खेलकुद

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा


वैशाख, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् ।

जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।

 

सोही योजना अनुसार अागामी दिनमा प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने उनले घोषणा गरे ।

क्रिकेटको लागि विशेष मैदान निर्माण गरिने मुख्यमन्त्री राउतले विश्वस्त पारेका थिए ।

‘खेलाडीको खेल जीवन सीमित समयको हुने गरेको छ,’ उनले भने-‘खेलाडीहरुको बाँकी जीवन व्यतित गर्ने व्यवस्था हुनुपर्छ । राष्ट्र खेलकुदको विकासप्रति उदासिन छ । खेलाडीको लागि मैदान, सामग्रीको व्यवस्था हुनुपर्छ ।’

तेश्रो दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगितामा देशभरिका टोलीहरु सहभागी छन् ।

धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्यमन्त्री राउतले ब्याटिङ गरेर उद्घाटन गरेका थिए ।

प्रतियोगितामा भागलिन नेपाल र भारतका खेलाडी जनकपुर आइपुगेका छन् । जनकपुरमा पहिलोपल्ट टर्फ विकेटमा  प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघ धनुषाका  विमलेश सिंहले बताए ।

दुई संस्करण म्याटमा खेलाइए पनि यसपालि डीजीएमटी टर्फमा खेलाउन लागिएको र त्यसका लागि ३० यार्डभित्र हरियो घाँस रोपिएको सिहले बताए ।

विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ७१ हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।

शनि, बैशाख ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सोचेको पनि थिइनँ, मलाई माया गर्ने त्यतिका मान्छे बिमानस्थलमा आउँछन् भनेर

पुस, काठमाडौं । विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा भाग लिन थाइल्यान्ड जानुअघिसम्म महेश्वर महर्जनको नाम कतिले सुनेका थिए होलान् ? केही सय वा केही हजार । न मिडियामा उनको खोजी थियो, न खेलकुद जगतमा नै ठूलो चर्चा । तर, थाइल्यान्डबाट केही दिनपछि फर्केर आउँदासम्म उनी ठूलै सेलिब्रिटी...

पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि सुरु

पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि सुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट...

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

२३ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा...

प्रथम नाला फुल कन्ट्याक नेशनल च्याम्पियन सिप हुदै

यहि आउँदो २१ र २२ गते नाला केक्युशियन कराते डो द्वारा आयोजित प्रथम नाला फुल कन्ट्याक नेशनल च्याम्पियन सिप प्रतियोगिता हुँदैछ / सो प्रतियोगिता नेपाल अधिराज्यब्यापी प्रतियोगिता हुन् लागेको कुरा नाला केक्युशियन कराते डो का अध्यक्ष पंचम श्रेष्ठले हामीलाई जानकारी गराउनुभएको छ / उक्त खेलमा सो क्लबका प्रशिक्षक...

महिला फुटबलको एसिया छनोटमा नेपालले प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दै

कार्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार बेलुकी ६ बजे म्यानमारसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपालभन्दा म्यानमार निकै बलियो टिम हो । तर नेपालले पहिलो खेलमा नै भारतलाई बराबरीमा...

साफ च्याम्पियनसीप अन्तर्गत पहिलो सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल...