कथा

धनी र गरिबका गीती कथा

-पूर्व सेनानी टंक बहादुर बजगाई खत्री नाला बनेपा न.पा. ३, काभ्रे


एउटा गाउँमा किसानी गर्ने विपन्न वर्गका तोरी फूले नामका एक किसान थिए । तिनले आफ्नु बारीमा तोरीको विउ छर्दथे तोरी उम्रेपछि पहेलो फुल्दथ्यो देखेर दङ्ग पर्दथे । आहा ! पहेलो फूल भनि रमाउथे मेरो घर पहेलो रङ कहिले होला छतमा बसेर कहिले हासौँला भन्ने कल्पना गर्दथे ।
उनको घर खरले छाएको थियो डाँडाभाटा पनि कुहि सकेको थियो । यो घर कहिले ईटाको गारो सिमेन्टको छानु हुन्छ भन्ने कल्पना गर्दै बसेको दिन अचानक हुरी आयो छानाको धुरी खावोँ भाचियो ।
धुरी एकातिर ढल्कायो वर्सातको समय थियो पानी आएर ओछ्यान सबै भिजे लालावाला एउटा कुनातिर बसे त्यो रात आँखा झिमिक्क नगरिकन बित्यो सारै दिक्क लाग्यो ।
भोलिपल्ट सबेरै खाँबो काटेर ल्याई  छानो अडयाउछु भनेर बन्चरो लिएर हिँडे घरबाट अलि पर पुग्दा एउटा हितैषीलाई भेट भयो “कहाँ जान लागेको भाई” भनेर सोध्नु भयो “हुरीले घरको छानाको खाँबो भाच्यो आधा छानो ढक्लिएको छ त्यही छाना अड्याउन पैरेनि वारीमा रुख बढेका छन् त्यही रुख काटेर खाँबो ल्याइ छाना तयार पारौ कि भनेर हिडेको हजुर” भनेर मित्रलाई जवाफ दिए ।
मित्रले पनि “ठिकै हो भाइ ! आफ्नै वारीमा बढेको रुख काटी घर तयार पार्नु राम्रो कुरा हो मैले केही कुराको सहयोग गर्नुपर्छ भने भन म गर्न तयार छु ।” भन्दा उनले भनेछन् “ठिकै छ हजुर प¥यो भने भनौला” भनेपछि मित्र आफ्नो बाटो लागेछन् ।
अलिपर पुगेपछि एकजना सम्पन्न वर्गका रवाफिलो मानिससँग भेट भयो उनले भनेछन् “कहाँ हिडेको तोरी फूले बन्चरो बोकेर ?” नम्र भावले उनले पनि नमस्कार भन्दौ “हुरीले घरको धुरी खाँबो भाँच्यो जङ्गलमा रोपेको रुख बढेका छन् खाँबो काटी ल्याएर छानो अड्याउकि भनेर हिडेको हजुर” भनेछन् ।
रवाफिलो मानिसले यस्तो वचन दिएछन् “ए ! तोरी फूले अब तँ मेरो गाईगोठमा आएर बस्ने गर । गाई चरा खेतबारीमा काम गर छोराछोरी श्रीमती घरमा भाँडा माझ्छन् भकारो सोर्छन के भत्केको घरमा बस्छस्” भनेछन् ।
तोरी फूलेले पनि यस्तो एउटा कविता सैलिमा जवाफ दिएछन्
“सामन्त सोचमा बसेर तिमीले नगर्नु यस्तो सोच
भोका र नाङ्गा गरीबहरुको भेटाउदैनौ भोक
तिम्रा ती हलिया कमलरी बनि बसेका थिए धेरै
अहिले तिनको विचल्ली हुन गो श्रम गएछ खेरै”
यो कविताले ती सम्पन्न वर्गका मानिसलाई घमण्ड उठेछ उनले भनेछन् “ए ! उल्लु तँ पनि महलमा बस्लास् अब देशमा गणतन्त्रले छोएछ हाम्रा अगाडी यस्तो भन्ने भइस्” भनि हपारेछन् ।
फेरी तोरी फूलेले कविताकै सैलीबाट जवाफ दिएछन् ः
“सामन्तहरुको विश्वास छइन कैले नपर्नु भर
फोस्रो चाकरी गरेर अहिले के पो त मिल्ने छर”
यो कविता सुनेपछि गाईचरा भाडामाज खेती गर
गोठमा बस भन्ने सामन्तको आत्म ग्लानि भएछ ।
तोरी फुले चाहिँ आत्माबल बढाई काम गर्दै जाँदा आफ्नै मेहनतबाट दुई छाक खान र छोराछोरी पढाउन एउटा सानु घर बनाउन सम्म सक्ने भएछन् ।
एकदिन टुप्लुक्क बाटोमा तिनै रवाफिलोलाई भेटेछन् । ती सामन्त चाहिँ लठ्ठी टेकेका साधारण पोशाकमा रहेछन् । तोरी फूले “नमस्कार” गरेछन् । “तिमीलाई चिनिन भन्दा हजुरले गाईगोठमा बस / गाई चराउ भाडा माझ भनेको उही तोरी फूले त हुँ नि” भनेपछि आहो तोरी फुले कहाँबाट भेट भयो भनी सोध खोज गरेपछि तोरी फुलेले बेलिबिस्तार कहेछन् ।
गाउँछाडि काठमाडौं आएँ । आफ्नै मेहनतबाट छोरा छोरी पढाएँ । सानु घर नगरपालिकामा बनाई बसेको छु भन्दा पहिलाका रवाफिला धनी छक्क परेर जिब्रो काडेछन् ।
तोरी फुलेले पनि ती रवाफिलो धनीलाई हजुरको के छ हाल खबर ? भनी सोधनी गरेछन् । उनीले पनि आफ्ना कुरा यसरी बताएछन् – म त सारै दुःखी भएको छु । छोराछोरी पढाउँदा घरखेत सकेँ । छोराछोरी पढेपछि विदेशतिर गए मलाई वृद्धाश्रम तिर पठाएका छन् । कहिले काहिँ बडा मुस्किलले सडकतिर डुल्न आउँछु सारै कष्टकर जीवन छ भन्ने कुरा गरेछन् ।
तोरी फुलेले कविताकै शैलीबाट भनेछन् –
“अँधेरी रातले जुनि फेरेपछि आउँछ उज्यालो दिन
कुनै दिन रवाफिलो धनी बनी होच्याई बोलेउ किन”

तोरी फुलेले कविता भनेपछि थचक्क बसेर आँसु झारेछन् । अब म तिमीलाई धर्मपुत्रको रुपमा सम्झन्छु । मेरो नाउँमा काठमाडौंमा चार आना जग्गा बाँकी छ त्यो तिमीलाई दिन्छु मलाई सेवा गर भनेछन् ।
फेरि कविता कै शैलीबाट जवाफ दिएछन्
घरको छानु ढली बिपत्ती पर्दा आँसु बगे  भलभली
तिखा बाण रवाफिला बचन ती सम्झन्छु म झलझली
तिम्रा ती सम्पत्ति चाहिँदैन मलाई मेरै छ नि आर्जन
सामन्त सोचका असक्त तिमी छौ गराउँछु भोजन

तोरी फुलेका त्यस्ता मार्मिक रुपी कविता सुनेर उनले पनि कविताकै शैलीमा भनेछन् ।
“छोराछोरी बुहारी हरुता विदेशी नै भए
भन्ने मेरो यहि छ जन हो बृद्धाश्रममा गएँ”

यो कविता भन्दै ती बृद्धले यसो भनेछन्
सम्पत्ति मात्र राम्रो होइन सन्तति राम्रो चाहिन्छ
सम्पत्तिले मात्र हुँदै रैनछ
बृद्ध भएपछि हेर्ने सन्तति नै चाहिँदो रैछ ।

कसैलाई सानु सोच्नु हुँदै रैछ गरिब धनी
हुन्छ धनी गरिव हुँदो रैछ मैले तिमीलाई देखाएको व्यवहार प्रति क्षमा पाउँ
भन्दै अन्तिममा यस्तो एउटा कविता भनेर विदा भएछन् ।
धनको मदले जो फुर्ती गर्छ
त्यो सेखी त्यसको अवश्य झर्छ
संसार सारा विधिको छ खेला
गरिब देखेर नगर्नु हेला

      *******

सोम, असार ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लघु-कथा = “सनिवारे साहित्य”

एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी भनेर भटटट भन्दै बडो चाख लाग्दो थियो उसको त्यो भट्याउने शैली...

सपनामा भगवानसङ्ग कुराभएका 

कथा नेपालको एउटा साह्रै पिछडिएको गाउँमा बसेका एकजना गरिब रहेछन् । उनको पेशा भने कृषि नै रहेछ । दिनभरि खेतमा काम गर्ने साँझ परेपछि घर आउने , घरमा राम्रो खाना खान पनि ज्यादै धौःधौ रहेछ । घरमा आई ढिंडो फाँडो जे छ खाइहाल्थे । थकाइले लखतरान परेर सुतिहाल्ने बानीरहेछ...

पलायन -कथा

“हैन ऊ पलायन भएकै हो त ?” मेडमले अंशुबर्मालाई सोधीन “हो” मेडम, तपाईको उक्साहट र मेरो कुटनितिको अगाडि उ टिक्न सकेन ।” अंशुबर्माले जवाफ दियो “के गर्दै छ हिजो आज ऊ ?” पुन जिज्ञासा राखिन मेडमले “कोही खेती गर्दैछ भन्छन, कोही सुनौली र भैरवाहमा सामान ओसार पसार गर्छ...

शारदा भुसालको वयानः बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ

भ्ररष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन्...