साहित्य गतिबिधि

घनश्याम राजकर्णिकार सम्मानित


(काठमाडौं, चैत्र १० गते ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको उन्नाइसौं मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ठ यात्रा निबन्धकार घनश्याम राजकर्णिकारलाई स्रष्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रा. डा. ज्ञानु पाण्डेले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनुभएको थियो । प्रतिष्ठानका सदस्य माधव घिमिरे“अटल“ ले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै साहित्यकार घनश्याम राजकर्णिकारले प्रसिद्ध उपन्यसकार लीलाध्वज थापाको नामको सम्मान–पत्रबाट सम्मानि हुँदा सारै खुशी लागेको कुरा व्यक्त गर्दै लीलाध्वज थापाको व्यक्तित्व बारे चर्चा गर्नुभयो । प्रमुख अतिथि प्रा.डा. ज्ञानु पाण्डेले नेपाली साहित्यको माध्यमले नेपाललाई विश्वमा चिनाएको प्रसङ्ग उल्लेख गर्नुहुँदै कार्यक्रम अत्यन्त प्रभावकारी भएको चर्चा गर्नुभयो । कार्यक्रममा अध्यक्ष विजयध्वज थापाले साहित्यकार राजकर्णिकारले सम्मान ग्रहण गरिदिनु भएकोमा आपूm र संस्था नै सम्मानित भएको महसुस भएको उल्लेख गर्नुभयो । सो कार्यक्रममा प्रकाश बस्नेत गफाडी, गोविन्द नेपाल, मुकुन्द न्यौपाने, सुन्दर बहादुर खडका, पुष्पा धमला, गणेशप्रसाद खतिवडा, कुशुम शर्मा, शान्ति शर्मा, भुवन सिवाकोटी, दुर्गा तिवारी, राजेन्द्र ढुङ्गाना, घनश्याम प्रसाई, रामकुमार पण्डित, उत्तम विचार, सुशीला पौडेललगायतले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।

आइत, चैत्र ११, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भानु साहित्यिक दौड सम्पन्न

काठमाडौँ, असार २८ गते । भानु साहित्य प्रतिष्ठानको मूल आयोजना र साझा प्रकाशन र प्रज्ञा–प्रतिष्ठानको सहआयोजनामा ‘भानु साहित्यिक दौड’ को आयोजना गरियो । साझा प्रकाशन पुलचोक, ललितपुरबाट सुरु भएको ‘भानु साहित्यिक दौड’ सहरको विभिन्न भागको परिक्रमा गर्दै प्रज्ञा–प्रतिष्ठानमा आएर समापन गरिएको थियो । दौडको शुभारम्भ गर्दै साझा...

अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीमा कविता सुनाए

२९असार काठमाडौं -अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीको सु अवसरमा हेमन्त खड्काको संयोजकत्वमा, दामोदर ढकालको उद्घोषण,कलानिधि दाहालको प्रमुख अातिथ्य,तिलक लुइँटेलको विशेष अातिथ्य,मुरलीप्रसाद ढकालको सभापतित्वमा १२जना सर्जकले एकदेखि छ वटासम्म गजल/मुक्तक/कविता सुनाएका थिए।सबै कविताको समीक्षा विशेष अतिथि-तिलकप्रसाद लुइँटेलले मार्मिक ढङ्गमा गरे।सबैको मुटु झड्कने वाँणहरु अाफ्नो अाशनबाट कलानिधि...

प्रज्ञा पुस्तकालय भवन समुद्घाटन

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा नवनिर्मित पुस्तकालय भवन, प्रज्ञा छापाखाना तथा २०५ औँ भानु जयन्तीको कार्यक्रमको भव्य रूपमा समुद्घाटन गर्नुभयो । आज भानुभक्तको महत्त्व २०५ वर्षपछि पनि झन् बढ्दै गएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको भाषिक एकीकरणमा प्राण...

संसाक सम्मान तथा पुरस्कार–२०७५ को घोषणा

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रही आआफ्नो स्थानबाट यिनका विविध पक्ष र विधाहरूलाई समृद्ध पार्न पु¥याउनुभएको उल्लेखनीय योगदानको लागि संसाक वाङ्मय प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई विभिन्न विधाको संसाक सम्मान तथा पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको स्रष्टा...

दुवाललाई फेडोल साहित्य पुरस्कार

काठमाडौँ, असार २२ गते । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान, सूर्यविनायक–४, भक्तपुरले फेडोल साहित्य पुरस्कार वितरण एवम् साहित्य विमर्शको कार्यक्रम गरेको छ । साहित्यकार मोहन दुवाललाई फेडोल साहित्य पुरस्कार र अदिश्री कस्पाललाई उदयमान नव प्रतिभा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले देशमा...

‘हिमवत् खण्ड कला, साहित्य सम्मिलन’ हुने

काठमाडौँ । २०५ औँ भानुजयन्तीका सन्दर्भमा मदन भण्डारी कलासाहित्य प्रतिष्ठानले ‘हिमवत् खण्ड कला साहित्य र संस्कृति ः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ भन्ने मूल उद्घोषका साथ यही असार २९,३० र ३१ गते तीन दिन यस क्षेत्रमा स्थापित कला, साहित्य र संस्कृतिकोे परिचय तथा गरिमा, विचार...