चैत काठमाडौं । प्रदेश र स्थानीय तहलाई निर्धारित समयभित्र अनुदान र राजश्वको अनुमानित विवरण दिन केन्द्र सरकार असफल भएको छ ।
तोकिएको समयभित्र यस्तो विवरण नपाउँदा प्रदेश र स्थानीय सरकारलाई नजिकिँदै गरेको आर्थिक वर्षको बजेट बनाउन अलमल भएको छ ।
अन्तर-सरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले सरकारले फागुन मसान्तभित्र राजश्व बाँडफाँट र वित्तीय समानीकरण अनुदान प्रदान गर्नुपर्ने छ ।
केन्द्र सरकारले अनुदानवापत आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित स्रोतको विवरण फागुन मसान्तभित्रै प्रदान गर्ने व्यवस्था गरिए पनि अहिले चैत लागिसकेको छ ।
ऐनको दफा १८ को उपदफा २ मा भएको उक्त व्यवस्था अनुसार यतिबेला प्रदेश र स्थानीय तहले अनुदान र राजश्व बाँडफाँट अन्तर्गत पाउने रकमको अनुमानित विवरण पाइसक्नुपथ्र्यो । तर, ऐनले तोकेको व्यवस्था बमोजिम हालसम्म दुवै सरकारले यस्तो विवरण पाउन सकेका छैनन् ।
प्रदेशले असार १ र स्थानीय तहका लागि असार १० भित्र आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानूनी बाध्यता छ । यसअनुसार बजेट बनाउन अब सय दिनभन्दा कममात्रै अवधि उपलब्ध छ ।
प्रदेश र स्थानीय तहले आयोगले दिएको अनुमानित विवरणको हिस्साका आधारमा बजेट तयार गर्छन् ।
कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले प्रदेश सरकार बजेट निर्माणको काममा लागिरहेकाले सरकारले जतिसक्दो चाँडो अनुदान र राजश्व बाँडफाँटको अनुमानित विवरण पठाउनुपर्ने बताए ।
केन्द्र र संघ दुवै सरकार गठनमै केन्द्रित भए पनि त्यसले आर्थिक मामिला र बजेट निर्माणमा असर गर्न नहुने उनले बताए । कानूनी व्यवस्थाबमोजिम कार्यान्वयन गर्न नसके त्यसको विकल्प खोज्नुपर्नेमा उनले जोड दिए ।
आयोगले गरेको सिफारिसका आधारमा सरकारले प्रदेश र स्थानीय तहलाई अनुमानित विवरण उपलब्ध गराउने कानूनी व्यवस्था छ । जसअनुसार आयोगले आफ्नोतर्फबाट परामर्श दिइसकेको बताएको छ ।
अर्थ मन्त्रालयका सहसचिव ईश्वरी अर्यालले प्रदेश र स्थानीय तहलाई पठाउनुपर्ने राजश्व र अनुदानको अनुमानित विवरण तयार गर्ने अन्तिम गृहकार्यमा रहेको बताए ।
उनका अनुसार यही साता यस्तो विवरण पठाइने गरी तयारी भइरहेको छ ।
आइत, चैत्र ४, २०७४ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र...

काठमाडौं । अर्थतन्त्रको अवस्था दिनानूदिन कमजोर बन्दै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडा आत्तिन थालेका छन् । अर्थमन्त्री भएको ५/६ महिनासम्म ब्यापार घाटादेखि डराउनु नहुने तर्क राख्दै आएका अर्थमन्त्री अहिले त्यही ब्यापार घाटा देखेर कहालिन थालेका छन् । ‘मन्त्री हुनुवित्तिकै अर्थमन्त्रीज्यू अर्थतन्त्रलाई सजिलै ट्र्याकमा ल्याउँछु भन्नुहुन्थ्यो । तर,...

माघ,काठमाडौं । जापानमा नेपाली श्रमिक पठाउने गरी तयारी तीव्र पारिएको छ । आगामी अपि्रलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारेका छन् । यसका लागि नयाँ संयन्त्र निर्माण गर्न नेपाल र जापान सहमत भइसकेका छन् । हाल नेपाल कामदार लैजान जापानले पठाउने मोडालिटीको...

काठमाडौँ। धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सहयोग जुटाउन सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जन घिमिरे ‘सुन्तली’ सोमबार मलेसिया प्रस्थान गरेका छन्। क्रिकेट रङ्गशाला निर्माणको लागि सहयोग जुटाउन मलेसियामा ‘धुर्मुस सुन्तली साँझ कार्यक्रम’ हुँदैछ। मलेसियाको विभिन्न सहरमा आयोजना हुनेछ उक्त कार्यक्रममा...

पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले भित्र्याएका २ वटा वाइडबडी विमान खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले शुक्रबार बैठक डाकेको थियो । सो बैठकमा अधिकांश सांसदहरु निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारविरुद्ध केन्द्रित भए । केही सांसदले उनलाई ‘भ्रष्टाचारका महानायक’ बताए भने केहीले चाहिँ ‘पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा...

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा संलग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम...