प्रमुख समाचार

वीरगञ्जमा आयुर्वेद उद्योग खोलेका योगगुरु बाबा रामदेवको नेपाली ब्यापारिक साझेदार उपेन्द्र महतोसंग


 वैशाख, वीरगञ्ज । एक लाख परिवारलाई रोजगारी दिने भन्दै वीरगञ्जमा आयुर्वेद उद्योग खोलेका योगगुरु बाबा रामदेवको नेपाली ब्यापारिक साझेदार उपेन्द्र महतोसाग फाटो आएको छ । यससँग विवाद भएपछि रामदेवको पतञ्जली आयुर्वेद प्रालि संकटमा फसेको हो ।

 

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्ऽ महतोले भारतीय योगगुरु बाबा रामदेवसँग मिलेर गत मंसिरमा वीरगञ्ज पथलैया सडक खण्डको प्रसौनीमा पतञ्जली आयुर्वेद प्रालि खोलेका थिए । उद्योगमा डेढ अर्ब लगानी थियो ।

तर, उद्योग खोलेको केही समयमा नै महतो र बाबा रामदेवको सम्वन्धमा फाटो आएको हो ।

रामदेवको तर्फबाट राखिएका आरके शर्मा लगायतका कर्मचारीले उद्योग छाडेका छन् । होलीलगत्तै उनीहरु बाहिरिएपछि भारतको पतञ्जलीले नयाँ कर्मचारी पठाएको छैन । नेपाली व्यवस्थापक र कर्मचारीले नै उद्योग जेनतेन चलाइरहेका छन् ।

कुल ९ विगाहा क्षेत्रफलमा स्थापना गरिएको उद्योगको २४ नोभेम्बर २०१६ मा बाबा रामदेवसमेतको उपस्थितमा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन समारोहमा योगगुरु बाबा रामदेवले एक वर्षभित्रै पतञ्जली उद्योगमा दुई हजारले रोजगारी पाउने र पाँच/सात वर्षभित्र पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगार पाउने आश्वासन दिएका थिए ।

प्रत्यक्ष र अप्रत्यक्ष गरी जडिबुटी खेतीबाट एक लाख परिवारलाई रोजगारी दिने रामदेवको दाबी थियो ।

उद्योगले साबुन, सेम्पुदेखि औषधिसम्म गरेर सय बढी प्रकारका आर्युवेदिक सामान उत्पादन थालेको थियो । तर, उद्योग खोलेको वर्ष दिन नपुग्दै विवाद आएको छ र भारतीय तर्फबाट हुने सबैखाले सहयोग बन्द भएको छ ।

विवादको चुरो

रामदेव बाबाको पतञ्जलीले पाँच महिनाअघि उद्योगमा बजार हेर्ने केही कर्मचारी नियुक्त गर्‍यो । राकेशकुमार शर्माको नेतृत्वमा आधा दर्जन कर्मचारी खटिए ।

तर, भारतीय पक्षले व्यवस्थापन सम्हाल्न थालेपछि स-सानो निहुँमा मजदुरसँग विवाद सुरु भयो । उद्योगमा माओवादीनिकट अखिल नेपाल औद्योगिक संघ एकाई गठन गरेको थाहा पाएपछि भारतीय पक्षले कडाइ गर्‍यो ।

तर, यो विवादले उग्र रुप लियो । मजदुर नेता अभिमन्यु पटेल, नितेश कुमार र दीपक कर्णलगायतलाई व्यवस्थापनले कारबाही गरेपछि आक्रोशित मजदुरहरुले १६ फागुनमा व्यवस्थापनका कर्मचारीमाथि हातपात गरे ।

यो विवाद श्रम कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । तर, सहमति नभएपछि भारतीय पक्षले उद्योग छाड्ने निर्णय गर्‍यो ।

उद्योगका व्यवस्थापक सीतासरण कण्ठले पतञ्जली भारतबाट नियुक्त भएका शर्मा र उनीसँगै आएकाहरुले दादागिरी देखाउँदा समस्या उत्पन्न भएकोे अनलाइनखबरलाई बताए ।

‘नेपालको श्रम कानुनलाई नमानी भारतीय पक्षले मनोमानी गर्न थाले’ उनले भने, उनीहरु उद्योगमा आएदेखि शुरु भएको विवाद ३/४ महिना चल्यो । भारतीय पतञ्जलीले फिर्ता उनीरुलाई बोलाएपछि उद्योगको अवस्था सामान्य छ ।’

वीरेन्द्र महतो भन्छन् -विवाद भएकै हो

उपेन्द्रका भाइ एवं समूहका सदस्य वीरेन्द्र महतोले भारतीय पतञ्जलीसँग विवाद भएको स्वीकार गरेका छन् ।

यद्यपि भारतीय पक्ष औपचारिक रुपमा नबाहिरिसकेको उनले बताए । ‘हल्ला गर्छन् तर, जाने कि नजाने फिक्स भएको छैन’ महतोले अनलाइनखबरसँग भने ।

योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदले नेपालकै जडिबुटीबाटै नाफा लिइरहेको भन्दै उनले भने ‘गए भने पनि जान्छन्, के नेपालमा आयुर्वेद छैन र ?’

रामदेवले भने उपेन्द्र महतोसँग सहकार्य तोडेर नवलपरासीमा आफ्नै उद्योग खोल्ने तयारी गरेका छन् । पतञ्जली ब्राण्ड खोसिएपछि उपेन्द्र महतो समूहले भने नेपाली नाममै आयुर्वेद उद्योग चलाउने तयारी गरेको स्रोतले बतायो ।

मङ्ल, बैशाख ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते

सांकेतिक तस्वीर ३० साउन, काठमाडौं । नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते भएका छन् । सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । विपरीत दिशाबाट आउँदै गरेको मिनी...

सरकारले आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरे

साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।   सरकारले आफ्नो उपलब्धीको...

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा गर्भपतन गराउनेको संख्या वर्षेनी बढ्दै गए

साउन, डडेल्धुरा । प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै डाक्टर अभाव छ । तर, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि गर्भपतन गराउनेको संख्या भने वर्षेनी बढ्दै गएको छ । अस्पतालमा एक जना मेसुसहित २१ जना कन्सलटेन्ट...

भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले छानबिन गर्ने

साउन, काठमाडौं । भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् ।   काठमाडौं काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा...

 हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी

२३ साउन, हेटौँडा । हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी भईरहेको छ । विहान करिव साढे ९ बजेदेखि आगलागी शुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । आगलागी हलको पर्दाको भागबाट शुरु भएको थियो । अहिले पनि आगोका लप्काहरु बाहिर आईरहेको छ भने धुँवाको मुस्लो बाहिर निस्करहेको छ । हेटौँडा...

एसियाकै पहिलो र एकमात्र आदिवासी जनजातिहरुको टेलिभिजन (ईण्डिजिनियस टेलिभिजन) को दोश्रो वार्षिकोत्सव

नेपालको तथा एसियाकै पहिलो र एकमात्र आदिवासी जनजातिहरुको तथा अन्य सबै समुदायहरुको विशेष मुद्दा बोकेको टेलिभिजन “ईण्डिजिनियस टेलिभिजन” को दोस्रो वार्षिकोत्स श्रावन २२ गते सांस्कृतिक संस्थान (रास्ट्रिय नाचघर,जमलमा) भव्यताका साथ मनाईने भएको छ । बिगत २ वर्ष देखि २४सै घण्टा रास्ट्रिय तथा अन्तरास्ट्रिय बिषयवस्तुलाई रास्ट्रीय...