साहित्य गतिबिधि

नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानले अायाेजित बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न


खाेज संवाददाता जेठ २७ पाँचथर फिदिम
नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानलेले अायाेजना गरेकाे बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न भयाे ।अाजकाे कार्यक्रममा सभापति प्राज्ञ श्रवण मुकारूङ र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । प्रेम अाेझा, राज माङ्गलक, मुनराज शेर्मा ,इन्द्रसिह राजवंशी, लक्ष्मी चुडाल, शिव नारायण पण्डित , दामाेदर ढकाल दिपक, सागर केरूङ,रविमान लम्जेल, रामप्रसाद उपाध्याय ,मधु पाेखरेल लगायत ८० जना स्रष्टाहरूले  विभिन्न भाषा र विधाका  कविता वाचन गरेका थिए । विच विचमा लाेक गायक पुर्ण कामबाङ र खड्क बाेहाेराले गित गाएर पुरै सभालाई नचाएकाे थियाे ।उक्त समा   रोहमा बाेल्दै प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले कविता भनेकाे भावना, कल्पना र संवेदनालाई सुन्दर ढङ्गले शब्दमा उतार्नु हाे । अाज प्रज्ञाप्रतिष्ठान प्रदेश प्रज्ञाप्रतिष्ठानकाे गठन हुने क्रममा भएकाेले कविहरूले सक्रिय हुने बेला अाएकाे वताउनु भयाे । सभापति श्रमण मुकारूङले शभालाई सम्बाेन गर्ने क्रममा धार्मिक ग्रन्थ शक्तिशाली कविता भएकाे र मन्त्रहरू वैज्ञानिक रूपमै बह्मम वाक्य भएकोले छन्दमा र पुरानाे भाकामा कविता लेख्न जाेड दिनुपर्ने बताउनु भयाे । मुक्त छन्दमा लेखिने कवितामा अरूलाई रिस उठेर गाली गर्ने नभई ठुला कथालाई समेटनु पर्ने बताउनु भएकाे थियाे । कार्यक्रममा सबै जिल्ला बाट प्रतिनिधित्व गर्ने अतिथि र रचना सुनाउने सहभागीलाई प्रमाणपत्र दिइएकाे थियाे ।
कार्यक्रमकाे समाप्ति पछि पनि  कवि कुनाे र सगुन हाेटेलमा साहित्यकारहरू साहित्यका वहषमा भेटिन्थे । उक्त कार्यक्रम पश्चात ४ बुदे फिदिम घाेषणापत्र समेत  जारी गरिएकाे थियाे ।

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...

संसाक नारायणाचार्य कौशिक विशेष अङ्क लोकार्पण

काठमाडौँ, फागुन १२ गते । ‘संसाक नारायणाचार्य कौशिक विशेष अङ्क’ खोज अनलाइनको कार्यालय, गोंगबुँमा विशेष कार्यक्रमका साथ लोकार्पण गरियो । डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्य र खोज अनलाइनका प्रबन्धक रत्नप्रसाद अनामणि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित लेखक तथा कविहरूले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...