खेलकुद

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल, साथमा नेपाली समयअनुसार खेल तालिका


जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् ।

जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ ।

 

रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ । विश्वकप खेल्ने देशमा युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीटजरल्याण्ड, क्रोयसिया, स्वीडेन र डेनमार्क गरी १४ देश छन् ।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरी ५ देश छन् । अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्को गरी ५ देश छन् ।

उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा छन् । यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु सहभागी हुँदै छन् ।

नेपाली समयअनुसार यस्तो छ खेल तालिका

३१ जेठ, २०७५

राति ८ः४५ – रुसविरुद्ध साउदी अरेबिया, पहिलो समूह

१ असार, २०७५

बेलुका ५ः४५ – इजिप्टविरुद्ध उरुग्वे, पहिलो समूह
राति ८ः४५ – मोरक्कोविरुद्ध इरान, दोस्रो समूह
राति ११ः४५ – पोर्चुगलविरुद्ध स्पेन, दोस्रो समूह

२ असार, २०७५

बेलुका ५ः४५ – फ्रान्सविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह
बेलुका ६ः४५ – अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड, चौथो समूह
राति ९ः४५ – पेरुविरुद्ध डेनमार्क, तेस्रो समूह
राति १२ः४५ – क्रोयसियाविरुद्ध नाइजेरिया, चौथो समूह

३ असार, २०७५

बेलुका ५ः४५ – कोस्टारिकाविरुद्ध सर्बिया, पाँचौ समूह
राति ८ः४५ – जर्मनीविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५

बेलुका ५ः४५ – स्वीडेनविरुद्ध दक्षिण कोरिया, छैटौं समूह
राति ८ः४५ – बेल्जियमविरुद्ध पानामा, सातौं समूह
राति ११ः४५ – ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड, सातौं समूह

५ असार, २०७५

बेलुका ५ः४५ – कोलम्बियाविरुद्ध जापान, आठौं समूह
राति ८ः४५ – पोल्याण्डविरुद्ध सेनेगल, आठौं समूह
राति ११ः४५ – रुसविरुद्ध इजिप्ट, पहिलो समूह

६ असार, २०७५

बेलुका ५ः४५ – पोर्चुगलविरुद्ध मोरक्को, दोस्रो समूह
राति ८ः४५ – उरुग्वेविरुद्ध साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५ – इरानविरुद्ध स्पेन, दोस्रो समूह

७ असार, २०७५

बेलुका ५ः४५ -डेनमार्कविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह
राति ८ः४५ – फ्रान्सविरुद्ध पेरु, तेस्रो समूह
राति ११ः४५ – अर्जेन्टिनाविरुद्ध क्रोयसिया, चौथो समूह

८ असार, २०७५

बेलुका ५ः४५ – ब्राजिलविरुद्ध कोस्टारिका, पाँचौं समूह
राति ८ः४५ – नाइजेरियाविरुद्ध आइस्ल्याण्ड, चौथो समूह
राति ११ः४५ – सर्बियाविरुद्ध स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार, २०७५

बेलुका ५ः४५ – बेल्जियमविरुद्ध ट्युनिसिया, सातौं समूह
राति ८ः४५ – दक्षिण कोरियाविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – जर्मनीविरुद्ध स्वीडेन, छैटौं समूह

१० असार, २०७५

बेलुका ५ः४५ – इंग्ल्याण्डविरुद्ध पानामा, सातौं समूह
राति ८ः४५- जापानविरुद्ध सेनेगल, आठौं समूह
राति ११ः४५ – पोल्याण्डविरुद्ध कोलम्बिया, आठौं समूह

११ असार, २०७५

बेलुका ७ः४५ – उरुग्वेविरुद्ध रुस, पहिलो समूह
बेलुका ७ः४५ – साउदी अरेबियाविरुद्ध जापान, पहिलो समूह
राति ११ः४५ – स्पेनविरुद्ध मोरक्को, दोस्रो समूह
राति ११ः४५ – इरानविरुद्ध पोर्चुगल, दोस्रो समूह

१२ असार, २०७५

बेलुका ७ः४५ – अस्ट्रेलियाविरुद्ध पेरु, तेस्रो समूह
बेलुका ७ः४५ – डेनमार्कविरुद्ध फ्रान्स, तेस्रो समूह
राति ११ः४५ – नाइजेरियाविरुद्ध अर्जेन्टिना, चौथो समूह
राति ११ः४५ – आइस्ल्याण्डविरुद्ध क्रोयसिया, चौथो समूह

१३ असार, २०७५

बेलुका ७ः४५, दक्षिण कोरियाविरुद्ध जर्मनी, छैटौं समूह
बेलुका ७ः४५, मेक्सिकोविरुद्ध स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बियाविरुद्ध ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विट्जरल्याण्डविरुद्ध कोस्टारिका, पाँचौं समूह

१४ असार, २०७५

बेलुका ७ः४५ – जापानविरुद्ध पोल्याण्ड, आठौं समूह
बेलुका ७ः४५ – सेनेगलविरुद्ध कोलम्बिया, आठौं समूह
राति ११ः४५ – पानामाविरुद्ध ट्युनिसिया, सातौं समूह
राति ११ः४५ – बेलायतविरुद्ध बेल्जियम, सातौं समूह

अन्तिम १६ का खेलहरु नेपाली समयअनुसार बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

क्वार्टरफाइनल खेलहरु पनि बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

सेमिफाइनल खेल राति ११ः४५ बजे हुने छ ।

फाइनल खेल राति ८ः४५ बजे हुने छ ।

शनि, जेष्ठ १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिए

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।   राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास...

युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाए

जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख...

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

वैशाख, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।   सोही योजना अनुसार अागामी...

नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरे

फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।   अन्तिम ओभरमा...

क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बने

कात्तिक, काठमाडौं । क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए । सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि...

अक्टोबर, न्यूयोर्क । अमेरिकन मरिन गोजु कराँतेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको...