कविता

`म भित्रको मान्छे ´

-नाम:दिपा मिश्र  स्थायी ठेगाना:रिस्ती ,३,तनहुँ 


 

बिहानिको सुरुवात सङ्गै
ब्युझिन्छन मेरा दुई नयन
मन ब्युझिन्छ
बिस्तारै मगज पनि।
हिजोको कथा
अस्तिको बेथा
अनि बर्सौदेखिको गल्ती
न दोहोरिओस
प्राथाना मेरो
तर कहाँ हुन्छ र सोचेजस्तो ।
बिगत,बर्तमान र भबिस्य
तिन दिसामा छन्
अनि म अर्कैतिर
थाहा छैन मेरा पाइलाले
कुन मोडमा पुर्याउछन।
म को हु त्यो पनि थाहा छैन
सास फेरिरहेछु
आँखा हेरिरहेछु
तर म बिबस छु
वा समर्पित
त्यो पनि थाहा छैन।
मनको बेगसङ्गै बग्दै जादा
पुग्नै लागे म धेरै पर
कोहि त मलाइ रोक,
कुन बाटो हो मेरो
कोहि त भनिदेउ।
म अन्जान छु
मेरा पाइलाहरु
बिच बाटोमा अलमलिदा
साथ दिनुपर्ने
मेरो मन म आफैबाट टाढा छ
कोसौ टाढा
जन्मौदेखी चिर निन्द्रामा छ
म हिडिरहेछु
फगत यो यात्रा जिन्दगिको
उता अलपत्र छ
अस्तब्यस्त छ
म भित्रको मान्छे।
फोन नम्बर :९८४९८१२४०५

सोम, चैत्र १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

“तिमी थारू” कविता

तिमि थारु काम गर्छौ मरिमरि घाम पानीसंग लड्दै हिन्दै घुम्दै थारु कोखमा जन्म लियौ सानैमा काममा दौडियो आफ्न काम प्रती सधै आत्मसात गरे कर्म गर्यौ तिमि थारु, आदिबासी जनजाती भुमिपुत्र तराई बासी औलो रोगसंग लड्दै मरुभुमी, सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर उर्बर,अन्न फल्ने खेती योग्य जमिन बनायौ बाघ,भालुसंग लड्दै घर परिवार बचायौ तिमि थारु, सोजो छौ सोजो काम मात्रै जान्छौ सबैले भनेको मान्छौ बोली...

हार्यौ कि जित्यौ?

आमाको ममताले रोकिने पाइलाहरु किन रोकिएनन् अनन्त यात्रामा निस्किनु अघि? बालाई आइडल देख्ने आँखाले उनको संघर्ष किन देखेनन् अविश्रान्त निदाउनु अघि । आमाले गुमाएको सुन्दरता र बाले मरुभूमिमा खर्चेको जवानी भन्दा अर्को ठूलो कुन त्याग चाहान्थ्यौ तिमी तिम्रो खुशीको बदलामा ? आमाका चर्चरी फुटेका गोडा देख्दा मनमा कतै धाँजा फाटेन र? बाको थाप्लामा परेको नाम्लोको डोबले तिमीमा...

जन्म घर

जन्मघर सबैभन्दा ठूलो रैछ ठान्छु यसपाली दशैमा त आफ्नै गाँउ जान्छु विदेशमा बस्ने भाई आउनु है घर सधैभरि विदेशको हुदैन नि भर दशमीको टिका थाप्न कुलघर जाउँ दाजु भाई रमाएर सँगै बसि खाउँ बा आमाले पढाउन धेरै गरे कर्म त्यो कुराको मैले त बुझिनछु मर्म शिक्षा दिक्षा पाइकन सहरमा आएँ रवाफिलो सहरीया भएर नै खाएँ अहिले...

गौरबशाली यात्रामा अगाडी बढौ

मन्दिरका ती  सुमुधुर घण्टहरु अचेल कम बज्न थालेका छन् बिहान सबेरै भालेका डाकसंगै प्रत्येक दिन बज्ने घण्टहरु कम बजेको सुनेर हिजो आज त्यो भाजमन बाजे निरास निरास छन् मन्दिरको वरपर बस्तीसम्म पनि आउने गोकुलधुपका बास्नाहरु पनि बास्ना आउन छाडेका छन ***************************** अस्ति भेटमा त्यो रसुवाको ठिटो पनि हिमालका गुम्बाहरुमा बाइबल पसेकोमा चिन्ता गरेका थिए इतिहास बोकेको गुम्बामा ओम माने पेमे हुँ कम सुनिन थालेका...

शब्द र सभ्यता

 जसले, संसारले सबैभन्दा फराकीलाे भनेर मानेकाे अाकाशलाई तीन अक्षरकाे अाफु भित्र समेट्न सक्छ। जाे संसार भरीका छापाखानामा अाफ्नाे एकताकाे तागत देखाउदै प्रीन्टरहरूलाई एका एका गरीचुम्दै हरेकका टि,टेबलमा एकाकपहानै पछारीदिन्छ ऊ, नाली देखि नेतासम्म चाेर देखी पुलिससम्म डाक्टर देखि बिरामी सम्म वकिल देखि अदालतसम्म र बाँकी सबै सबैकाे अन्तस्करण वा अाबरणबाट अंङ्कुराएकाे छ तर,डक्टरकाे एक शब्दमा बिरामीकाे प्रमाणकाे निरन्तरता या मरण जस्ताे विशिष्ट शब्दहरू लुप्त हुन सक्छन् न्याधिशकाे एकशब्द अर्थात”फैसलाले” एक साथखुशीर राेदन नामक दुई शक्तीशाली शब्दकाे जन्म हुन्छ चुनाब अगी स्टेजमा फुकेका र संसदीय शब्द सेटीङ...