प्रमुख समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर


सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन ।

 

सम्झौतामा हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक नि:शस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन्।
लगभग ४० मिनेटको वार्तापछिसँगै खाना खाएर सम्झौता-पत्रमा हस्ताक्षर गर्नु पूर्व ट्रम्पले ‘बृहत् पत्र’मा हस्ताक्षर हुन लागेको बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको भेटवार्ता पछि ‘विशेष सम्बन्ध’ स्थापित भएको र यसले उत्तरसँगको अमेरिकाको सम्बन्ध पनि फरक ढंगबाट अगाडि बढ्ने बताएका छन्।
‘हामीले विश्वकै सबैभन्दा खतरनाक समस्यालाई अन्त्य गर्न सफल भएका छौं,’ ट्रम्पले भने, ‘यस उपलब्धीबाट विश्वका सबै मानिस धेरै खुशी हुने छन्।’
ट्रम्पले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिने बताएका छन्। ‘किम निकै प्रतिभाशाली रहेछन्,’ ट्रम्पले भने, ‘किमले आफ्नो देशलाई निकै माया गर्दा रहेछन्।’

बुध, असार २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रहरीले गोली हानी डन ढाले

६ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान...

भर्खरे धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसे

काठमाण्डौ – धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसेको छ । आइतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ । ...

सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु

३ जेठ, काठमाडौं । सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

लागु पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिए

जनकपुरधाम । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २...

छोराप्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाए

२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् । गत वर्ष छोराप्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै...

नालामा महालक्ष्मीको जात्रा आज अन्तिम दिन

आज नाला प्राचिन शहरमा महालक्ष्मीको चौथो दिन(अन्तिम दिनको )जात्रा हुदैछ/ आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको पंचमी दिन नालाबासीले ख ल्वाकेगु दिनको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा बिसाएर निकै रमाइलो गरि जात्रा संचालन गरिन्छ /बिभिन्न बाजागाजाका साथ...