प्रमुख समाचार

इन्द्रले पनौतीमा १२ वर्ष तपस्या गरे


इन्द्रले अहिल्याको सौन्दर्यमा मोहित भएर कुदृष्टि राख्नाले इन्द्र र अहिल्या दुवैले गौतम ऋषिको श्राप पाएको ठाउँ पनि पनौती नै हो । गौतम ऋषिले इन्द्रलाई दिएको श्रापबाट मुक्त हुन शिवलिंग बनाएर १२ वर्ष तपस्या गरेको ठाउँ यही पनौती हो । उनै इन्द्रले बनाएको शिवलिंगमाथि बनेको इन्द्रेश्वर मन्दिर नेपालकै प्राचीन मन्दिरको रूपमा ८ सय वर्षदेखि ठाडै छ । इन्द्रले पनौतीमा १२ वर्ष तपस्या गरेर आफू श्रापमुक्त भए भने अहिल्याले रामको आगमनसम्मको समय पर्खेर बस्नुपर्‍यो । गौतम ऋषिको श्रापबाट पत्थर बनेकी अहिल्या रामको पाइला पर्नेबित्तिकै श्रापमुक्त भएर स्वर्ग प्रस्थान गरेकी थिइन् । उक्त पत्थर इन्द्रेश्वर मन्दिर परिसरमा अझै छँदैछ । यो यथार्थ थाहा नभएरै होला रामायण सर्किटमा पनौती छुटेको हुन सक्छ अथवा यो तथ्य लुकाइएको पनि हुन सक्छ । यो तथ्य कसैले लुकाउँदैमा लुक्दैन ।

यो आलेखमा उल्लेख गरिएको इन्द्रेश्वर मन्दिर, शिवले इन्द्रलाई श्रापमुक्त गराउन हरेक १२ वर्षमा लाग्ने मकर मेला, मन्दिरको उत्तरतिरको पत्थर त यसैका प्रमाण हुन् । यदि गौतम ऋषि, अहिल्या, इन्द्र र राम पनौती नआएको भए पनौती भन्ने नाम नै रहँदैनथ्यो । नेवारी शब्दहरू ‘पँ’, ‘ल्हों’ र ‘टी’ बाट अपभ्रंश भई पनौटी बनेको हो । ‘पँ’ को अर्थ बाँस, ‘ल्हों’ को अर्थ ढुङ्गा र ‘टी’ को अर्थ टुसा हो । गौतम ऋषिले आफ्नी श्रीमती अहिल्या र आफ्नै स्वरूपको इन्द्र एउटै ओछ्यानमा भेटेपछि दुवैलाई श्राप दिएका थिए । गौतमले इन्द्रलाई शरीरभरि योनी होस् र अहिल्यालाई पत्थर होस् भन्ने श्राप दिएका थिए । यो श्रापबाट मुक्त हुन ब्रह्माको सुझावअनुसार इन्द्रले बाँसको लौरो टेकेर संसार भ्रमण गर्दा पनौतीको एउटा ढुङ्गामा बाँस बिसाएको मात्रै के थियो, त्यही ठाउँमा लठ्ठी टुसायो । टुसा निस्किएपछि त्यही ढुङ्गामा इन्द्रले शिवलिंग स्थापना गरेका थिए । ब्रह्माले जुन ठाउँमा यो लौरोबाट टुसा निस्कन्छ, त्यही ठाउँमा शिवलिंग स्थापना गरेर १२ ववर्ष तपत्या गरेपछि शिवले श्रापमुक्त गर्नेछन् भन्ने सल्लाह दिएका थिए ।

ढुङ्गामाथि बाँस टुसाएकोले पनौतीको नाम ‘पँल्होंटी’ रहन गएको थियो । यही शब्द अपभ्रंश हुँदै पनौती बनेको हो । गौतमको श्रापले पत्थर बनेकी आहिल्यालाई राम पाउको स्पर्षले श्रापमुक्त भएको भन्ने रामायणको एउटा महत्त्वपूर्ण अंश हो । राम पनौती आएका यति धेरै प्रमाण छन् । तर, अहिले रामायण सर्किटको कुरा आउँदा पनौती कसरी छुट्यो ? यदि पनौती छुटाउने हो भने रामायण सर्किट अधुरो रहन्छ । यो कुरा नेपाल र भारत दुवै सरकारको ध्यान पुग्नु जरुरी छ । आठ सय वर्षदेखि ठाडै रहेको इन्द्रेश्वर मन्दिर, गौतम तपस्या गरेको पुण्यभूमि, रामले पाइला टेकेको पत्थर, त्रिवेणीघाट, १२ वर्षे कुम्भ मेला, स्थानीय संस्कृतिले गर्दा नै सिङ्गो पनौतीलाई चाँडै युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गर्दै छ । यो नेपालको कुनै सहर वा बस्ती मात्रै होइन, अब विश्वकै सहर बन्दै छ । त्यसैले रामायण सर्किटमा पनौती छुट्नु हुँदैन । (संस्कृति र सभ्यताले सिंगो पनौतीलाई नवजीवन दिन लागिरहेका सम्पदाविद् रवीन्द्र पुरीसँग मकर श्रेष्ठले गरेको कुराकानीमा आधारित)

आइत, बैशाख ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाए

काठमाण्डाै – पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात...

अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति प्रक्षेपण गर्ने

 वैशाख, काठमाडौं । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ...

ओलीको गृहनगरमा २ अर्बको टावर

 वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरीबीको रेखामुनि रहेका घरपरिवारलाई सुरक्षित आवासका लागि जस्तापाता, काठ आदि खरिदका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । तर, आफैंले घोषणा गरेको यो कार्यक्रम सरकारले अकस्मात फिर्ता लिने भएको छ । विभिन्न जिल्लाका विपन्न...

हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै

काठमाडौं । हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।...

पूर्वराजा ज्ञानेन्द्र शाहले चढ्ने बा३च ७९६२ नम्बरको गाडीको ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहले चढ्ने बा३च ७९६२ नम्बरको गाडीको ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । पूर्वाञ्चल क्षेत्रको भ्रमणका क्रममा पूर्वराजा शाहको भ्रमणमा सामान ओसार–पसार गर्ने गाडीले सुन्दरहरैचा ४, विराटचोकमा .१५प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीय हेम चौधरीको मृत्यु...

जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना

चैत, काठमाडौं । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । सो पदयात्रालाई ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिइएको थियो । लौहपुरुष गणेशमानलाई आदर्श...