राजनिति

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी आपसमा ठोक्किएपछि अचानक आगलागी


धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी साधन एक आपसमा ठोक्किएपछि अचानक आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नं २ अन्र्तगत महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएको हो ।

घटनामा मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलाई जोगाउने क्रममा सो ट्रक गजुरी तर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खाएको थियो भने त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको प्रहरीले जनाएको छ । अहिले उक्त आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको तथा त्यसमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाइतेहरुको उपचारका लागि स्वास्थ्यसंस्थामा पठाइसकिएको पनि जनाइएको छ ।

बुध, बैशाख १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत

असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए...

मेलम्चीले उपत्यका को नदीमा बादिपहिरो आउने

असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भ

 असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी...

नेकपाको युवा नेताको तर्क एमाले र माओवादीको कार्ड बोकेर सहरमा दलाल पुजीवाद छिर्यो ।

काठ क्षेत्रमा दुई जना बामपंथीको नाम चर्चित ।पुर्ब मालेका साम्सद नारायण ढकाल र माओवादी ( नेकपा का ) नेता शंकर दुलाल । काठको बिकास र राजनीतिक परिवर्तन लागी निरन्तर लडाइँमा छ्न दुलाल । अखिल नेपाल चलचित्रकर्मी संघको केन्द्रिय नेता समेत रहेका दुलाल नेपालमा निम्न पुजीवादी...

बाबुरामले गरे खतरनाक भविष्यवाणी : अबको पाँच वर्षपछि ओली-प्रचण्डको नेकपा विघटन भएर जानेछ

सुरुमा सुनौं ‘दक्षिणपन्थी खतरा’ र ‘अग्रगामी विकल्प’ का कुरा- मैले नयाँ शक्तिको सम्भावना विश्वस्तरमै नै देखेको छु । वस्तुगत परिस्थिति अब बन्दै आएको छ । संकटहरु देखापरिराखेका छन् । नेपाल पनि अब अर्को विन्दुमा विस्तारै जान्छ । तर, खतरा मैले कहाँ देखिराखेको छु भने हामी जुन...