समाचार

‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित


काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा साेमबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।


प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र प्रधुम्न मिश्रको लघु चलचित्र ‘इतिहास निर्माणको यात्रामा’ तेस्रो भए । दोस्रो र तेस्रो हुने चलचित्रलाई क्रमशः रु १ लाख ५० हजार र रु १ लाख नगद पुरस्कार एवं प्रशंसापत्र प्रदान गरियो ।

सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक–२०७४’ तथा ‘द शिवपुरी जर्नल–२०१८’ मा प्रकाशित लेख रचनामध्ये सहायकरथी धर्मबहादुर बानियाँ (अप्रा) को लेख प्रथम घोषित भएको थियो । उक्त लेखका लागि बानियाँलाई रु ५० हजार नगद प्रदान गरियो ।

मङ्ल, जेष्ठ ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालकै ठुलो स्कुल केन्द्रित एक्टिंग आइडल गर्दै एण्टिना

नेपालका धेरै शैक्षिक चलचित्र बनाएर चर्चामा आएका युवा निर्देशक घनश्याम तिमल्सिना एण्टिनाको पहलमा स्कुल आइडल हुने भएको छ । यो अभिनय सग सम्बन्धित आइडल हो ।उनी भन्छन् नेपालमा यति ठुलो अभिनय आइडल स्कुल केन्द्रीत भएर भए जस्तो लाग्दैन । यसले नेपालको शैक्षिक जगतमा नयाँ तरङ्ग...

पाटनको मंगलबजारदेखि नालासम्म साइकल यात्रा सम्पन्न

विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ । ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा डेढ सय साइकल यात्री सहभागी थिए ।...

भट्टचन द्धारा लाम्मेला परिवर्तनशील समुह काठमाण्डौ लाई ५० हजार आर्थिक सहयोग ।

लाम्मेला परिवर्तनशील समुह काठमाण्डौले दशैको समापन संगै तमानखोला गाँउपालीका ४ लाम्मेलामा कार्तिक ०५ गते देखि आयोजना गरेको “जातीय बिभेद र बाल बिवाह” बिरुद्धको नाटक प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम मा प्रभू बैक काठमाण्डौ कमलादीका अध्यक्ष एंवम समाजसेवी देवी प्रकाश भट्टचनले नगद रु ५० हजार सहयोग...

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने

असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य...

‘फगत एक नजरमा कसैले लियो मन’ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

 काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको नाट्यकर्मी अशेष मल्लले अनलाइनखबरलाई जानकारी दिए । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’...

धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ

इटहरी / रुखमा पैसा फल्छ भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ । रुखमा घर बनाएर स–साना कटेजहरू निर्माण गरेपछि पर्यटकहरूको आगमन बढेको छ । त्यहाँ प्रवेश गर्न नै टिकट लिनुपर्छ । यसरी रुखमा पैसा फलाउँदैछन् धरानको शिरमा रहेको शिवधारा चोकबाट...