प्रमुख समाचार

कुनैबेला अपराध, दुर्घटना र सिण्डिकेटको ‘हब’ बनेको काभ्रे परिचय फेर्न निकै संघर्ष गरिरहेको छ /


 चैत, धुलिखेल । कुनैबेला अपराध, दुर्घटना र सिण्डिकेटको ‘हब’ बनेको काभ्रेपलान्चोक बन्न थालेको काभ्रेपलान्चोकले आफ्नो परिचय फेर्न निकै संघर्ष गरिरहेको छ । प्रहरी प्रशासनले जनप्रतिनिधि र राजनीतिक दलको समेत साथ लिएर काभ्रेको छबी फेर्न खोजेको छ ।

प्रदेश ३ को राजधानी काभ्रेपलान्चोक बनाउन प्रदेश संसदमा प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा यहाँका राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यवसायी र नागरिक समाजले पनि प्रहरीको अभियानलाई साथ दिएका छन् । जसको बलमा प्रहरी एकपछि अर्को अप्रेसमा सफल भइरहेको छ ।

 

यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको लडाइँ सबैभन्दा पछिल्लो र पेचिलो संघर्ष थियो । यो लडाइँमा संघीय सरकारदेखि स्थानीय जनताकोमात्र होइन सिंगो देशको समर्थन पाएको प्रहरी तथा प्रशासनले ठूलो सफलता पाएको छ ।

काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले सिण्डिकेट विरुद्धका लडाइँ चुनौतिपूर्ण रहे पनि सबैको साथ मिलेको बताए । यद्यपी यो अप्रेसन केही दिनका लागि मात्र नगरेर निरन्तर राखिनुपर्ने उनको अनुभव छ । प्रहरीका लागि अहिलेको सफलता कायमै राख्नु भविष्यका लागि पनि चुनौति बनेको छ ।

उपत्यका महाशाखामा हुँदा पेट्रोल पम्पहरुले उपभोक्तालाई ठगी गरेको सन्दर्भमा विशेष अप्रेसन गरेर सफलता पाएका थापाले काभ्रे सरुवा भएपछि सिण्डिकेट, गुण्डागर्दी र टिपरहरुको ज्यानमारा प्रवृतिविरुद्ध मिसन सन्चालन गरेका थिए । उनलाई यो मिसनमा सबैको साथ मिल्यो ।

राजधानी काठमाडौंसम्म गुण्डागर्दीको सन्जाल चलाउने काभ्रेकै धेरै भएकाले उनले शुरुमै स्थानीय जनता र प्रहरीबीच अन्तरक्रिया बढाए । जसले गर्दा गुण्डागर्दीविरुद्धको अप्रेसनमा उनलाई स्थानीयको साथ भयो । गणेश लामा जस्तै देशकै ठूला गुण्डा नाइके चुनाव लड्दा पनि काभ्रेमा कुनै हिंसात्मक घटना हुन नदिन यहि ट्रिक काम लाग्यो ।

एसपी सहकुल थापा

अपराधिक गतिविधि रोक्नका लागि सहरी क्षेत्रमा सिसिटिभि जडान्, अरनीको राजमार्गमा दैनिक रुपमा बढेको दुर्घटना न्युनिकरणका लागि साँढे बनेका टिपरहरुलाई टाइम कार्ड मार्फत सीमित गतिमा सञ्चालन गर्न समेत प्रहरी सफल भएको छ ।

दिनदिनै टिपरको ठक्करबाट मान्छेको मृत्यु हुने र राजमार्ग अवरुद्ध भइरहने समस्याबाट अहिले बनेपाले मुक्ति पाएको छ । टि्रपर, बस र अन्य सवारी साधनहरुलाई विभिन्न खालका दुर्घटना न्युनिकरण सम्बन्धी तालिमको नियमित व्यवस्थापन समेत गर्दै आएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेरजजंग मल्लले बताए ।

राजधानीमा सहजै भित्र्याउनका लागि २१२ रोपनीमा उत्पादन भएको हजारौं बोट गाँजा नष्ट पारेको काभ्रे प्रहरीले  विभिन्न मुद्दाका फरार ५६ फरार अभियुक्तको समेत प्रहरीले पक्राउ गरेर अदालत सामु बुझाएको छ । जिल्लामा रहेका ६ थान हातहतियार सहित केही व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएको छ ।

जिल्लामा केही प्रतिष्ठित व्यक्तिहरुले सञ्चालन गरेको जुवा तासको अखडासमेत प्रहरीले गत मंसिरमा तोडिदिएको थियो । नक्कली लाइसेन्सको एउटा गिरोह नै पक्राउ गर्नु काभ्रेका प्रहरीकोे अर्को ठूलो सफलतासमेत हो । काभ्रे राजधानी छिर्ने नाका र सबैभन्दा नजिकको ठाउँ भएका कारण पनि सुरक्षामा बहुआयामिक चुनौतिहरु रहेको एसपी थापाले बताए । यद्यपी धेरै विकृति र अपराधहरु नियन्त्रण गर्न सकिएको उनको दावी छ ।

मानव बेचबिखन, बलात्कार, महिला हिंसा जस्ता कुप्रथा विरुद्ध काभ्रे प्रहरीले दैनिक रुपमा विभिन्नखाले अभियान चलाउनु सकारात्मक भएको मानवअधिकारकर्मी भोजराज तिल्सिनाले अनलाइनखबरलाई बताए । विभिन्न बहानामा प्राकृतिक सम्पतीको दोहन रोक्नसमेत काभ्रे प्रहरी सफल भैरहेको छ ।

राजधानी नजिकैको जिल्ला भएकाले विभिन्न अपराधिक क्रियाकलाप गरेर लुक्ने स्थान बन्न सक्ने भन्दै प्रहरी विभिन्नखाले सुरक्षा योजनाका साथ अगाडि बढेको छ ।

‘डन’ र ‘गन’ नचलेको चुनाव

काभ्रेमा चर्चित गुण्डा नाइके गणेश लामा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा उम्मेदवार बनेपछि प्रहरीलाई निर्वाचन सुरक्षा ठूलो चुनौतीको विषय बनेको थियो । युवा संघका उपाध्यक्ष चन्द्र लामा र गुण्डा नाइके गणेश लामाबीचको प्रतिस्पर्दा भोट र नोटमा मात्रै नभएर, पाखुरामा पनि हुन सक्ने भन्दै प्रहरीले त्यस निर्वाचन क्षेत्रमा फरक किसिमको सुरक्षा व्यवस्थापन गरेको थियो ।

निर्वाचनमा गणेश लामाले बुथ कब्जाको योजना बनाएपछि प्रहरीले बुथ कब्जा हुन सक्ने स्थानमा ठूलो शक्ति परिचालन नै गर्नु परेको थियो । यस अगाडिका निर्वाचनमा गोली चल्ने काभ्रेमा, झनै गणेश लामा उम्मेदवार भएको जिल्लामा यसपटक भने प्रहरीको सतर्कताले गोलीविहीन निर्वाचन बनाएको थियो ।

सिन्डिकेटविरुद्ध स्कर्टिङदेखि लाठीसम्म

चैत्र १ काभ्रेमा भित्रिएको मयूर यातायातलाई जिल्लामा असुरक्षित हुने अवस्था देखेपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाले विशेष सुरक्षा योजना बनाएर बसको सुरक्षा व्यवस्थापन गरिरहेको छ ।

प्रहरीले काभ्रे जिल्लामा इजाजत लिएर चल्न थालेका बसहरुलाई अवरोध गर्ने ३ जनालाई सार्वजनिक मुद्दासमेत चलाएको छ । ४० वर्षदेखि सिन्डिकेट कायम राख्दै आएका पुराना व्यवसायीहरुको सडक भित्रको एकाधिकार विरुद्ध प्रहरीले स्कर्टिङ र लाठी देखाएपछि मयूरसँगै साझा यातायातसहित ५ यातायात व्यवसायीहरु काभ्रेको बनेपा, धुलिखेल र पनौती भित्रन थालेका छन् ।

बनेपामा फुटपाथ व्यवस्थापन

५ वर्ष अगाडि तत्कालिन बनेपा नगरपालिकाका कार्यकारी प्रमुख सुरथ पोखरेलले थालेको अरनीको राजमार्गभित्र फुटपाथ हटाउने अभियान यतिबेला नगरपालीका र प्रहरीको सक्रियताले सार्थकता पाउने विन्दुतर्फ अग्रसर भैरहेको छ ।

जनप्रतिनिधिहरुलाई साथ दिँदै प्रहरीले २४ घण्टा फुटपाथ व्यवस्थापनमा सहकार्य गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनलजंग शाहले बताए । प्रहरीले फुटपाथ व्यवस्थापनमा अटेर गर्नेलाई विभिन्न खालका कारवाहीसमेत गर्दै आएको छ ।

काभ्रेपलान्चोक जिल्लालाई सुरक्षित बनाउन स्थानीय जनता र राजनीतिक दलले प्रहरी प्रशासनलाई साथ दिएका छन् । प्रदेशको राजधानी बनाउने कसरत भइरहेका बेला जिल्लालाई अपराध, सिण्डिकेट र लापरवाहीमुक्त बनाउन स्थानीय प्रहरी प्रशासनलाई सबैको साथ रहेको प्रदेशसभा सदस्य चन्द्र लामाले बताए । लामा प्रस्तावक बनेर काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको छ ।

बुध, चैत्र २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरे

 काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने...

कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा

असार, धनगढी ।कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको...

अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगे

असार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगेका छन् । दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।   उता कालिकोटको शुभकालिका...

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको कोशेलीः सम्झौता २३ (पुरा पाठ )

असार, बेइजिङ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटघाट विहीबार सकिएको छ । अब प्रधानमन्त्री ओलीले नेतृत्व गरेको जम्बो नेपाली टोली शुक्रबार ल्हासाको भ्रमणमा निस्कने र आइतबार स्वदेश फिर्ता हुने कार्यसूची छ ।   चीन भ्रमणको तेस्रो दिन विहीबार नेपाल र चीनबीच विद्युतीय...

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...