साहित्य गतिबिधि

पाँचथर फिदिम बजारमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू


खाेज संवाददाता जेठ २५ २०७५ पाँचथर
पाँचथर जिल्लाकाे सदरमुकाम फिदिम बजारकाे  जिल्ला समन्वय समितिकाे हलमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू भएकाे छ ।  नेपाल प्रज्ञाप्रतिष्ठान  काठमाडौंकाे प्रायाेजनमा नाैलाे  साहित्यिक समाज नेपाल र  याक्थुम पज्ञा प्रतिष्ठानले अायाेजना गरेकाे उक्त प्रदेश स्तरीय कार्यक्रममा अविरल वर्षाका बाबजुत पनि साहित्यकारहरू बाजा गाजा सहितको र्यालीमा सहभागि भएका थिए ।यार्ली जिल्ला समन्वय समितिको हलमा पुगेपछि अाैपचारिक कार्यक्रम शुरू भएकाे थियाे । कार्यक्रम नाैलाे साहित्यिक बिहान समाज नेपालका अध्यक्ष रामप्रसाद चापागाईंकाे सभापतित्वमा सम्पन्न  भएको थियाे । कार्यक्रमकाे प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र विशिष्ट अतिथि प्राज्ञ श्रवण मुकारूङ, पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगु, जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटा , प्रमुख जिल्ला अधिकारी  रहनुभएकाे थियाे भने अतिथिहरूमा प्रदेश नं १ अन्तर्गत रहेका जिल्लाबाट प्रतिनिधित्व गर्ने साहित्यकार र जिल्लामा अाफ्नाे बेग्लै पहिचान बनाउनुहुने महानुभावहरू रहनुभएकाे थियाे ।कार्यक्रममा साहित्यकार अमरकुमार नेवाङ्ग लाई अभिनन्दन र साहित्यकार धनहाङ शुव्वा, डिल्ली लिङ्दम र मरणाेपरान्त सम्मान स्व सानङ्वा एवाईलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य दिनुभएको थियाे भने विषयक कार्यपत्रहरूमा नेपाली भाषाकाे मिश्र वैजयन्ती, लिम्बू भाषाकाे लक्षामी शेर्मा, मैथिली भाषाकाे शिवनारायण पण्डित , राजवंशी भाषाकाे इन्द्र सिंह राजवंशी ,राई वान्तवा भाषाकाे सगुन सुसारा र सुनुहार भाषाको उत्तम सुनुवार का कार्यपत्र प्रस्तुत गर्नुभएको  थियोे । ती कार्यपत्रमाथि अतिथिहरूले टिप्पणी गरेका थिए ।कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा पूर्व राज्यमन्त्री श्रीप्रसाद जगेवुले प्रदेश स्तरीय संगाेष्टि पाँचथरमा हुनुले सम्पूर्ण जिल्ला बासीकाे शिर उचाे मात्र नभई यहाँका साहित्यकारका निमित्त गर्वकाे कुरा भएकाे बताउनुभएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिले अायाेजक दुबै सस्थालाई धन्यवाद दिदै प्रज्ञा प्रतिष्ठानकाे प्रदेश प्रज्ञाप्रतिष्ठानकाे लागि उपयुक्त स्थान पाँचथर रहेकाे बताउदै कार्यक्रममा उठेका जिज्ञासा माथि बाेल्नुभएकाे थियोे ।
कार्यक्रममा मा विभिन्न संस्कृति झल्कने नृत्य र गीत समेत प्रस्तुत गरिएको थियोे  ।कार्यक्रमकाे संचालन अायाेजक संस्थाका महा सचिव प्रेम अाेझाले गरेका थिए ।

शनि, जेष्ठ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...

दीपज्योतिमा बिशेष वसन्त काव्य गोष्ठी 

काठमाडौँ, वैशाख १४ गते शनिवार । दीपज्याति आ.मा.वि.गोंगबुँले विगत वर्षदेखि गर्दै आएको वसन्त काव्य गोष्ठी पूर्व रक्षा मन्त्री तथा नेकपाका नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवरको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रा.डा. गार्गी शर्मा, प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, डा.देवी नेपाल, डा.सत्यराज...

तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण

काभ्रे (श्रीखण्डपुर), वैशाख १४ गते । श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेका एसएलसी २०४७ समूहको आयोजनामा वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य, प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, डा. सत्यराज थपलियाको विशिष्ट आतिथ्य र श्रीखण्डपुर मा.वि.मा पढाउनु हुने गुरूहरू, ताराका समकालीन साथीहरू, डा. गोपाल पौडेल, कवि...

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए

काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका...

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...