साहित्य गतिबिधि

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !


काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको थालनी गर्नुभएको छ ।

साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणिको सभापतित्व र प्रा.डा. गार्गी शर्माको प्रमुख आतिथ्यमा भएको बधाई कार्र्यक्रममा सभापति श्रेष्ठ, प्रमुख अतिथि डा. शर्माको साथमा उपस्थित विशिष्ट अतिथिहरू डा. शैलेन्दुप्रकाश नेपाल, पूर्व सहयक रथी तेजप्रकाश बानियाँ, साहित्यकार दामोदर पुडासैनी किशोर, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ र साहित्यकार÷पत्रकार उमेश पाण्डे, कवि धरणीधर गुरागाईं, साहित्यकार तारा के.सी., कवि द्वारिका कुइँकेल,रुद्र अधीकारी , भगीरथ काफ्ले, उत्तम विचार भेटुवाल, जसिन्द्र सिर्पाली, आशिष तामाङलगायतले पद बढुवाको लागि बधाईको साथै कार्यकाल सफलताको लागि शुभकामना दिनुभएको थियो ।

बधाई कार्यक्रममा सम्मानित व्यक्तिहरू थापा र अधिकारीले यस किसिमको बधाई र शुभकामनाले आपूmहरूलाई पदप्रतिको जिम्मेदारी र उत्तरदायित्वको बोध गराएको र आपूmहरूले सधैँ त्यो जिम्मेदारी र उत्तरदायित्वलाई इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो ।

शुक्र, बैशाख २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...

मैनाली कथा सम्मान विजय सागरलाई प्रदान

काठमाडौँ, चैत १९ गते । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले ‘३७ औं कथा दिवस’ समारोहको आयोजना ग¥यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५...

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा !

काठमाडौँ, चैत २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको नियात्रा महिला समितिले ‘नियात्रा उत्सव’ कार्यक्रम राजधानीमा आयोजना ग¥यो । उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न...

साहित्यकार खेलकुद समाज (साखेस) नेपालको साहित्यिक वनभोज

काभ्रे (नाला), चैत्र ९ गते शनिवार । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रम काभ्रेको नाला, सानोवन स्थित सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा सम्म्पन्न भएको छ । साखेस नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वनभोजमा कार्यक्रम यो वर्ष तेस्रो हो । यसअघि यसले २०७३ मा पहिलो...

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...