संस्कृति/धर्म

शताब्दी ‘तन्नेरी’

- शिवहरि घिमिरे


काठमाडौं- तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी संघारमा छन् जस्तो लाग्दैन । उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन । सार्वजनिक कार्यक्रममा पनि उनी ठमठमी हिँडेरै पुग्छन् । उनी हुन्– शताब्दी तथा वाङ्मय पुरुष सत्यमोहन जोशी।

उमेरमा शताब्दीछेउ पुगे पनि उनको उत्साह तन्नेरी छ । ठमठमी हिँड्नेमात्रै होइन कार्यक्रममा पुगेर पनि उनले जोशिलो मन्तव्य दिन्छन् । आफ्ना कुरा खुलस्त राख्छन् । दशकौं पुराना संस्कृति र कलाबारे नयाँ पुस्तालाई जानकारी गराउँछन् । बुधबार ९९ औं वर्ष प्रवेश कार्यक्रम मनाउने क्रममा उनमा जोश र उमंग तन्नेरी अवस्थाको जस्तै देखियो । परिवार र आफन्तसँग खुसी साट्दै जोशीले भने, ‘मलाई त भगवानले अदृश्य बरदान दिएका छन्, मैले अझै बाचेर धेरंै काम गर्नुछ ।’ उनले बुढ्यौलीले अनुहार चाउरिए पनि शरीरभित्रको शक्ति र आँटले साथ दिइरहेको सुनाए । ‘मलाई वरपर हिँड्डुल गर्न कुनै असहज महसुस भएको छैन, अहिले त नगरपालिकाले सवारी सुविधा पनि दिएको छ’, जोशीले भने,

‘जे गरिन्छ बाँचुन्जेल गर्ने त हो, मरेसी त्यै माटोमा मिल्ने हो ।’उनको जन्म १९७७ वैशाख ३० गते पाटनमा भएको हो । तिथिअनुसार उनले बुधबार जन्मदिन मनाए । खास जन्मदिन भने उनले ३० गते मनाउने भएका छन् । जोशीले ९८ पार गरेर ९९ वर्षमा पाइला टेके पनि आफ्ना धेरै संकल्प पूरा गर्न बाँकी रहेको सुनाए । ‘मठ मन्दिर संरक्षण र भजनकीर्तन गर्ने धोको छ,’ उनले भने, ‘हाम्रा धेरै कला र संस्कृतिलाई नयाँ पुस्तामाझ चिनाउन बाँकी छ । संस्कृति र पर्वहरूको जर्गेना पनि गर्नुछ ।’

सिर्जना र शक्तिले साथ दिइरहेकोमा उनी आफूलाई भाग्यमानी महसुस गर्छन् । संस्कृति संरक्षण र खोजी तथा समाजलाई बदल्ने प्रयासमा तल्लीन उनी आफूले गरेका काम समाजकै लागि भएको सुनाउँछन् । नागरिकसँँँँँँग बुधबार भलाकुसारीका क्रममा ठट्यौंली पारामा उनले भने, ‘मृत्युको क्युमा बसेको छु, मभन्दा अघि धेरै मानिस लाममा छन्, त्यसैले मेरो पालो अझै आएको छैन।’

उनी आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरामा निकै सजग छन् । पारिवारिक वातावरण र शारिरीक व्यायामका कारण उनले उमेर भए पनि बुढ्यौलीको अनुभूति गरेका छैनन् । बेलुकी सुत्ने बेलामा उनी दिनहुँँएक पेक ऐला (घरमा बनाएका रक्सी) सेवन गर्छन् । ऐला पिउन बिर्सिएर सुतेको दिन टाउको दुख्ने उनी सुनाउँछन् ।

‘मलाई धेरैले तपार्इं के खाएर यति फुर्तिलो हुनुहुन्छ भनेर सोध्छन्,’ उनले सुनाए, ‘तपाईंहरु दाल, भात, तरकारी, दूध खानुहुन्छ, मैले एक पेक लाउँछु, त्यही फरक छ तपाईंको र मेरो खान्कीमा भन्छु ।’ उनी प्रायः बिहान करिब ७ बजेतिर ब्युँझिन्छन् । ओछ्यानमै चिन्तन गर्छन्, संस्कृतका किताब पढ्छन्, दैनिकी कल्पना गर्छन् । उनी खानेकुरा समयमै खान्छन् । जस्तोसुकै काम छुटाएर भए पनि उनी खाना खाने समय तलमाथि पार्दैनन्।

बिहि, बैशाख २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ...

रातो मचिन्द्रनाथ भोटो देखाउने जात्राबारे रोचक किम्बदन्ती छ ।

 किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग...

नाला देय्या महालक्ष्मी जात्रा

रत्नप्रसाद अनामणि श्रेष्ठ, नाला काभ्रे काभ्रेया प्राचीन न्हय्गु बस्तीत मध्ये उबले यक्व पुलांगु व व्यवस्थित बस्ती उग्रचण्डी नाला खः । थ्व बस्तीयात नाला देय् नं धाइ । देश बने जुइत उबले बस्तीयात जंगलं घेरे याःगु जुइमाःगु, न्ह्यइपुकेत दबली माःगु, राज्य संचालन यायेत लाय्कू माःगु, त्वनेगु लःयात...

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण गरेको छ । क बर्गको जडिबुटी अन्वेषकको उपाधी सहित सिन्धुलीका नेत्रबहादुर तमाङ र दोलखाका अर्जुन रिमाललाई आजिबन सदस्यता प्रदान गरिएको हो । संघका केन्द्रिय अध्यक्ष गोठ बहादुर मगर र केन्द्रिय सदस्य अमृत थोक्रा तमाङको उपस्थितमा भएको कार्यक्रम...

अब १३ दिने मृत्यु सस्कार हट्दै मृत्यु ३ दिनमै

ललितपुर : नेपाल प्रज्ञा प्रतिष्ठान र जन सास्कृतिक प्रतिष्ठान नेपालको सयुक्त तत्वाधानमा आयोजित मृत्यु सस्कार सुधारका सम्भावना बिषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रले परिबर्तित परिवेश , सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिबर्तनलाई विचार गर्दै हिन्दु धर्ममा रहेको १३ दिने मृत्यु सस्कारलाई सुधार गर्दै कम्तिमा ३ दिन...

गायिकाको साथ साथै माता सुबिना श्रेष्ठ

पुर्खेउली घर सिन्धुपाल्चोक मेलम्चीकी चेली सुबिना श्रेष्ठ को जन्म काठमाडौँ को जोरपाटी बाहुनडाडा मा २०४४ चैत्र ,२५ गते जन्म भएका गायिका अहिले बिबाहित कर्म घर भक्तपुर गथाघर कौसलतारमा बस्नु हुन्छ / उहा गायिका को साथ साथै माता पनि हुनुहुन्छ / पहिलो गित दशैं तिहार...