स्थानीय समाचार

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

- जसिन्द्र श्रीपाली


शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन हेलिकप्टर द्धारा लाम्मेला बाग्लुङ्ग जाने भएका छन ।

जेष्ठ २ गते उद्घाटन गरिएको उक्त कार्यक्रम मा हाल सम्म पुरुष भलिबल तर्फ न्यू शोले स्र्पोट क्लब छापखानी म्याग्दी र दिप ज्योती युवा क्लब खुंखानी बाग्लुङ्ग फाइनलमा प्रबेश गरेका छन त्यस्तै महिला भलिबल प्रतियोगीता मा खुंखानी र पात्ले म्याग्दी पुगेका छन भने पुरुष छेलो प्रतियोगीतामा भरत श्रीपाली प्रथम र काजु हर्मेल द्धितीय भएका छन।

महिला छेलो अन्र्तगत लिला छन्त्याल प्रथम र सृजना छन्त्याल द्धितीय भएका छन। यता ताराखेलमा तमान युवा क्लब तमान लगभग जीत सुनित्चित गरेको छ भने द्धितीय द्धितीयमा प्रतिस्पर्धा चलिरहेको छ। लठो तान्ने, दोहोरी गीत घैटोफोर जस्ता अन्य प्रतियोगीता चलिरहेको र जानकारी साझ सम्म आउने आयोजक को भनाई रहेको छ। सांस्कृतिक र धार्मिक महत्व जोडिएको जेष्ठ मेला पछिल्लो समय युवा पुस्ताले भुल्दै गएको प्रति बुढापाका भने चिन्तित बनेका छन।

मालीका कालीका जस्ता उच्च देवी देवताको पुजाआजा गरी ख्याली नाच नाचेर लगाईने मेला पछिल्लो समय भने खेलकुद र मनोरञ्जनमा सिमित भएको हो । युवा हरुको चाहाना खेलकुद तथा समाज बिकाशको परिकल्पना भन्ने नारा संगै सुरु गरिएको उक्त कार्यक्रम भोली समापन गरिने भएको छ। बाकि रहेका केहि खेलहरु बिहानै समापन गरी दिउसो पुरस्कार बितरण एंव अतिथि सम्मान कार्यक्रम रहेको आयोजक ले जानकारी गराएको छ।

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट ६ जना सक्त घाइते

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट भै  ६ जना सक्त घाइते घाइते भएका छन् / टोखा न.पा. वडा न.९ शिब मन्दिर स्थित चिलिम कारखानामा ग्याँस बिस्फोट हुँदा आगोलागी भएको छ /आगो नियन्त्रणमा आइसकेको  र एक जना घाइतेको हात नै छुटेको जनाकारी प्रत्यक्षदर्शीले खोज अनलाइनलाइ जानकारी गराएको छ...

बैद्य नेतृत्वको माओवादीले भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशका भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता दिने बताएको छ । सरकारको आदेशमा प्रहरीले आफ्नो पार्टी निकट युवा लिगका केन्द्रिय नेता शुरेस तामांगलाई गिरफ्तार गरेको विरोधमा सोमबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिट्ब्यूरो सदस्य दिनेश...

पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते

पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । पोखरा महानगरपालिका २९ का विरेन गुरुङले चितवनमा रहेको उनको ससुरालीमै गएर श्रीमती डोल्मा रुम्बालाई एसिड प्रहार गरेको समाचारमा जनाएको छ । घाइते डोल्माको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य...

कृष्ण गोपाल श्रेष्ठ “फसी” जी को सफल अप्रेसनको सुस्वास्थको कामना

यस खोज अनलाइन पत्रिकाको सक्रिय पत्रकार कृष्ण गोपाल श्रेष्ठ “फसी” जी को सफल अप्रेसन को सुस्वास्थ को कामना गर्दछ /उहाको अप्रेसनमा खटिएका सम्पूर्ण स्वास्थ्य टिमलाई यस निष्पक्ष मिडिया प्रा लि. हार्दिक धन्यबाद प्रदान गर्दछ / यहाको सिघ्र सुस्वास्थको कामाना गर्दछ / ...

नेपाल आइडल सिजन दुईका विजेता रवि ओडलाई मातृ शोक परे

पुस, काठमाडौं । नेपाल आइडल सिजन दुईका विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभुषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने...

‘निर्मला प्रकरणमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोल्दिनुस’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी गराएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए । महानिरीक्षक खनालले भने , “हाम्रो...