स्वास्थ्य

लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरे


 

काठमाडौं– लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

दुवै मेडिकलमा ट्रामा नामक लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले कार्की मेडिकल हल खानतलासी गरेको थियो। जसमा ट्रामा १ सय ५८ क्याप्सुल र २ सय १ कप ट्याप डी फेला पारेको थियो।

कार्कीले सोही स्थानमा सञ्चालन गरेको पूर्णिमा स्टोर्सबाट समेत २ हजार ७० ट्रामा, २ हजार १ सय ३० कप ट्याप डी, १ हजार ६ सय स्टारडन र ११ सय २० डिकोलिट ट्याब्लेट समेत बरामद भएको डिएसपी प्रदीप क्षत्रीले बताए।

बाफलबाट बिहीबार पाल्पा खस्यौली घर भएका ४० वर्षीय सुमन खनालले सञ्चालन गरेको सौभाग्य मेडिकल हलबाट प्रहरीले ट्रामा ५ सय ट्याब्लेट, स्टागन २ सय ट्याब्लेट, स्पातमल १ सय ट्याब्लेट र ओपिडोल १ सय ट्याब्लेट बरामद गरेको छ।

चिकित्सकको प्रेस्क्रिप्सन अनुसार मात्र बिक्री गर्नुपर्ने औषधि ती मेडिकलमा दुर्व्यसनीहरुलाई बिक्री हुँदै आएको थियो।

शनि, बैशाख ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण

काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। डक्टर्स...

पुरुषको स्तन बढ्ने रोग गाइनेकोमस्टिया

महिलामा जसरी स्तनको वृद्धि विकास जन्म पश्चात युवा आवस्थादेखि प्रौढसम्म देखिन्छ । त्यसरी नै पुरुषमा पनि जन्म पश्चात स्तनका अवशेष रहेको देखिन्छ । तर, सामान्यतया पुरुष स्तनको वृद्धि विकास हुँदैन। गाइनेकोमस्टिया भनेको पुरुष स्तन वढ्दै जाने समस्या हो। जसमा कारकका रुपमा स्तन ग्रन्थीका तन्तुहरु वा बोसो...

धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण

असोज । एनआरएनका संस्थापक अध्यक्ष एवं धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । साढे सात सय शैयाको अत्याधुनिक नेपाल मेडसिटी (एनएमसी) अस्पतालको बुधबार उद्घाटन हुँदैछ । नेपालमा एनआरएनको सम्मेलनको अवसर पारेर अस्पतालको उद्घाटन गर्न लागिएको हो । अस्पतालमा रेनल...

नेपाल चिकित्सक संघले वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरे

काठमाडौं :  नेपाल चिकित्सक संघले सरकारसँगको वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। वार्तामा सहमति हुन नसकेपछि चिकित्सक संघले सोमबार १० बजे एप्रोनसहित स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको हो। त्यसैगरि देशभरका स्वास्थ्यकर्मीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ। आइतबार राति...

किक बक्सिङ्ग प्रतियोगितामा पराजित स्वराज पोखरेल अझैसम्म हस्पिटलको बेडमा

गत डिसेम्बर १९र २० मा सम्पन्न स्वर्गीय एमाले नेता पोष्ट बहादुर दिवाकरको स्मृतिमा आयोजित गरिएको किक बक्सिङ्ग प्रतियोगितामा प्रविन रसाइली संगको लडाई पछी दायाँ खुट्टा भाचिएको स्वराज अझै हस्पिटलको बेडमा थलिएका छन् /प्रत्यक बर्ष स्वर्गीय दिवाकरको स्मृतिमा आयोजना गरिने उत्त किक बक्सिङ्ग प्रतियोगिता यो बर्ष पनि बिभिन्न जिल्लाका...

“आज शिक्षा तथा शाक्षारता दिवस र ३८ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”

आज शिक्षा  तथा शाक्षारता दिवस र समित होटेलको ३८ औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको आभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको...