स्वास्थ्य

नेपालका प्रथम टेस्टट्यूब बेबी ओममणि तामाङ प्रमुख अतिथि

-सागर बुढाथोकी


काठमाडौं: दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १४ वर्षीय बालक आकर्षणको केन्द्रबिन्दू बने। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरु सम्मिलित कार्यक्रममा प्रमुख अतिथि उनलाई बनाइयो। डाक्टरहरुले ताली बजाएर उनको स्वागत गरे। ती बालक थिए, नेपाल पहिलो टेस्टट्यूब बेबी ओममणि तामाङ।

ओममणि तामाङ

कार्यक्रम थियो, आइभी एफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन)बच्चा जन्माइरहेका अस्पतालहरुको छाता संगठन फेसोनको। तिनै बालकसँगै अर्का टेस्टट्युब बेबी पनि थिए निष्ट भट्टराई।

१४ वर्ष अघि फागुन २२ गते ओममणि जन्मिएका थिए भने भट्टराई चैत ४ गते। दुबैको जन्म ओम अस्पतालमा। अहिले ओममणि सेन्ट जेभियर्समा कक्षा ८ मा पढ्छन् भने निष्ट अक्सिडेन्टल स्कुलमा कक्षा ८ मा।

प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालदेखि डाक्टर ज्ञानेन्द्रमान श्रेष्ठ थिए कार्यक्रममा। डाक्टर रिसालले नेपालमा आइभीएफ प्रविधि ल्याएकै कारण ७० प्रतिशत भन्दा बढी अभिभावकले भारत गएर बच्चा जन्माउनु पर्ने अवस्थाको अन्त्य भएको सुनाए। त्यस्तै श्रेष्ठले अबको केही वर्षमा अत्यन्तै सस्तोमा टेष्ट ट्यूब बेबी पाउने प्रविधि सुरु गर्ने जनाए। कार्यक्रममा सम्मिलित प्रसुतीरोग विशेषज्ञहरुले आइभीएफ प्रविधिको सम्भावना र चूनौतीको बारेमा बोले।

श्रेष्ठको आशय थियो , ‘हामी प्रविधिमा अझै पछाडी छौ। राज्यले सहयोग गरे अबको केही वर्षमा हामीले सबै किसिमको निसन्तान समबन्धी समस्या समाधान गर्न सक्छौ।’

श्रेष्ठ उपत्यका बाहिर आइभीएफ सेवा सञ्चालन गर्ने पहिलो डाक्टर हुन्।

‘निसन्तान हुनुजस्तो ठुलो रोग केही छैन। न यो रोग लागेपछि मरिन्छ। न बाँच्न सकिन्छ। अत्यन्तै पीडादायी हुन्छ। त्यसैले यसको समाधानको लागि राज्यले पनि सोच्नुपर्छ,’ डाक्टर रिजालले भने, ‘मिर्गौला, क्यान्सर स्पाइनका बिरामीजस्तै निसन्तान भएकाहरुलाई पनि राज्यले सहुलियत दिनुपर्छ।’

पहिलोपल्ट टेष्टब्यूब बेवी ओममणिलाई शल्यकक्षबाट बाहिर ल्याउँदा सबै चकित परेको रिजालले सुनाए। उनले पहिलो टेष्ट्यूब हुदाँको क्षण सम्झिए, ‘त्यसबखत अस्पतालको उक्त कक्ष बाहिर डा अशोक बास्कोटा पनि आउनु भएको रहेछ, उहाँले आएर मलाई आँगालो मार्नु भयो। त्यो एक ऐतिहासिक क्षण थियो।’

कार्यक्रमका प्रमुख अथिति ओममणिले कुनै औपचारिक मन्तब्य राखेनन्। पत्रकारसामु भने प्रतिक्रिया दिदै भने,  ‘म भविष्यमा वैज्ञानिक बन्छु।’ कार्यक्रममा गीत गाएका निष्टले भने आफू गायक बन्ने बताए।

यसरी सुरु भयो टेस्ट्यु बेबी?

रोर्वट एडवार्डले ४० वर्षअघि ‘आइभीएफ’ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि आविष्कार गरे। त्यसको एक वर्षपछि बेलायतमा लेस्ली ब्राउन नामक संसारकै पहिलो ‘टेस्टट्यूव बेबी’ को जन्म भयो। एडवार्डले ‘आइभीएफ’ प्रविधि आविष्कार गरेको २० वर्षपछि सन् २०१० मा साइकोलोजी र औषधि विषयमा नोबेल पुरस्कार पाए। संयोग के रह्यो भने उनले आइभीएफ प्रविधी आविष्कार गर्न पनि २० वर्ष नै लगाएका थिए।

नेपालमा टेस्ट्यूव बेबी भने सन् २००६ मा जन्मियो। राजेन्द्र तामाङ र सन्ध्या तामाङका छोरा अनमोलमणि नै नेपालको पहिलो टेस्ट्यूव बेबी हुन्। अनमोलमणि जन्मेको भोलिपल्ट डा.सुशील कोइराला र कुमुदिनी कोइरालाबाट युगोत्तम र युगेश्वर नामक जुम्ल्याहा टेस्टट्यूव बेबी जन्मिएका थिए। यी दुवै टेस्टट्युव बेबीहरु ओम अस्पतालमै जन्मिएका थिए।

के हो टेस्टट्यूब बेबी ?

‘आइभीएफ’ प्रविधिबाट कृत्रिम रुपमा जन्मेका बच्चाहरु नै टेस्ट्युव बेबी हुन्। प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्ने बाध्यता भएकाहरुको लागि ‘आइभीएफ’ प्रविधीले सहयोग गर्छ।

थापाथली प्रसुती गृहका आइभीएफ इन्चार्ज डा उषाका अनुसार कतिपय महिलाहरुको अण्डासयमा अण्डा बन्दैन्। बनेका स—साना डिम्ब नबड्ने भएकाले गर्भधारण हुन सक्दैन। पाठेघरको नली पूरा बन्द हुँदा पनि सन्तान जन्मिँदैन। सन्तान जन्माउन नसक्ने महिलाहरुको पाठेघरमा पानी जम्न सक्छ। पाठेघरको झिल्ली पातलो हुन सक्छ। हर्मोनमा गडबडी र पाठेघरको गर्भाशयको मुख ज्यादै सानो हुन्छ। यस्तो अवस्था भएका महिलाहरुको सन्तान जन्माउन उत्तम विकल्प आइभीएफ प्रविधि हो।

सन्तान जन्माउन नसक्ने महिला मात्र हैन पुरुषको लागि पनि आइभीएफ अन्तिम विकल्प हो।  २३ देखि ४० वर्षको उमेरभित्र आइभीएफ प्रविधिले राम्रो रिजल्ट दिने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘पुरुषको शुक्रकिट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भ्रुण तयार गरिन्छ। यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको गर्भाशयमा प्रतिस्थापित गरिन्छ। त्यसपछि साधारण अवस्थामा जस्तै विकसित भइ शिशुको रुप धारण गर्दछ।’

कसरी गरिन्छ आइभीएफ ?

‘टेस्टट्युव बेबीको लागि महिलाको सम्पूर्ण शरीर जाँच गरिन्छ। पुरुषको खराबीले बच्चा नभएको हो भने ‘इक्सी’ गरिन्छ। महिलाहरुको ‘स्टिमुलेसन’ गरिन्छ। सानो अण्डाशयलाई ठूलो बनाउन हर्मोनहरु दिइन्छ,’ उनी भन्छिन्,  ‘हर्मोन जाँच गर्ने र नियमित अल्ट्रासाउण्ड गर्नुपर्छ। महिनावरी भएको २ दिन त्यसपछि छैठौँ र सातौ दिन पुनः जाच गरिन्छ। जाचपछि हर्मोन बढाउने र घटाउने काम गरिन्छ।’

‘अण्डा बनिसकेपछि एचसिजी भन्ने इन्जेक्सन दिनुपर्छ। इन्जेक्सन दिएको ४० घण्टापछि महिलालाई बेहोस पारी अण्डा निकालिन्छ। यसको लागि कुनै शल्यक्रिया जरुरी हुन्न,’ उनी थप्छिन्, ‘महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई निकालिसकेपछि प्रयोगशालामा एउटा प्लेटमा राखी इन्क्युवेटरमा राखिन्छ। जहाँ निशेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ। यसरी बनेको भ्रुणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ।’

गर्भ भए –नभएको कसरी पक्का गर्ने ?

डाक्टर उषाका अनुसार अण्डा निकाल्दा महिलालाई बेहोस बनाए पनि भ्रुण प्रतिस्थापन गर्दा भने बेहोस बनाउनुपर्दैन। भ्रुण प्रतिस्थापन गर्ने बित्तिकै गर्भ रहेको थाहा हुन्न,’ उनी भन्छिन्, ‘भ्रुण प्रतिस्थापन गरिसकेपछि महिलालाई २ घण्टासम्म बेडमा आराम गर्न लगाइन्छ। बच्चालाई सर्पोट गर्नका लागि हर्मोन इन्जेक्सन दिइन्छ। गर्भाशयमा भ्रुण प्रतिस्थापन गरेको २ हप्तापछि पिसाब र बेटा–एचसिजी परीक्षण गरी गर्भ भए–नभएको जाँच गरिन्छ। त्यसको ४८ घण्टापछि पुनः जाँच गरी निश्चित गरिन्छ।’

भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशुसरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन्छ।

तर, सबै भाग्यमानी भने हुँदैनन्। गर्भ रहेपनि खेर जानसक्ने, कम तौलको बच्चा जन्मने, अवधिभन्दा पहिल्यै जन्म हुने र महिलाहरुमा पनि संक्रमणको समस्या देखिन सक्ने उषा बताउँछिन्।

‘नेपालमा २५ देखि ३० प्रतिशतसम्म मात्र आइभीएफ सफल भएको छ,’ उनी भन्छिन्, ‘स्वास्थ्य सेवा राम्रो भएको देशमा ३५ देखि ५० प्रतिशतसम्म सफल हुने देखिएको छ।’

त्यसोभए गर्भ खेर जान नदिन के गर्ने त ?

‘गर्भ रहेपछि नियमित परीक्षण गर्नुपर्छ। बीचमा कुनै समस्या देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ। यसरी जन्मने बच्चाहरुलाई साधारण तरिकाबाट जन्मने बच्चाका लागि भन्दा बढी हेरचाह र स्याहारसुसार आवश्यक पर्छ,’ उषा थप्छिन्, ‘आइभिएफका अधिकांश अवस्थामा शल्यक्रियाको जरुरी पर्नसक्छ। अण्डा राम्रो बन्न सकेन भने आइभीएफ असफल बन्न सक्छ। फर्टिलाइजेशन र इम्प्लान्टेशन राम्रो भएन भनेपनि शल्यक्रिया गर्ने अवस्था आउँछ।’

डाक्टर उषाको अनुसार टेस्टट्युव बेबी जन्माउन खर्च धेरै लाग्छ। सरकारी अस्पताल थापाथलीमै १ लाख ६० हजार शुल्क बुझाउनुपर्छ। अन्य औषधिहरु जोड्दा २ लाख ५० हजारसम्म पुग्छ। उनी भन्छिन् ‘ निजी अस्पताल ६ लाखसम्म लाग्छ। त्यहाँ पनि सफल हुने २५ देखि ३० प्रतिशत मात्रै हो।’

शनि, जेष्ठ १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मेरो कुरामारीत्वमाथि आशंका

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’ अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै...

माक्सले प्रदूषित वायु रोक्छ कि अक्सिजन प्रवाहमा वाधा पुर्‍याउँछ ?

केही समयअघि नेपाल भ्रमणमा आएकी बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमा पोस्ट गरेको तस्विरमाथि खासगरी नेपाली प्रयोगकर्ताले तिखो आलोचना गरे । ट्वीटरमा उनी केही महिलाहरुसँग लस्करै उभिइरहेकी देखिन्थे र तस्विरसँगए उनले पेट्रोलको गन्ध मिसिएको काठमाडौंको वायुमाथि कटाक्ष गरेकी थिइन् । हामीलाई लाग्यो, बलिउड अभिनेत्रीले नेपालको बदनाम गरिन्...

154 SHARES FacebookTwitterEmailMore ...

लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरे

  काठमाडौं– लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुवै मेडिकलमा ट्रामा नामक लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त...

भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण

काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। डक्टर्स...

पुरुषको स्तन बढ्ने रोग गाइनेकोमस्टिया

महिलामा जसरी स्तनको वृद्धि विकास जन्म पश्चात युवा आवस्थादेखि प्रौढसम्म देखिन्छ । त्यसरी नै पुरुषमा पनि जन्म पश्चात स्तनका अवशेष रहेको देखिन्छ । तर, सामान्यतया पुरुष स्तनको वृद्धि विकास हुँदैन। गाइनेकोमस्टिया भनेको पुरुष स्तन वढ्दै जाने समस्या हो। जसमा कारकका रुपमा स्तन ग्रन्थीका तन्तुहरु वा बोसो...