साहित्य गतिबिधि

बरिष्ट साहित्यकार विश्वबिमोहन श्रेष्ठ सम्मानित

-बिजयध्वज थापा


आज २०७५ साल ज्येष्ठ १२ गते युगकवि सिध्दिचरण श्रेष्ठको १०७औं जयन्ति मनाउँदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानको एकाईसौं रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रन सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ट साहित्यकार श्री विश्वबिमोहन श्रेष्ठ स्रष्टा सम्मान ग्रहण गर्नुहुँदै युगकवि सिध्दिचरण तथा उपन्यासकार लीलाध्वज थापाको बारेमा चर्चा गर्दै प्रतिष्ठान तथा अध्यक्ष थापा प्रति खुशी व्यक्त गर्नुभयो र सम्मानित हुन पाउँदाको खुशी व्यक्त गर्नुभयो । सो कार्यक्रमका प्रमुख अतिथी प्राग्य मात्रिका पोखरेलले साहित्य र भाषा जोगाउन साहित्यकारहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्नुहुँदै यस प्रतिष्ठनले खेलेको भूमिकाको सह्राहना गर्नुभयो ।

सो कार्यक्रममा प्राग्य विवश पोखरेलले समेत मुक्तक वाचन गर्नु भयो र कार्यक्रम ज्यादै प्रभावकारी भएको चर्चा गर्नुभयो । । प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले सबैलाई धन्यवाद ग्यापन गर्दै युगकवि शिर्षकको कविता वाचन गर्नु भयो । कार्यक्रममा वाचन गरिएका बिभिन्न रचनाको प्रशंसासमेत गर्नु भयो । कार्यक्रममा अध्यक्ष विजयध्वज थापाले साहित्यकारले रचना गर्न छोड्न नहुने र आज गरिएका रचना राम्रो नभए पनि क्रमश सुधार हुँदै जाने र त्यसैको लागि यस प्रतिष्ठनले सेवा गरेको उल्लेख गर्नु भयो ।

५४ जना साहित्यकारले भागलिनुभएको सो कार्यक्रममा मिशन अधिकारी,सुन्दर बहादुर खडका, खेमलाल पोखरेल,महेश प्रसाद रिजाल,प्रकाश बस्नेत गफाडी,माधव घिमिरे अटल,कोपिला घिमिरे,मुकुन्द न्यौपाने,निर्मल पराजुली,सुधिना काफ्ले,जयमङ्गल सापकोटा,अर्जुन थापा,अन्जु धमला,उध्दव कुमार पोखरेल,मानन्धर अभागी, गणेस प्रसाद खतिवडा,शिवराम खडका,रविन्द्र आशिष शैली,देवकी तिमल्सिना,रत्न विरही घिमिरे,साबित्री न्यौपाने,प्रकाश सुवेदी,शिवराम खडका, कल्पना काफ्ले,कृष्ण प्रसाद आचार्य,चेतनाथ कणेल ‘हरित’,विवश पोखरेल,विश्वबिमोहन श्रेष्ठ,सुरेश नेपाली,उर्मिला पन्त पाण्डेय,राजन विक्रम थापा,भुवन शिवाकोटी,रुद्र अधिकारी,डा.शेषराज आचार्य,कुशुम शर्मा, दुर्गा तिवारी, उपमा आचार्य,पुष्पा धमला,शान्ति शर्मा,उमा पोखरेल, कुमार नेपाल , उत्तम विचार,इन्दु पन्त, मदनराज थापा , राजबाबु श्रेष्ठ, पदम दोङ, मात्रिका पोखरेल,विजयध्वज थापा आदिले आआफ्नो रचना वाचन गर्नु भयो वाचन गरिएका रचनाका उच्च मूल्यङ्कन गर्दै कदर पत्र प्रदान गरियो साथै माधव घिमिरे अटलले सन्चालन गर्नु भएको सो कार्यक्रममा रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनुभएको थियो ।

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...

पुस्तक परिचय:- बर्णमालामा गीत

नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु...

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...