प्रमुख समाचार

नयाँ वर्षको अवसरमा मुगुको रारा ताल किनारबाट शनिबार बिहान देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओली


नयाँ वर्षको अवसरमा मुगुको रारा ताल किनारबाट शनिबार बिहान देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनबाट प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै प्रतिपक्षको स्थान पनि अन्त्यहीन विरोध, असहयोग र कटुताका लागि होइन ।’

उनले अघि भने, ‘म विनम्रताका साथ मुलकुमा क्रियाशील सबै राजनीतिक दलहरुलाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका वृहत्तर विषयहरुमा समझदारीका साथ अगाडि बढ्न आह्वान गर्दछु ।’

नेपाललाई पराधीन बनाउने सोचहरू कमजोर भएको र विभाजित गर्ने शक्तिहरू किनारा लागेको समेत ओलीले बताए । आगामी पाँच वर्षभित्र देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने दावीसमेत गरेका छन् ।

इतिहासले आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म तपाईंहरुलाई आत्मविश्वासका साथ भन्न चाहान्छु- पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाईंहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धिहरुले तपाईंहरुलाई अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा ।’

इतिहासले आफूहरुलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको उनले बताए । उनले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो। अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’

शनि, बैशाख १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वीरगञ्जमा आयुर्वेद उद्योग खोलेका योगगुरु बाबा रामदेवको नेपाली ब्यापारिक साझेदार उपेन्द्र महतोसंग

 वैशाख, वीरगञ्ज । एक लाख परिवारलाई रोजगारी दिने भन्दै वीरगञ्जमा आयुर्वेद उद्योग खोलेका योगगुरु बाबा रामदेवको नेपाली ब्यापारिक साझेदार उपेन्द्र महतोसाग फाटो आएको छ । यससँग विवाद भएपछि रामदेवको पतञ्जली आयुर्वेद प्रालि संकटमा फसेको हो ।   गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्ऽ महतोले भारतीय योगगुरु बाबा...

मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौँ, वैशाख ७ । काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले...

कुनैबेला अपराध, दुर्घटना र सिण्डिकेटको ‘हब’ बनेको काभ्रे परिचय फेर्न निकै संघर्ष गरिरहेको छ /

 चैत, धुलिखेल । कुनैबेला अपराध, दुर्घटना र सिण्डिकेटको ‘हब’ बनेको काभ्रेपलान्चोक बन्न थालेको काभ्रेपलान्चोकले आफ्नो परिचय फेर्न निकै संघर्ष गरिरहेको छ । प्रहरी प्रशासनले जनप्रतिनिधि र राजनीतिक दलको समेत साथ लिएर काभ्रेको छबी फेर्न खोजेको छ । प्रदेश ३ को राजधानी काभ्रेपलान्चोक बनाउन प्रदेश संसदमा प्रस्ताव...

ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा  प्रस्थान गरे

चैत, प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा  प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चैत २३ गतेदेखि २५ गतेसम्म भ्रमणका लागि...

एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा

चैत, सुर्खेत । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै...

भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ

चैत, भक्तपुर । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ परेका छन् ।   उनी सेवाग्राहीबाट १० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन् । चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए...