परको कुरा साहित्य गतिबिधि

जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरे


चैत २४गते जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा गरेको छ।कार्यक्रम प्रमुख अतिथि ठाकुर पराजुलीबाट वरिष्ठ साहित्य साधक हृदयचन्द्रको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरिएको थियो ।
दश विशिस्ट प्रतिभाहरूलाई सम्मान अभिनन्दन गरिएको थियो ।
हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान डा देवीप्रसाद सुवेदी लमजुङ ,दीपा- जनमत सम्मान भारद्वाज मित्र सिन्धुपाल्चोक ,कमला -सैजु जनमत सम्मान उषा शेरचन कास्कीलाई वरिष्ठ कथाकार माया ठकुरीले सम्मान गर्नु भएको थियो ।
,जनमत -राजभाइ सहयात्री सम्मान भक्त कार्की म्याग्दी ,भारती -जनमत साहित्यिक पत्रकारिता सम्मान सरस्वती शर्मा जिज्ञाषु कुश्मा पर्वत ,जनमत- जनक सेवा सम्मान रत्नप्रसाद अनामणी श्रेष्ठ काभ्रे ,केवलपुरे- जनमत सम्मान पूर्णादेवी न्यौपाने लमजुङ ,गणेश /खिलकुमारी दुवाल- जनमत सम्मान सन्तोषभक्त श्रेष्ठ इमाडोल,ललितपुर ,जनमत -केदार /सुदर्शना वालसाहित्य सम्मान बाल साहित्यकार कार्तिकेय घिमिरे काठमाडौलाई हरिप्रसाद पाण्डेले सम्मान प्रदान गर्नु भएको थियो ।

जनमत -महेन्द्रलाल कलाकार सम्मान मञ्जु स्याउला काभ्रेलाई प्रमुख अतिथि प्रा डा ठाकुर पराजुलीले सम्मान प्रमाणपत्र प्रदान गर्नु भयो ।
जनमतका सम्पादक मोहन दुवालले दोसल्ला र उपहार प्रदान गर्नु भयो ।
यसै कार्यक्रममा साहित्यकार प्रकाश ए राज र अनिल श्रेष्ठबाट लिखित पुस्तक पनि विमोचन गरिएको थियो ।
सम्पादकद्वय रोचक घिमिरे र नगेन्द्र प्रसाद शर्मा कार्यक्रमको विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो ।यसैगरी शिवपुरीका सम्पादक बियोगी बुढाथोकी पनि विशेष अतिथिका रूपमा रहनु भएको थियो ।
कार्यक्रमको संचालन लघुकथा लेखक डा पुस्करराज भट्टले गरेका थिए ।

बुध, चैत्र २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न भयाे । तिलकप्रसाद लुइटेलकाे सभापतित्व, प्रा डा गार्गी शर्माकाे प्रमुख अातिथ्यता तथा पाेष्टराज चापागाईकाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यकर्ममा उमेश पाण्डे , पुर्णबहादुर साउद लगायत अतिथिहरू रहनु भएकाे थियाे । कार्यक्रममा हेमन्त खड्का, सिद्धार्थ देवकाेटा जिन्दगीले...