति हुने गरी भएको यो पहिलो दुर्घटना हो ।

 

नेपालमा अन्तरराष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३११ जनाले ज्यान गुमाएका थिए । नेपाली आकाशमा अहिलेसम्म ६५५ जनाले ज्यान गुमाएका छन् । आन्तरिक उडानका जहाज दुर्घटनामा परेर २९६ जनाको ज्यान गएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा महाशाखा प्रमुख सुरेश आचार्यका अनुसार यसअघि टर्किस एयरलाइन्सको सन् २०१५ को मार्चमा त्रिभुवन बिमानस्थलमा नै दुर्घटनामा परेको थियो । तर, टर्किस एयरलाइन्सको दुर्घटनामा भने कसैको पनि ज्यान गएको थिएन । अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा सबै यात्रुको सकुशल उद्दार भएको त्यो पहिलो घटना थियो ।

आचार्य भन्छन् ‘टर्किस एयरलाइन्सको दुर्घटनामा  सबै यात्रुको  सकुशल उद्दार गरिएको थियो, त्यसैले यो विमानस्थलको हातामा भएको पहिलो ठूलो दुर्घटना हो ।’

विदेशी उडानको इतिहास

नेपालमा पहिलोपटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा वीचक्राफ्टा ल्यान्ड भएको थियो ।  र, जहाज दुर्घटना भने पहिलोपटक सन् १९५५ को फेब्रुअरी ८ मा अन्तर्राष्ट्रिय एयरलाइन्स कालिंगा एयर सिमरामा दुर्घटनामा परेको थियो । जसमा २ जनाको ज्यान गएको थियो भने एकजनाको सकुशल उद्दार गरिएको थियो ।

नेपालमा नै दर्ता भएको जहाज भने सन् १९६१ मे ११ भैरहवामा पहिलो पटक दुर्घटना भएको थियो । जसमा ४ जनाको ज्यान गएको थियो ।

त्यसपछि सन् १९५६ मेमा इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जसमा १४ जनाको ज्यान गएको थियो भने १९ जनाको सकुशल उद्दार गरिएको थियो ।

अहिलेसम्म नेपालमा भएको ठूलो अन्तर्राष्ट्रिय  बिमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । १९२२ को सेप्टेम्बरमा पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा दुर्घटनामा पर्दा १५७ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै सन् १९५८ मा इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो । जसमा  विमानमा  यात्रा गरिरहेका २० सै जनाको ज्यान गयो ।

सन् १९९२ को जुलाइमा नुवाकोटको ग्याङ्देफेदीमा थाई एयरवेजको जहाज दुर्घटनामा पर्‍यो । जसमा  बिमानमा  रहेका ११३ जनाकै ज्यान गयो ।

त्यसपछि सन् १९९९ मा लुफ्थान्साको कार्गाे बिमान दुर्घटनामा पर्‍यो जसमा ५ जनाले जीवन गुमाए ।

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...

मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी

 जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने...

सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु

 जेठ, हेटौंडा । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु भएको छ । सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ...

प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे

जेठ, काभ्रे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे । आउँदा उनले वडा अध्यक्ष केपी दाहाललाई सोधे ‘यहाँ कुन कुन जातका मान्छे बस्छन् ?’ प्रचण्डले दाहालको अनुहारले नै चिनिने भन्दै आफू भने दाहाल एकतामा मात्रै नभएर...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर...