अन्तर्राष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाए


२१ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ । सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् ।

 

गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ ।

आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै लेखेका छन्, ‘हामी एक मिटिङमा थियौं । हामीले मानिसहरु भागिरहेको देख्यौं । पहिले लाग्यो कि भूकम्प आयो होला । कोठाहरु खालि भइसकेपछि पनि हामीलाई थाहा थिएन कि के भइराखेको छ । मानिसहरु भागिरहेका थिए र मामला गम्भीर जस्तो लाग्यो ।’

उनी अघि लेख्छन्, ‘हामी एग्जिटतर्फ भाग्यौं । त्यहिबेला कसैले भन्यो यहाँ एक व्यक्ति बन्दुक लिएर घुसेको छ । मैले र्फस र सिँढीहरुमा रगतका थोपा देखें । यहाँ प्रहरी राइफल लिएर आइसकेका थिए ।’

यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्दछन् ।

बुध, चैत्र २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

अमेरिकाले आफ्नो देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण

अमेरिकाको पछि लागेर सत्ता विप्लवमा लागेका भेनेजुयलाका विपक्षी नेतामाथी कारवाहीको माग गरिएको छ । त्यहाँका महाधिवक्ताले नै शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका हुन् । मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले यस्तो माग...

Japan Hands Over Latest Diagnostic Devices to Nepal Cancer Hospital and Research Centre

(Kathmandu: 10 th January): Spouse of the Japanese Ambassador to Nepal, Mrs. Eriko Saigo, handed over the latest diagnostic devices to the Nepal Cancer Hospital and Research Centre in Lalitpur District. The Project for the Provision of Medical Equipment for the Nepal Cancer Hospital in Lalitpur Metropolitan City is...

रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा

मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक...

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न...

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु

असोज, काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् ।...