अर्थ

उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट अच्युत


काठमाडौँ । नेपाली चलचित्रहरु आज अन्तरास्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नयाँ नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन् । पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा भिजुअल इफेक्टको ठुलो हात रहेको पाइन्छ । चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक,कथा,गीत,संगीत छायाँकन,सम्पादन जस्तै आज नेपाली चलचित्रमा भिजुअल इफेक्टको पनि ठुलो भूमिका भएको पाइन्छ । भिजुअल इफेक्ट आजको चलचित्र दुनियाँमा एक अति नै महत्वपुर्ण भाग भएको छ । कुनै पनि चलचित्रमा छान्यांकन गर्न अतिनै गाह्रो वा असम्भव दृष्यहरु भिजुवल इफेक्टको प्रयोग गरि कम्प्युटरमा नै बनाउन सकिन्छ । बिना कुनै धनजनको क्षति , खतरनाक तथा काल्पनिक दुनियाँको दृष्यहरु भिजुअल इफेक्टबाट बनाउन सकिन्छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठुलो माग छ । नेपाली चलचित्रमा भिजुअल इफेक्ट सम्बन्धि कार्य गर्ने नेपालकै उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट हुन् अच्युत बजगाईं। नेपाली चलचित्र उधोगमा भिजुअल इफेक्ट नहुँदा चलचित्रहरुमा निर्देशकले इच्छा गरे अनुरुप कतिपय बस्तुहरु पर्दामा उतार्न कठिन हुन्थ्यो । यसले गर्दा चलचित्रहरुमा माग गरिएको दृष्यको कमिका कारण अधुरोपन हुन्थ्यो । तर नेपाली चलचित्रमा भिजुअल इफेक्टको प्रयोग अहिले दिनानुदिन बढ्दै गएपछि नेपाली चलचित्र जगतमा अहिले को भिजुअल इफेक्ट आर्टिस्ट को छन् भनेर प्रश्न गर्दा उत्तर भने अच्युत बजगाईं हुन । अच्युत अहिलेका सबैभन्दा महङ्गा र उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट हुन । अहिलेका नेपाली चलचित्रहरुमा कथाले मागेका दृष्य चाहे त्यो काल्पनिक दुनियाँको होस् चाहे त्यो वास्तविक दुनियाँको लागी असम्भव होस् , त्यस्ता दृष्यहरु अच्युतले भिजुअल इफेक्टको प्रयोग गरेर सजिलै पर्दामा उतार्न माहिर छन ।

उनले चलचित्रमा अन्तरिक्ष्यबाट नेपाल र नेपालबाट फेरी अन्तरिक्ष्यमा फर्किने भिजुअल इफेक्ट मार्फत दृष्य बनाएर निकै चर्चा कमाएका थिए । यस्तो ’ अर्थ जूम ’ इफेक्ट उनले नेपाली चलचित्रमा पहिलो पटक गरेका थिए । यसरि जहिले पनि नयाँ नयाँ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उधोगको भिजुअल इफेक्टको पाटोमा ठुलो योगदान पुराएका छन । उनको काम प्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रियस्तरका अवार्डहरु प्राप्त गरेका छन् ।

आज अन्तराष्ट्रिय जगतमा पनि भिजुअल इफेक्ट आर्टिष्टको माग ज्यादै छ। उनले ३ दर्जन जति फिल्ममा काम गरिसकेका छन। लभ यु म्यान ,लास्ट किस , च्याम्पियन ,रक्तभोका,रोमान्स ,स्पर्श ,रोमियो ,मेला ,कायर ,पूनर्जन्म,वीरङ्गना,होलिडे,उल्झन ,भिलेन,पटुकी ,लभ डायरी , आरोपे आदि थुप्रै फिल्म उनले गरेका हुन। उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पना आदिले आज आएका नयाँ भिजुअल इफेक्ट आर्टिस्टहरुले अनुशरण गर्दै आएका छन। यसरि उनको ज्ञान, शीप तथा परिश्रमले आज उनी नेपाली चलचित्र क्षेत्रमा विशेस स्थानमा रहेका छन। भिजुअल इफेक्टबिना आज नेपाली चलचित्र बनाउन सोच्नै सकिदैन। त्यस्तो कलालाई नेपाली चलचित्रमा अव्वल ढङ्गमा कार्य गर्ने अच्युतले नेपाली चलचित्र जगतको भिजुअल इफेक्ट आर्टमा ठुला योगदान पुराएका छन।

मङ्ल, जेष्ठ ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गैरआवासीय नेपाली शेष घले र पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए

जेठ, काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।   अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस...

घरबहाल करको दोहोरोपनको व्यवस्थालाई हटाए

चैत, काठमाडौं । लामो समयदेखि बिवादित रहेको घरबहाल करसम्बन्धी अन्योल हटेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले घरबहाल करको दोहोरोपनको व्यवस्थालाई हटाएको हो । योसँगै अब घरबहाल करको अधिकार संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले पाएको छ । अर्थ मन्त्रालयले दोहोरो करको व्यवस्था हटाउन गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत...

प्रदेश र स्थानीय तहलाई निर्धारित समयभित्र अनुदान र राजश्वको अनुमानित विवरण दिन केन्द्र सरकार असफल

चैत काठमाडौं । प्रदेश र स्थानीय तहलाई निर्धारित समयभित्र अनुदान र राजश्वको अनुमानित विवरण दिन केन्द्र सरकार असफल भएको छ । तोकिएको समयभित्र यस्तो विवरण नपाउँदा प्रदेश र स्थानीय सरकारलाई नजिकिँदै गरेको आर्थिक वर्षको बजेट बनाउन अलमल भएको छ ।   अन्तर-सरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको...

सामाखुशी टाउन प्लानिंगमा नयाँ पाटे थकाली भान्छाघर तथा रेष्टुरेन्ट खुल्यो

सामाखुशी टाउन प्लानिंगमा नयाँ पाटे थकाली भान्छाघर तथा रेष्टुरेन्ट खुल्यो / उक्त भान्छाघर तथा रेष्टुरेन्टमा यहि फागुन २४ ,२५ ,र २६ गते सम्म २०% छुटको  व्यवस्था पनि  गरेको छ /पारिवारिक बातावरणमा स्वस्थ र सफा खाना पाइनुका साथै बिभिन्न सेमिनारहरु संचालन गर्न पनि सकिने...

बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा शाक्यको शव भेटिए

फागुन, बिराटनगर । मोरङका एक युवकको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ परेको छ । मोरङ, उर्लावारी ७ का ३३ वषर्ीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए । उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले...

हेटौंडाबाट काठमाडौं जोेड्ने छोटो दूरीको सुरुङमार्ग निर्माण गर्न सरकार नै अग्रसर

फागुन, काठमाडौं । हेटौंडाबाट काठमाडौं जोेड्ने छोटो दूरीको सुरुङमार्ग निर्माण गर्न सरकार नै अग्रसर भएको छ । निजी क्षेत्रले ‘सिन्को नभाँचेपछि’ सडक विभाग आफैंले भीमफेदी–कुलेखानी खण्डमा सुरुङ निर्माणको अवधारणा ल्याएको हो । विभागको प्रस्तावअनुसार सडक विस्तार गर्न असजिलो रहेको भीमफेदी–कुलेखानी खण्डमा मात्रै सुरुङ निर्माण गरिनेछ ।...