उर्जा

दुई पेट्रोल पम्पमा सिलबन्दी


नेपाल सरकारले मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल लगाएको हो ।

१० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान छ । तर, प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको हो । त्यस्तै त्रिपुरेश्वरको मायाराम भुलाराम पेट्रोल पम्पमा स्वीच अन अफ गर्ने ठाउँमा इलेक्ट्रिक मेसिन जडान राखिएको पाइएको छ ।

डिस्पेलिङ पम्पमा जडान भएर आउने ह्यान्डेल फालेर इलेक्ट्रिक मेसिन जडान गरेको पाइएपछि ह्यान्डेल मेसिन नै राख्न भनिएको छ । इलेक्ट्रिक मेसेनिले आगलागी हुने जोखिम बढ्ने भन्दै यस्तो नगरे कारवाही गर्ने चेतावनी दिएको छ

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल आयल निगमले खाना पकाउले ग्यास (एलपिजी) पनि पाइपबाटै ल्याउने योजना

नेपाल आयल निगमले खाना पकाउले ग्यास (एलपिजी) पनि पाइपबाटै ल्याउने योजना बनाएको छ। रक्सौल बोर्डरदेखि चितवनको लोथरसम्म ग्यासको पाइप बिच्छ्याउने योजना रहेकाे निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए। निर्देशक पौडेलका अनुसार बोर्डरदेखि चितवनको लोथरसम्म ९८ किलोमिटर रूटमा ग्यासको पाइप विछ्याउने योजना अघि बढाइएको छ।...

नेपालमा बढी भएपछि पहिलोपटक १५० मेगावाट बिजुली भारत निर्यात

काठमाडौं । नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ। लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको हो । विगत तीन दिनयता दैनिक एक सय ५० बिजुली निर्यात गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए...

पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भए

पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको...

चीनसित मिलेर नेपालले खानीहरुको अनुसन्धान गर्दै

काठमाडौँ । नेपालमा पेट्रोलियम खानीको धेरै सम्भावना छ तर त्यसको अनुसन्धान र प्रयोग हुन सकिरहेको छैन । तर यसपटक चीनसित मिलेर नेपालले ती खानीहरुको अनुसन्धान गर्दैछ । नेपालमा रहेका त्यस्ता पेट्रोलियम खानीहरुको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण...

विद्युत् चुहावट १० प्रतिशत घट्यो –कुलमानले प्राधिकरण सम्हालेपछि

 काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा...

निगमले म्याच फिक्सिङ नगरेसम्म इन्द्रेको बाउ चन्द्रेले पनि केही गर्न सक्दैन –लिलेन्द्र प्रधान

मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको छैन । आयल निगमका लागि इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तेल बीच बाटोमै चोरी...