संस्कृति/धर्म

भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक सार्वजनिक


जेठ, काठमाडौं । भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक सार्वजनिक भएको छ ।

पुस्तक इतिहासका अध्येता योगेश राजले तयार पारेका हुन् । पुस्तक जेठ १८ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने ‘२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ को सन्दर्भ पारेर बिहीबार सार्वजनिक गरिएको हो ।

 

मल्लकालमा उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए । पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित रहेको छ ।

पुस्तकले तत्कालीन राज्यका शासक र नागरिक कसरी आफूलाई एउटै मूल हाँगोबाट छुट्टिएको ठान्थे र एकै बोली बोल्थे भन्ने चर्चा गरेको छ ।आपसमा लड्ने, भब्य मन्दिर र प्रासाद बनाउन प्रतिस्पर्धा गर्ने अनि मर्दापर्दा सुखदुःखमा सामेल पनि हुने उनीहरु नै फेरि सत्ता,  भूमि, ग्रह, नक्षत्र र पूँजी हडप्नका निम्ति अन्तस्कलहमा पनि अल्झिरहने विवरण पुस्तकमा वर्णित छ ।

यस पुस्तकले त्यही कालखण्डको भक्तपुरमा सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालिन समयको लडाईंको कथा भनेको छ ।

लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्यसमेतकै विनिर्माण गरेको प्रकाशक पब्लिकेसन नेपालयले दावी गरेको छ ।

नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ’इतिहाससँग सम्बन्धित एउटा सुन्दर उपन्यास प्रकाशन गर्न पाएकोमा हामी प्रसन्न छौं, विशिष्ट लेखन शिल्प र शैलीले यो एउटा महत्वपूर्ण आख्यान हो ।’

शनि, जेष्ठ १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गुप्तेश्वर महादेव गुफा

एजेन्सी, संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका ४ लिङलिङ खानी स्थित रहेको गुप्तेश्वर महादेव गुफा गुम्नाम बनेको छ । आदीमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराए पछी खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको किम्बदन्ती छ ।...

नेपालमै पहिलो पटक ७ सय ५ वर्षपछि चतरामा श्रीराम तारक ब्रह्म महायज्ञ हुने

इनरुवा। सुनसरीको चतरामा आइतबारबाट श्रीराम तारक ब्रह्म महायज्ञ आयोजना हुँदैछ ।नेपालको इतिहासमा पहिलो पटक मानिएको श्रीराम तारक ब्रह्म महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात् विश्वकै दोस्रो ठुलो महायज्ञ हुने भएको बताइएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भैसकेको छ । सुनसरीको चतरा धाममा आयोजना...

विश्वमा नेवारसंग मात्र भएको संहिता कश्यप संहिता

कश्यप संहिता कौमारभृत्यले रचना गरेको संहिता हो / यो इसापूर्व छैठौ शताब्दीतिर यसको रचना गरेका हुन् /यो मध्य युगमा चिनियाँ भाषामा अनुवाद गरिएको थियो/ यसलाई 'वृद्धजीवकीयतन्त्र'पनि भनिन्छ / महर्षि कश्यपले कौमारभृत्यको आयुर्वेदको आठ वटा अंगमा पहिलो स्थान दिएको छ। कश्यप संहिता आयुर्वेदको अत्यन्त प्राचीन संहिता हो...

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आए

२६ मंसिर, धनुषा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २...

नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम

कात्तिक, काठमाडौं । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवतले...

संस्कृत भाषा देवभाषा वा देववाणी

  संस्कृत भाषा नेपाली देवनागरिक लगायत समस्त भारतीय उपमहाद्वीपका भाषाहरूकाे जननी हाे / विश्वकाे सबभन्दा प्राचीन भाषा हाे। ‘संस्कृत’शब्दकाे शाब्दिक अर्थ परिपूर्ण भाषा हाे । संस्कृत भाषा  पूर्णतया वैज्ञानिक तथा सक्षम भाषा हाे। संस्कृत भाषाकाे व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूकाे ध्यानाकर्षण गरेकाे छ। यसकाे व्याकरणलार्इ देखेर नै अन्य भाषाहरूका...