राजनिति

काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चले


 काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।

लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।

यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।

लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । अहिले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल पनि घटनास्थल पुगेका छन् । उनले अनलाइनखबरसँग भने, ‘गोली कसैलार्इ लागेको छैन । सोधपुछ भइरहेको छ ।’

लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।

उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

लामाको साथबाट बरामद भएको पेस्तोल र गोली ।

२०७४ फागुन ३० गते २१:५७ मा प्रकाशित (२०७४ चैत १ गते ८:१८मा अद्यावधिक गरिएको)

बिहि, चैत्र १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने गरी सरकारले लगाएको निशेधाज्ञा फिर्ता लिनुपर्ने — डा. केसी

वैशाख, काठमाडौं ।लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा खोज अनलाइन संग संक्षिप्त कुराकानी गर्दै डा. केसीले भने– ‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर, यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन्...

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै

वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै छन् । पार्टी एकताका लागि नमिलेका विषयहरु टुंग्याउन केही दिनदेखि प्रयासरत दुई पार्टीका अध्यक्ष आज पनि छलफल जुट्न लागेका हुन् । एकताको नजिक रहेको ठानिएका एमाले–माओवादीबीच अधिकांश...

प्रदेशको राजधानी सार्न रामेछाप नेकपा मालेद्वारा जोडदार माग

रामेछाप, चैत १८ । नेकपा माले जिल्ला कमिटी रामेछापले गत शनिबार पत्रकार सम्मेल सम्पन्न गरेको छ । २०७४ को तीन तहको निर्वाचनमा नराम्रो सँग हार व्यहोरेको मालेले यहि चैत्र १,२,३, गते दाङको घोराहीमा राष्ट्रिय परिषदको सम्मेलन सम्पन्न गरे लगतै पाटिको नीति र विधिमा आधारीत ह’दै...

प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको बताए

फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् । साथै प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको उनले बताएका छन् । शुक्रबारदेखि सुरु...

एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित

फागुन, काठमाडौं । एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भए । धेरैलाई तिमिल्सिनाका बारेमा जानकारी छैन । कतिपयले त उनी राष्ट्रियसभाको अध्यक्ष बनेपछिमात्रै नाम सुनेका हुन् । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका तिमिल्सिना एमाले प्रदेश नम्वर ४ का सहसंयोजक हुन् । उनी एमालेबाट राष्ट्रियसभा...

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिए

तस्बिर: शर्माको फेसबुकबाट अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले सर्वोच्च अदालतमा बयान दिएका छन्। मंगलबार न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा सम्पादक शर्मालाई ३२ वटा प्रश्न सोधिएको थियो। उनलाई प्रधानन्यायाधीशबारे समाचार लेख्दा अदालतको अवहेलना हुन्छ कि हुन्न?, प्रेस स्वतन्त्रता असीमिति हुन्छ कि यसका रेखा हुन्छन्?,...