साहित्य गतिबिधि

देशविदेशका २२ जनालाई नइ पुरस्कार


काठमाडौँ, वैशाख ३० गते ।
वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला लगाएर बधाई ज्ञापन गरियो । स्रष्टाद्वय डा.मोदनाथ प्रश्रित र दीनानाथ शर्माले दुबोको माला लगाएर शताब्दी पुरूषलाई बधाई ज्ञापन गर्दै उहाँको थप कीर्तिमय र दीर्घ जीवनको कामना गर्नुभएको थियो । साथै जोशीको ९९ औं शुभजन्मोत्सवका अवसरमा नइबाट उहाँलाई शुभकामना अर्पण गरिएको थियो ।
समारोहमा वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले तीन लाख रुपिया राशि र ताम्रपत्र सहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ जर्मनीका प्रा.डा.मानफ्रेद गेहार्द थ्रोईलाई समर्पण गर्नुभयो ।
नेपाली संस्कृति, इतिहास र भाषासाहित्यको श्रीवृद्धिका लागि साढे तीन दशकअघिदेखि समर्पित रहँदै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति डा.थ्रोईलाई सो पुरस्कार समर्पण गरिएको हो । यो पुरस्कार विदेशी मूलका नागरिकलाई मात्र प्रदान गरिन्छ ।
त्यसै गरी सनातन हिन्दूधर्म, संस्कृतिको संवद्र्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित संस्कृत विद्याशिरोमणि प्रा.डा.वेणीमाधव ढकाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिएको छ । नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचार–प्रसारमा सम्लग्न हुनुका साथै भ्रष्टाचार विरोधी अभियानमा समेत अहोरात्र समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका निम्ति भरत जङ्गमलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिएको छ ।
त्यसै गरी नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै आख्यान, नाटक र निबन्ध लेखनका क्षेत्रमा विशिष्ट प्रयोगशील योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति आख्यान पुरुष डा.ध्रुवचन्द गौतमलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ । गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाउन उल्लेखनीय योगदान गर्नुका साथै तत्कालीन समयमा वृत्तचित्र र समाचार चित्रहरूमा सर्वोत्कृष्ट उद्घोषणद्वारा जनमन छुन सफल किरण खरेललाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिएको छ ।
नेपालबाहिर रहेर नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित इजरायलकी भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरियो । यी पाँचैवटा पुरस्कार ताम्रपत्र सहित जनही एक लाख रूपियाँ राशिका रहेका छन् ।
समारोहमा ताम्रपत्र सहित ९ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो ।
संस्कृतिका लागि चितवनका नलराज शास्त्री नेपाललाई ‘नइ भूपालदुर्गा पुरस्कार’, समालोचनाका क्षेत्रमा प्रा.ठाकुर पराजुलीलाई ‘नइ ईश्वर बराल पुरस्कार, साहित्यकार डा.महेश्वर शर्मालाई ‘नइ खरा प्रसिद्धि पुरस्कार’, नारी साहित्यका लागि रेवती राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ र चित्रकलातर्फ केके कर्माचार्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरियो । त्यसै गरी गीतकार विश्ववल्लभलाई ‘नइ कोइलीदेवी पुरस्कार’, काठमाडौं बाहिरकी नारी स्रष्टा नवलपरासीका कृष्णदेवी शर्मा श्रेष्ठलाई ‘नइ बुलु शर्मा पुरस्कार’, तेस्रो लिङ्गी रुपन्देहीका आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ र प्रथम नारी सरोद वादक रूपा सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ समर्पण गरिएको थियो ।
साथै समाजसेवा, श्रव्यदृश्य र नाट्यसङ्गीतका लागि डा.परिधि शर्मालाई २५ हजार रूपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ समर्पण गरियो ।
नइ प्रकाशनले आआफ्नो अध्ययनमा समर्पित भई विविध वाङमयिक गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ वर्षसम्मका ३ जना बालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशिसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरेको छ । यसरी पुरस्कृत हुनुहुनेहरूमा बहुआयामिकतर्फ रिहाना भट्टराई, साहित्यतर्पm एञ्जेलिना न्यौपाने, नृत्य तथा गायनतर्पm स्वन्ति श्रेष्ठ रहेका छन् ।
१० वर्ष उमेर समूहका रुनीष सुनुवारलाई नृत्य तथा सगुन श्रेष्ठलाई गायनका लागि ताम्रपत्रका साथ ७ हजार रूपियाँ राशिसहित ‘नइ देरुनीखपु कोपिला पुरस्कार’ समर्पण गरियो ।
त्यसै गरी ५ वर्षीय स्निग्धा देवकोटालाई ताम्रपत्रका साथ ५ हजार रूपियाँ राशिसहित ‘नइ देरुनीखपु चिचिला पुरस्कार’ समर्पण गरिएको छ ।
श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जर्मनीका प्रा.डा.मानफ्रेद गेहार्द थ्रोई, संस्कृत विद्याशिरोमणि प्रा.डा.वेणीमाधव ढकाल र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।
समारोहमा इन्दिरा प्रसाईबाट कविता समेत वाचन गरिएको यियो भने पुरस्कृत बालबालिकाद्वारा कविता वाचन, नृत्य र गायन प्रस्तुत गरिएको थियो ।
(नइ प्रकाशन)

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

काठमाडौँ, मङ्सिर १५ गते । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा...

संस्मरण:- बिचलन भएकाे मन

कार्यक्रममा थिए तर मेराे मन मसँग थिएन।भित्र भित्रै पीडाबाेद्व भइरहेकाे थियाे। असाेज १२ गते सम्ममाेहन मुक्तक संग्रह बिमाेचन समाराेह ए वान पार्टी प्यालेस सिनामंगलमा। बुबाकाे अवसानपछि मैले बाहिर हिडेकाे याे पहिलाे कार्यक्रम थियाे मेराे। घरमा एक्लै हुदाँ पीडा बाेद्व असाध्यै हुने। अाफु समालिन धेरै गाह्राे...

काव्य गोष्ठी सम्पन्न

काठमाण्डौ, मङ्सिर २ गते। आधुनिक साहित्य परिषद्को आयोजनामा बृहत् साहित्यिक उत्सव – २०७५ डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाण्डौमा सञ्चालन भइरहेको कार्क्रममा अनुपम सिर्जना प्रतिष्ठान नेपालले पनि सहभागी भएर काव्य गोष्ठी सम्पन्न ग-यो । उक्त गोष्ठीमा स्रष्टाहरूले छन्द, स्वचन्दका कविता, गीत तथा गजल वाचन गरे ।...

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने भएको छ ।  यहि  मंसिर १,२ र ३ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा एकल कविता वाचन,पुस्तक विमोचन,साहित्यिक प्रवचन र गजल वाचन लगायतका कार्यक्रम रहेका छन् । काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयको हलमा हुन लागेको उक्त कार्यक्रममा करिव...

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित

कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख...