साहित्य गतिबिधि

खलपात्रले मण्डलामा कविता सुनाउने


काठमाडौँ, २६ फागुन ।
कृति नै ननिकाली कवि गोष्ठीहरूमा फुटकर कविता सुनाएकै भरमा युवा पुस्तामाझ चर्चित र लोकप्रिय बन्न सफल चितवनका कवि मुकुन्द खलपात्रले राजधानीमा एकल कविता प्रस्तुति गर्ने भएका छन् ।
चितवन–काठमाडौँ सेवा समाजको आयोजना तथा अराजक अक्षर समूह र कर्मी नाट्य समूहको सहकार्यमा यही चैत्र ५ गते अनामनगरस्थित मण्डला नाटकघरमा उनको एकल कविता वाचन कार्यक्रम तय गरिएको आयोजक संस्थाका संयोजक बेनुप पौडेलले बताए । 
‘दोस्रो पटक काठमाडौँमा एकल कविता वचान गर्दैछु, शुभचिन्तक तथा मेरा कविताका पारखी सबैको साथसहयोगको अपेक्षा गरेको छु’ कार्यक्रमबारे जानकारी दिने उद्देश्यले राजधानीको कमलादीस्थित एक रेष्टुराँमा आयोजना गरिएको सञ्चार सम्मेलनमा कवि खलपात्रले भने ।
भरतपुरमा बन्न लागेको कर्मी थिएटरको सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रममा आफ्ना चर्चित कविता ‘नमस्ते सर’, ‘मिस हिमाल’, ‘क्यान्डीक्रस जिन्दगी’लगायत केही नयाँ कविता सुनाउने तयारी गरिरहेको जानकारी दिए । जसरी पनि चितवनमा एउटा नाटकघर बनाइछाड्ने आफ्नो सपना रहेको पनि उनले कार्यक्रममा जानकारी गराए ।
उक्त सम्मेलनमा प्राज्ञ तथा कवि श्रवण मुकारुङले आफूलाई खलपात्रका कविता प्रसिद्ध अमेरिकी कवि एलेन्स ग्रिन्सवर्गका कविताजस्ता लाग्ने गरेका सुनाए ।

बुध, फाल्गुन ३०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वसन्त काव्यगोष्ठीको आयोजना र दीपज्योति सम्मानको घोषणा

दीपज्योति आ.मा.वि.ले तीन दशक अघि गोँगबुँ क्षेत्रमा पहिलो संस्थागत विद्यालयको रूपमा स्थापना भएर अब्बल दर्जाको पठनपाठनको अतिरिक्त विद्यार्थीहरूको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासको लागि पूmटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, क्रिकेट, ह्याण्डबल, कर्फबल, कपर्दी, तेक्वान्दो, नृत्य, संगीत, चित्रकला, साहित्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलाआदिको क्लबहरू स्थापना गरी...

साहित्यिकपत्रकार मोहन दुवाल सम्मानित

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको बीसौँ मासिक रचना वाचन तथा स्रष्ठा सम्मान कार्यक्रम २०७५ वैशाख ८ मा सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ट साहित्यिकपत्रकार श्री मोहन दुवाललाई स्रष्टा सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा प्रा डा जीवेन्द्र देव गिरीबाट प्रमुख अतिथीको आसन ग्रहण गर्नु भएको...

ज्योति साहित्य प्रतिष्ठानको १४०औँ कवितायात्रा

ज्योति साहित्य प्रतिष्ठानको १४०औँ कवितायात्रा कवि मणिराज सिंहको सभापतित्व र कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा मोहन दुवाल विशिष्ट अतिथि, राधिका गुरागार्इँ, पुष्कर लोहनी, गंगा सुवेदी, डा. शान्ति गिरी, रुकु कार्की, मेनका पोखरेल, भगवती अर्याल र हरि प्रसाद पाण्डेय अतिथिको रुपमा उपस्थित हुनुभयो...

जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरे

चैत २४गते जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरेको छ।कार्यक्रम प्रमुख अतिथि ठाकुर पराजुलीबाट वरिष्ठ साहित्य साधक हृदयचन्द्रको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरिएको थियो । दश विशिस्ट प्रतिभाहरूलाई सम्मान अभिनन्दन गरिएको थियो । हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान डा देवीप्रसाद सुवेदी लमजुङ...

संयुक्त गजल सङ्ग्रह : शीतल चौतारी को बिमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न

 खोज टेलिभिजन र परिवर्तनशील समूह नेपालको अायोजनामा गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेसन्स द्वारा मुद्रित हेमन्त खड्का र अाकाश थापाको सम्पादनमा शीतल चौतारी संयुक्त गजल सङ्ग्रह सम्पादित भई यहि मिति २०७४/१२/१७ का दिन क्षेत्र न. ५ को राजधानीमा प्रमुख अतिथि डा.घनश्याम परिश्रमी र विशेष अतिथि छन्द...

घनश्याम राजकर्णिकार सम्मानित

(काठमाडौं, चैत्र १० गते । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको उन्नाइसौं मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ठ यात्रा निबन्धकार घनश्याम राजकर्णिकारलाई स्रष्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रा. डा. ज्ञानु पाण्डेले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो । प्रतिष्ठानका...