बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा भएकाे छ । अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैबाट पुग्न सकिने आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिले २६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ ।
आगामी २०७५ सालको दशैँ अगाडि नै मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकाभित्र ल्याउने गरी काम गरेको समेत आयोजनाले जनाएको छ
बुध, चैत्र २८, २०७४ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य
काठमाडौं । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टर्वाइन घुमाएर ‘वेट टेष्ट’ सुरु भएको छ । स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको ‘ड्राइ टेष्ट’ पूरा गरी ‘वेट टेष्ट’ सुरु भएको हो । लामो समयको बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षण...
काठमाडौं । अपि पावर कम्पनीले निर्माण गरिरहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेकाे छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा निर्माणाधीन सौर्य आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । प्लान्टको सबै काम सकेर आगामी बैशाखभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको अपि पावर कम्पनीका संयोजक...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम आधाभन्दा बढी सकिएको हो । अहिले बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम एक साथ अघि बढेको आयोजना प्रमुख लेखनाथ...
पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो । धमाधम जारी भइरहेका सौर्य विद्युत आयोजनाको अनुमतिपत्रको तथ्यांकले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टी गर्दछ ।...
काठमाडौँ । आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट १ हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जोडिनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु भएको करिब डेढ दशक नाघिसकेको छ । सिभिल निर्माणको ठेक्कापट्टा भएर शिलन्यास भएकै आज १० वर्ष ५ दिन पुगेको छ । २०६८ साल जेठ ४ गते आयोजनाको शिलन्यास गर्न तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल आयोजनाको...