साहित्य गतिबिधि

अनुपमको साहित्यिक अनुष्ठान 

-जगदीश्वर पोखरेल


 वैशाख १५ गते शनिवार एडमार्क कलेजमा अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको उनान्सत्तरीअौँ रचना वाचन भयो । प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको पहिलो महिनामा कविताको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । संस्थाका उपाध्यक्ष रमेसप्रसाद गौतम ज्यूको अध्यक्षतामा भव्यरूपमा कार्यक्रम सम्पन्न भयो । काठमाण्डौ उपत्याकाको पश्चिम मूलद्वारमा रहेको एक मात्र साहित्यिक संस्थामा रोचक ढङ्गबाट स्रष्टाहरूले रचना वाचन गरे । रचनाहरू राष्ट्रभक्तिभावले भरिपूर्ण भएका, जनचेतना मूलक ,सामाजिक बिक्रिति बिरुद्धका विषयमा प्रहार गरिएका थिए ।
सो अबसरमा रचना वाचन गर्नेमा रमेशप्रसाद गौतम,डा.बमबहादुर जिताली,जगदीश्वर पोखरेल,हृदयपाणि अधिकारी,बिनुबाबा घिमिरे,मुकुन्द न्यौपाने,सुधा बाँसकोटा,हरि खनाल,माधव घिमिरे अटल,जसध्वज गुरुङ,पूर्णप्रसाद पन्त,कालीचरण बस्नेत,रामप्रसाद जोशी,सीता कोइराला,लक्ष्मीकुमार कोइराला,हरिप्रसाद पण्डे हुनु हुन्थ्यो ।
यसै गरी अाफ्ना रचना वाचन गर्ने स्रष्टा खगेन्द्र खोल्साघरे,जनार्दन धड्कन, पुरुषोत्तम सिग्देल,ईश्वरीप्रसाद न्यौपाने,जयमङ्गल सापकोटा,लिलाधर पाण्डे,द्वारिका कुइकेल,तारा के.सी.,शशि थापा पण्डित र उमेश पण्डे हुनु हुन्थ्यो । संस्थाका महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा बोल्नु हुँदै हरेक महिनामा फरक विधामा रचना वाचन गरेर कार्यक्रमको अाकर्षण बढाइने छ भन्दै अभ्यागतहरूलाई हार्दिक स्वागत गरेर कार्यक्रम समेत अाकर्षकशैलीमा सञ्चालन गर्नु भएको थियो । सभाध्यक्ष रमेशप्रसाद गौतमले अाफ्नो धारणा व्यक्तगर्नु हुँदै सहभागीहरूलाई धन्यवाद दिदै सभा विसर्जन गर्नु भएको थियो ।

सोम, बैशाख १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...

संसाक नारायणाचार्य कौशिक विशेष अङ्क लोकार्पण

काठमाडौँ, फागुन १२ गते । ‘संसाक नारायणाचार्य कौशिक विशेष अङ्क’ खोज अनलाइनको कार्यालय, गोंगबुँमा विशेष कार्यक्रमका साथ लोकार्पण गरियो । डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्य र खोज अनलाइनका प्रबन्धक रत्नप्रसाद अनामणि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित लेखक तथा कविहरूले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...