विचार

लेख्दा लेख्दै रुन्छु :साबित्रा उमरा

-साबित्रा उमरा


म लेख्दा लेख्दै रुन्छु भने दादा समाज सेवा गर्दा गर्दै पनि रुनुहुँन्छ” गाउँले चेली साबित्राको बुबा पछिको दादा सिन्धुली बासिको मात्र नभएर राष्ट्रीय स्तरमै समाजसेबिको रुपमा परिचित समाजसेबी उज्जवल थापा जस्लाई तपाई चिन्नूहुन्छ समाजसेबिको रुपमा। जस्को मनमा नौनी घिउ मिसिएको छ। देखे भोगेको सुनेको कुरालाई शब्द शब्द बटुलेर भाबनामा डुबी सत्यालाई लेखमा उतारिदिने बहिनिको दादा न लेख्छन् न त भन्छन् पहिले मात्र काम गर्नुहुन्छ। “म लेख्दा लेख्दै भक्कानिन्छु भने दादा समाजसेवा गर्दा गर्दै पनि भक्कानिएर रुनुहुन्छ पिडितको आँखामा देखिएको आसुको हेतु। उहाको मन जितेर बहिनी बनेकी हु म। पीडितलाई थाहा हुदैन उहा को हो तर उहाँलाई थाहा हुन्छ पीड़ित यो हो पिडितको सेवा गर्न पाउनु शौभाग्य हो उहाको।खोजी खोजी पिडितको घरमा हात जोड्न पुग्ने थापाले कति गरे सेवारत काम सबैलाई थाहा छ।नेतालाई लाज लाग्छ रे गरीब पिडितको घरमा पाइला टेक्न तर उहाँलाई रहर लाग्छ अचम्मको कुरा यो।
कालो दिनको कुरा जून दिन बंगालादेसी बिमान दुर्घंटना भयो कयौ घाउते भए कति मरे धेरै जसो डाक्टर पढेर घर फर्कियका धनिमानिको छोरा छोरी थिय त्यसमा पनि एउटा गरीब परिवारका युबक थिय पैसा कमाउन गएका सर्लाहिका रासनारायनका छोरा अबधेश शाह जो युबक दुर्घटनामा ज्यान गुमाउन पुगे कालो दिनमा।बिचरा भोको पेट भर्न कतार गएका युबाको आत्माले शान्ति पावस। सपना बोकेर बिदेश गएका शाहका परिवारमा के थियो पिडा न सरकालाई थाहा छ न त नेतालाई थाहाछ आफ्ना आफन्त त परै जावस तर सिन्धुलीको एक नागरिक उज्वल थापालाई मात्र थाहा थियो शाहको पिडा।छोरा आउने पर्खाईमा काठमाउड़ौ पुगेका अबधेशका बुवा आमा पशुपतिनाथ दर्सन गर्न जाने भनी सपना बोकी बसेका बृद्धा बुवा आमा बिचराको सपना जल्यो छोरा सँगै।सपना त जल्यो तर कसरी बुझने छोराको सब।शहरमा आफ्ना पनी आफ्ना नहुने त्यों राजधानीमा टिचिङ्ग अस्पतालमा मूर्छित हुदै बसेका दम्पति कठै यस्तो शत्रुलाई पनि नहोस्।के भएको थियो होला आसु सकिएको त्यों आँखामा आसुको मूल्य पिडितको मन बुझ्न सक्ने यो दुनियामा बिरलै छन।स्वार्थी संसारमा मानबता हराएको दुनियामा ।तर सिन्धुलीको नागरिक जो त्यों राजधानीमा बस्दै आउनु भएका समाजसेबि उज्वल थापा चिया पिउदै एकाबिहानै कान्तिपुर पत्रिका हेर्दै सहरको माहोलमा हुनुहुन्थ्यो।
त्यों रमाईलो शहर सवारी साधनको आवाज रम्दा रम्दै बिमान दुर्घटनामा ज्यान गुमाएका अबधेशको बुवा आमाको तस्बिर देख्नु भयो छोराको सब बुझ्न नसकेर पीड़ित दम्पतीको हालत।चिया सकिएको छैन जुरुक् उठेर तिचीङ्ग हास्पिटल पुग्नु भयो।खासमा त्यों हालत सम्हाल्न सरकार पुग्नु पर्ने हो तर एउटा नागरिक त्याहा पुगे र दम्पतीको लागि 11 हजार तत्काल सहयोग गरे।ए सरकार तिमीहरु आँखामा पट्टी बाधेर नबस जनता सकिन्छन यस्तै हालत हो भने की देऊ एउटा नागरिक जो सिन्धुलीका समाजसेबिलाई एउटा ठाउँ।जून जनताले तिमिहरुलाई भोट दिएर माथि पुर्याए उसैलाई दुःख पर्दा साथ दिदैनौं भनी किन मुख देखाएर हिन्नु।त्यों दम्पतीको ठाउँमा सरकार नपुगेर थापा पुग्नुमा सरकार प्रति गुनासो उहाँलाई छैन गुनासो जनतालाई छ।मलाई छ। थापालाई कुनै भार छैन सेवा गर्न उता क्यान्सर पीड़ित नानिको उपचार गराउदै बसेका उहाँलाई त्यों पीड़ित परिवारमा पुग्नु शौभाग्य थियो।दम्पतिले छोरो त भेटेनन् तर एउटा छोरा सरहका छोरा भेटाए सिन्धुलीको नागरिक थापालाई।
उहाले हौसला दिनु भयो साथ दिनु भयो गरीब परिवारका युबाले ज्यान गुमाए सन्तान गुमाउनुको पिडा त छदैछ अब छोरा बिदेश पठाएको ऋण को सावा ब्याज तिर्ने कसरी रासनारायण को स्थिति बुझ कसैले सकेन तर उज्वल थापा पीड़ित परिवारको घरमा पुगेर 1 लाख 93 हजार ऋण तिर्न सफल हुनुभयो।मधेशको नेता नाकाबन्दी गर्न लाखौ खर्च गर्न सक्थ्यो तर एउटा पिडितको पीड़ा बुझ्न नसक्ने धन्न जितेर कुर्सी हल्लाएर बस्छौ।मधेश र पहाड़ी बीचको भ्रातित्व कायम यसरी भयो। दा हजुरको सामाजिक काम सधै रहिरहोस् जून सामाजिक कामको लागि भर्खरै भारतमा जून लक्ष्य बोकेर जानू भएको थियो त्यों सफल होस् जून जून लक्ष्य योजना बोकेर भारत पुगेर फर्किनु भयो त्यों सबै पूरा होस् हजुरको।। हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामा।। जय सिन्धुली

बिहि, बैशाख २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनिशा पौडेलको आत्मा कथा

एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै...

भैरबनाथमा दुखेको एक बर्ष

सैनिक पञ्जाबाट मुक्ति पछिको अवस्था म सैनिक पञ्जाबाट फुत्किएपछि काठमाण्डोमा छिपेर पार्टी सम्पर्क खोज्न थालें । यो कठिन काम थियो र सम्भव पनि भएन । डाक्टरकोमा गएर २ वर्ष अघिको यातनाका घाउ चोटहरुको खतहरु देखाएर पोस्टमार्टम गरें । यसकार्यमा वकिल टिकाराम पोखरेलले सहयोग गर्नुभयो र...

युएईको नेपाली सफल व्यवसायी

युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा...

कम्बोडियाः हिन्दु, बाैद्ध र खमेर भूमि

सियाम रिपको अन्तर्राष्ट्रिय विमानस्थलमा रातको ९ बजे म ओर्लदैंछु । कम्बोडियाले पनि नेपालीलाई अनअराइभल भिसा दिन्छ । अध्यागमनका कर्मचारीले मलाई खासै केरकार गरेरन् । एयरपोर्ट बाहिर निस्कँदा चहलपहल निकै कम छ । रात छिप्पदोँ छ । मैले एकजना टुर गाइडलाई इमेल लेखेको थिएँ । उसले...

हो म महावीर नाम को प्रशंसक हु

एउटा अचम्म को बानी छ म संग जब केहि कुरा मनमा उथलपुथल हुन्छ तब मन खुव खिसखिसाउछ अनि त सिरानी मुनी च्यापेर सुत्ने डायरीमा हुलहुली शब्दहरु बगाउछु केहि अरुलाई पनी सुनाउन मन लाग्यो भने फेशबुकमा पोस्ट गर्छु त्यहि मध्येको एउटा लेख हो यो जुन तपाई...

कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

हुन त उनी आफू आफै पनि आफ्नोको मात्र मान्छे होइन । घरपरिवार, समाज र देशभरका सबैको मान्छे । जन्मजातै कम्युनिष्ट । दुःखी, गरिब र सर्वहाराको मान्छे । दुःखीको दुःख र गरिबको गरिबी हटाउने संकल्प । धनसम्पत्ति, सुखसयल, मोजमस्तीभन्दा माथि उठ्नुपर्छ भन्ने आदर्श । कहिले झुपडीमा बसेर...