राजनिति

प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको बताए


फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् ।

साथै प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको उनले बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नौ पन्ने लिखित प्रस्ताव पेश गर्दै सिंहले देउवाको चर्को आलोचना गरेका छन् ।

भारतले नाकाबन्दी लगाएर नेपाली जनतालाई अनाहकमा ठूलो कष्ट दिंदा समेत भारत रिसाएर भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भन्ने मनोविज्ञानबाट कांग्रेसले यसलाई नाकाबन्दीसम्म भन्न सकेन’ उनले भनेका छन् ।

कांग्रेस एक्लै अविविश्वास वा महाअभियोगको प्रस्ताव समेत दर्ता गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले त्यसको प्रस्थान विन्दु संंविधान जारी भएपछि सुशील कोइरालालाई फेरि प्रधानमन्त्रीको उम्मेदवार बनाउनु भएको बताएका छन् ।

उनले पार्टी सभापति देउवामाथि व्यक्तिगत उग्र-राजनीतिक महत्वकांक्षा र सत्ता केन्दि्रत राजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् । भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्रीलाई जिताउन खेलेको भूमिका कांग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्दि्रत राजनीतिको पराकाष्टा थियो’ उनले भनेका छन् ।

प्रचण्डलाई धोकोबाज नेता भन्दै सिंहले उनीसँग मिलेर ओली सरकार ढाल्नु र प्रचण्डलाई प्रधानमन्त्री बनाएकै कारण कांग्रेस हारेकेा उनको दाब्बी छ ।

‘हाम्रो नेताले प्रधानमन्त्री पदको हतारो नगरी केही महिना मात्र पर्खिएको भए भारतको चर्को आलोचना मात्र गरेर बनेको ओलीको कथित खोक्रो राष्ट्रवाद जनताका बीच उखाङ्गो हुने थियो’ उनले भनेका छन्, सभापतिले राजनीतिक धैर्यता सुझवुझ नदेखाउँदा निर्वाचनमा वाम गठबन्धनले सफलता प्राप्त गरिहँदा हामीले यो दुःखद पराजय भोग्नु परेको यथार्थलाई हामीले भुल्नु हुँदैन ।’

सिंहले सभापतिमाथि गुटलाई प्रश्रय दिएको आरोप लगाएका छन् । आईजीपी प्रकरणले सिंगो पार्टीलाई बदनाम गराएको भन्दै सिंहले वाढी पीडितलाई सम्बोधन गर्दा ज्ञापन पत्र पढेको, बीबीसी साझा सवालमा देउवाको प्रस्तुति, राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका बेला दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्रीका रूपमा कांग्रेस नेताको कार्य कौशलता र क्षमतामाथि प्रश्न उठेको उनले बताए ।

सिंहले भनेका छन्, पार्टीको स्टार प्रचारक हुनु पर्ने पार्टी सभापतिको अलोकपि्रयताको कारण अधिकांश उमेद्वारहरूले भोट घट्ने मनोविज्ञानबाट भरसक सभापतिलाई  आफ्नो निर्वाचन अभियानमा लैजान रुचाएनन् ।’

कांग्रेस नेता सिंहले तत्काल पदाधिकारीहरु नियुक्त गर्नुको औचित्य नरहेको बताएका छन् । महासमिति बैठक बोलाएर विधान संशोधन गर्नु पर्ने र त्यसपछि मात्र पदाधिकारी मनोनयन गर्नु पर्ने उनको माग छ ।

त्यसका लागि यो बैठकबाट विधान परिमार्जन एवम संशोधन मस्यौदा समिति गठन गर्ने उनको प्रस्ताव छ ।

हेर्नुस् सिंहले प्रस्तुत गरेको लिखित प्रस्ताव

२०७४ चैत ९ गते १४:५५ मा प्रकाशित

शुक्र, चैत्र ९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु

 काठमाडौं । नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल-भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।   नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल...

गोंगबुबाट लागूऔषधसहित एक जना समातिए

असार, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागूऔषध मनोद्विपक पदार्थ २ हजार ३ सय ७९ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का २० वर्षीय मनिष बस्नेत छन् । उनको साथबाट डाइजेपाम ७९३ एम्पुल, बुप्रिनर्फिन नुफिन ९९३ र फेनारगन ७९३ गरी २३७९...

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी बीच१४ बुँदे संयुक्त वक्तव्य जारी

असार, बेइजिङ । चीनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न पूर्ण सहयोग गर्ने बचन दिएको छ ।   चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षीलाई भेटेकै दिन १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा चीनले ओली सरकार...

संघीय समाजवादी फोरम नेपाल लाजै नमानी संघीय सरकारमा गएपछि ….

 जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा गएपछि सप्तरीबासी जिल्लाको विकास हुनेमा आशावादी देखिएका छन् । निर्वाचनका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव उपप्रधान तथा...

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो

जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन

जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई...