साहित्य गतिबिधि

संयुक्त गजल सङ्ग्रह : शीतल चौतारी को बिमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न


 खोज टेलिभिजन र परिवर्तनशील समूह नेपालको अायोजनामा गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेसन्स द्वारा मुद्रित हेमन्त खड्का र अाकाश थापाको सम्पादनमा शीतल चौतारी संयुक्त गजल सङ्ग्रह सम्पादित भई यहि मिति २०७४/१२/१७ का दिन क्षेत्र न. ५ को राजधानीमा प्रमुख अतिथि डा.घनश्याम परिश्रमी र विशेष अतिथि छन्द अन्वेषक पोष्टराज चापागाईंलको अातिथ्यतामा बिमोचन कार्यक्रम सम्पन्न भएको छ।यस कृतिका प्रकाशक नवराज विष्ट संयोजकहरू सिताराम खड्का,संगीता क्षेत्री दिपक एच डी न्यौपाने,रमेश खड्का रियोज र राम कुमार बोहरा रहनुभएको थियो।उक्त कार्यक्रममा विभिन्न स्रष्टाले गजल वाचन गरि र परिवर्तनशील समूह नेपालबाट सांगेतिक प्रस्तुति रहेको थियो।यश कार्यक्रम क्षेत्र न. ५ को राजधमनी वुटवल गोलपार्क स्थित पत्रकार महासंघको हलमा करिब १५० साहित्यिक मनमुटुहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो।

सोहि कार्यक्रमको अन्तमा सम्पूर्ण अतिथिहरुले नाचगानमा सहभागिता जनाई कार्यक्रमको उच्चता झनै बढाएका थिए / कार्यक्रमका सभापति खोज टेलिभिजनका स्टेशन प्रमुखले खोज टेलिभिजनलाई बिमोचन कार्यक्रम संचालन गर्न दिएकोमा र सम्पूर्ण अतिथिहरुलाई टेलिभिजनको तर्फबाट बिशेष धन्यबाद दिनुभयो ,आगामी दिनहरुमा पनि साहित्यकारहरुले खोज टेलिभिजनलाई यसरि नै माया गर्नु हुनेमा आफु बिश्वस्त रहेको कुरा ब्यक्त गर्नु भएको थियो /

सोम, चैत्र १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वसन्त काव्यगोष्ठीको आयोजना र दीपज्योति सम्मानको घोषणा

दीपज्योति आ.मा.वि.ले तीन दशक अघि गोँगबुँ क्षेत्रमा पहिलो संस्थागत विद्यालयको रूपमा स्थापना भएर अब्बल दर्जाको पठनपाठनको अतिरिक्त विद्यार्थीहरूको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासको लागि पूmटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, क्रिकेट, ह्याण्डबल, कर्फबल, कपर्दी, तेक्वान्दो, नृत्य, संगीत, चित्रकला, साहित्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलाआदिको क्लबहरू स्थापना गरी...

साहित्यिकपत्रकार मोहन दुवाल सम्मानित

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको बीसौँ मासिक रचना वाचन तथा स्रष्ठा सम्मान कार्यक्रम २०७५ वैशाख ८ मा सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ट साहित्यिकपत्रकार श्री मोहन दुवाललाई स्रष्टा सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा प्रा डा जीवेन्द्र देव गिरीबाट प्रमुख अतिथीको आसन ग्रहण गर्नु भएको...

ज्योति साहित्य प्रतिष्ठानको १४०औँ कवितायात्रा

ज्योति साहित्य प्रतिष्ठानको १४०औँ कवितायात्रा कवि मणिराज सिंहको सभापतित्व र कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा मोहन दुवाल विशिष्ट अतिथि, राधिका गुरागार्इँ, पुष्कर लोहनी, गंगा सुवेदी, डा. शान्ति गिरी, रुकु कार्की, मेनका पोखरेल, भगवती अर्याल र हरि प्रसाद पाण्डेय अतिथिको रुपमा उपस्थित हुनुभयो...

जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरे

चैत २४गते जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरेको छ।कार्यक्रम प्रमुख अतिथि ठाकुर पराजुलीबाट वरिष्ठ साहित्य साधक हृदयचन्द्रको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरिएको थियो । दश विशिस्ट प्रतिभाहरूलाई सम्मान अभिनन्दन गरिएको थियो । हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान डा देवीप्रसाद सुवेदी लमजुङ...

घनश्याम राजकर्णिकार सम्मानित

(काठमाडौं, चैत्र १० गते । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको उन्नाइसौं मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ठ यात्रा निबन्धकार घनश्याम राजकर्णिकारलाई स्रष्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रा. डा. ज्ञानु पाण्डेले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो । प्रतिष्ठानका...

खाेज टेलिभिजनकाे अायाेजनामा सीता बिष्ट कार्कीकाे तीन अाेटा कृर्ति बिमाेचन

खाेज टेलिभिजनकाे अायाेजनामा सीता बिष्ट कार्कीकाे तीन अाेटा कृर्ति बिमाेचन भयाे। उक्त समाराेहमा खाेज टि.भी का महाप्रबन्धक रत्नप्रसाद अनामणीले सभाकाे अध्यक्षता गर्नुभएकाे थियाे भने प्रा.डा गार्गी शर्माकाे प्रमुख अातिथ्य रहेकाे थियाे। बिशिष्ठ अतिथिकाे रूपमा डा. घनश्याम परश्रमी रहनु भएकाे थियाे भने डा. सत्यराज थपलिया, डा....