साहित्य गतिबिधि

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न


दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । निरन्तर साहित्य सिर्जनामा समर्पित शसक्त स्रष्टा रत्नप्रसाद अनामणि श्रेष्ठ र यशोदा अधिकारीलाई दीपज्योति सम्मानबाट प्रमुख अतिथि तथा नेप्रप्रका सदस्य सचिव जीवेन्द्रदेव गिरीले सम्मानित गर्नु भएको हो ।
यस अवसरमा अतिथि चेतनाथ धमला,मणि लोहनी डा.बमबहादुर जिताली, लगायत हृदय अधिकारी ,द्वारिका कुइकेल,तारा केसी,दीपक दाहाल,रीता खतिवडा ,सानु शर्मा,डिल्ली मूलतिहुन,धरणीधर गुरागाई ,तुलबहादुर लोहनी,जानुका थापा,महेश्वरप्रसाद दाहाल,मिसन अधिकारी,लक्ष्मी केसी,भवानी पन्त,शितास्मा बानियाँ,गणेश कडरिया,भाग्यशाली अधिकारी,नीमा तिमल्सिना ,जेहन्ता पाण्डे ,विजयध्वज थापा अादि कविले कविता वाचन गरेका हुन ।
दीपज्योति स्कुलद्वारा अायोजित तथा साहित्यिक पत्रकार उमेश पाण्डेद्वारा सञ्चालित कार्यक्रममा प्रदेश नं३का सांसद योगेन्द्र सङ्ग्रौला,प्राज्ञ नर्मदेश्वरी सत्याल,दीपज्योति स्कुलका प्रिन्सिपल विमला अधिकारी कुँवर ,प्रेम नरसिंह अधिकारी र डा गार्गी शर्मा अादिले मनतव्य राखेका हुन ।यसैक्रममा तारा केसी,धरणीधर गुरागाई र भवानी पन्तका कवितालाई समेत पुरस्कार दिइएको हो ।

आइत, बैशाख २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...

संसाक नारायणाचार्य कौशिक विशेष अङ्क लोकार्पण

काठमाडौँ, फागुन १२ गते । ‘संसाक नारायणाचार्य कौशिक विशेष अङ्क’ खोज अनलाइनको कार्यालय, गोंगबुँमा विशेष कार्यक्रमका साथ लोकार्पण गरियो । डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्य र खोज अनलाइनका प्रबन्धक रत्नप्रसाद अनामणि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित लेखक तथा कविहरूले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...