प्रमुख समाचार

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर पानी हालेका हुन् । एमाले र माओवादीका अरु नेताहरुले पनि यसैगरी बिरुवा रोपेका छन् ।

कपूर, समी, आँप, अम्बा लगायतका बिरुवा रोपिएको हो । तर प्रचण्डले रोपेको बिरुवाको नाम कसैले जानेनन । प्रचण्ड सोधे के को बिरुवा हो ?

एकजना भन्दैथिए – जापानको बिरुवा हो सर, नाम त थाहा छैन ।

प्रचण्डले फेरि सोधे– यो कत्रो हुन्छ ? यसले छहारी दिन्छ ?

प्रचण्डको प्रश्नपछि अनि सबै गलल हाँसे । बास्तवमा त्यो बिरुवा के को हो र कत्रो हुन्छ तथा के फल दिन्छ भन्नेमा सबै अनबिज्ञ थिए ।

बिहि, जेष्ठ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गाउँ फेरि रित्तिन थाले, भरिए शहर

कात्तिक, पोखरा । विजया दशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका...

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना

असोज, काठमाडौं । आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ । महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो...

आज फूलपाती अर्थात् कालरात्री

असोज, काठमाडौं । आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउाघरमा पुगिसक्ने प्रचलन छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ ।...

टोखा नगरपालिकाका कार्यकारी प्रमुख पक्राउ र नगरमा घुसखोरीको बिगबिगी

सेवाग्राहीसँग बार्गेनिङ गरेर एक लाख रुपैयाँ असुलेको अख्तियारको दाबी भुक्तानी रोकेर घुसको बार्गेनिङ गर्ने टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद सुवेदी पक्राउ परेका छन् । एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार कार्यकक्षबाटै पक्राउ गरेको हो । टोखा–७ मा उपभोक्ता समितिमार्फत निर्माण गरिएको कामको...

आज नवरात्रको पाँचौं दिन नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना

२८ असोज, काठमाडौं । आज नवरात्रको पाँचौं दिन हो । आज नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको...

नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना

 असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ...