कविता

“मोदी बा तिमी अाएपछि” कविता

- पुनाराम कर्यावरिक्का दंगीशरण गाउँ पालिका ४ सुकदेवा दाङ


मोदी बा,
स्वागत छ तिमीलाई
मेरो यो हजुरीको अाँगनमा
पहिलो पटक होईन यो दोश्रो नि होईन
तेश्रो पटक हो क्यारे
तिमी अाउदै छौ भनेर
म मेरा झोलिएका घरहरू
लत्रिएका तारहरू
मक्किएका पोलहरू
उप्किएका सडक र बाटोघाटोहरू
राता रात मर्मत गरिरहेको छु
केवल देखाउनका लागि
रंग रोगन गरिरहेको छु
पुल पुलेसा, सडक पेटि
वाल पर्खाल अाकासे पुल सबै सबै
तिम्रो स्वागतको लागि तल्काई रहेछु
मलाई चिन्ता छैन
बहत्तरिले बिनास भएका
बहत्तरिले धोस्ट पारेका संरचनाहरू
मेरा ती सबै मठमन्दिरहरू
पूरा तात्विक सम्पदाहरू
भट्किएर खन्डहर भएकोमा
चिन्ता छ त केबल तिमीलाई मेरो अाँगनमा
कसरी स-कुसल स्वागत गरू भनेर
मतलव छैन म मेरा जनताको
दुख पाउन या कष्ट
मलाई के टाउका दुखाई
अाफ्ना जहान परिवारलाई सुरक्षा
दिन नसके पनि तिमीलाई
सुरक्षा दिन तट्पर छु
मेरा सुरक्षा फौजले सुरक्षा दिदा दिदैपनि
तिमी अाफ्नै सुरक्षा लिएरै अायो
यसरी तिमी मेरो अाँगनमा अाईरहनु
मोदी बा,
जनकपुर, मुक्तिनाथ, पशुपति
मात्र होईन मेरो देशको हरेक ठाउँ ठाउमा
अाउनु तिमी बर्षै पिच्छे
तिम्रो खाचो छ मेरो देशलाई
मेरो घर अाँगनलाई
तिमी अाउदा मात्रै मेरो देश,घर अाँगनले
मुहार फेर्ने गर्छ एकसर्को ढोटि फेर्ने गर्छ
त्यसैले,
तिमी मेरो हरेक शहरदेखि लिएर
घर गाउँमा पनि अाउने गर
तिमी अाए मात्र म मेरो घर देशको
टुक्रे बिकास गर्न तट्पर हुन्छु
र, देखाउनका लागि भएपनि
म बिकास गर्न अग्रसर हुन्छु
मोदी बा,
अब त मेरो घर गाउमा नि अाउनु ल
तिमी अाए पो घरको रंग रोगन हुदो रहेछ
बाटा घाटाहरू राता रात बन्दो रहेछ
सडक पेटि छिनछिनमै सफा सुघ्घर हुदा रैछन
मेरो गाउँ तिम्रो फर्खाईमा छ
तिमी जसरी नि अाउनु पर्च ल
मोदी बा, अाउनु पर्च ल ।।

बुध, जेष्ठ ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाल दिवसको शुभकामना

खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी। हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी। सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।। कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी। कोही बलात्कार,अपहरण कोही फोहोर थुप्रोमा भने हुन्छ शोषकहरू स्वाभीमान नै खाइयो भनी। प्रगतीका नक्षत्र...

कमिसनको खेती

निरङ्कुस शासनको कुनै काम छैन गणतन्त्र नेपालमा अब नभै भै’न भन्ने पनि हामीनै हो गणतन्त्र आयो अहिले त जनताले झनै दुःख पायो   थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने जम्बोटोली लिएर नै विदेशमा जाने रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा नेपालीका छोराछोरी विदेशको बास   न्याय माग्न जाँदाखेरी पुलिसको डन्डा सत्ता भत्ता यिनैको भो गरे भागबन्डा जनताको पिरमर्का...

संसारले देख्छन्

मन, बुद्धि अहंकार चित्त दुई जोडा यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ अहंकारी चित्तआई बाटो छेकी दिन्छ । यिनै दुई आइबस्छन् डेरा जमाएर जान्ने सुन्ने वनिकन आफै रमाएर चारै वेद ज्ञाता थियो त्यो रावण पनि मुनुष्यको कर्म छाडी दैत्य भयो अनि ।। आन्तरिक स्थितीमा हेरफेर हुदा ठुलालाई पनि हेर कुबुद्धिले छुदा चन्द्रमाले...

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

“तिमी थारू” कविता

तिमि थारु काम गर्छौ मरिमरि घाम पानीसंग लड्दै हिन्दै घुम्दै थारु कोखमा जन्म लियौ सानैमा काममा दौडियो आफ्न काम प्रती सधै आत्मसात गरे कर्म गर्यौ तिमि थारु, आदिबासी जनजाती भुमिपुत्र तराई बासी औलो रोगसंग लड्दै मरुभुमी, सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर उर्बर,अन्न फल्ने खेती योग्य जमिन बनायौ बाघ,भालुसंग लड्दै घर परिवार बचायौ तिमि थारु, सोजो छौ सोजो काम मात्रै जान्छौ सबैले भनेको मान्छौ बोली...

हार्यौ कि जित्यौ?

आमाको ममताले रोकिने पाइलाहरु किन रोकिएनन् अनन्त यात्रामा निस्किनु अघि? बालाई आइडल देख्ने आँखाले उनको संघर्ष किन देखेनन् अविश्रान्त निदाउनु अघि । आमाले गुमाएको सुन्दरता र बाले मरुभूमिमा खर्चेको जवानी भन्दा अर्को ठूलो कुन त्याग चाहान्थ्यौ तिमी तिम्रो खुशीको बदलामा ? आमाका चर्चरी फुटेका गोडा देख्दा मनमा कतै धाँजा फाटेन र? बाको थाप्लामा परेको नाम्लोको डोबले तिमीमा...