अन्तर्राष्ट्रिय

भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइए


असार, चितवन । भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइएको छ । चितवनको भण्डाराबाट धादिङको मलेखुसम्मको ६२ किलोमिटर लामो चेपाङ मार्गको चितवन खण्डअन्तर्गत ११ किलोमिटर र धादिङमा ११ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भइ काम सुरु भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार चितवनतर्फको साढे चार किलोमिटर कालोपत्रे र साढे ६ किलोमिटर सडकको बेस विच्छ्याउने काम भइरहेको छ । राप्ती नगरपालिकाको आँपपानीदेखि थाकलटारसम्म सडक कलोपत्रे गर्न बेस बिच्छ्याइएको छ ।

 

धादिङतर्फ भने ११ किलोमिटर कालोपत्रे गर्ने ठेक्का बमोजिम ८ किलोमिटर सडक चौडा पार्ने काम भएको प्रमुख झाले जानकारी दिए । चितवन र धादिङबाट ११/११ किलोमिटर कालोपत्रे गर्न २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम धमाधम भइरहेको छ ।

२२ किलोमिटर सडक निर्माणको काम असोज महिनाभित्र सम्पन्न गरी बाँकी सडक खण्ड निर्माणको लागि अर्को टेण्डर आहृवान गर्ने सरकारी योजना रहेको झाले बताए । ठेक्का सम्झौता भएको २२ किलोमिटर सडकको काम ७० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख झाले दावी गरे ।

भण्डारा-मलेखु सडक चार वर्षभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । सो सडक खण्डअन्तर्गत चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किलोमिटर पहाडी सडक निर्माण हुनेछ ।

भण्डाराबाट मलेखुसम्मको सडकखण्ड ६२ किलोमिटर भए पनि ठोरीदेखि मलेखुसम्म १३२ किलोमिटर सडक निर्माण हुने छ । यो सडकमा साढे पाँच मिटर कालोपत्रे र सोल्जरसहित सात मिटरको निर्माण हुने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख झाले बताए । ठोरीबाट भण्डारा जोड्न चितवन निकुञ्जले अनुमति दिनुपर्ने भएकाले केही झन्झट रहेको कार्यालयका प्रमुख झाको भनाई छ ।

पुल निर्माण पनि हुँदै

चेपाङ मार्गअन्तर्गत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाप र वडा नं. १२ ढिटार जोड्ने लोथर खोलामा ९० मिटरको पुल निर्माणको काम भइरहेको छ । १४ करोडको लागतमा पुल निर्माणको काम भइरहेको छ । चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ ।

ठोरीबाट सुरु गरेर रसुवागढीसम्म सो सडक पुर्‍याउने सरकारी योजना रहे पनि तत्काल चितवनतर्फ भण्डाराको प्यारीढाप र मलेखुको धार्दिङबाट निर्माण कार्य सुरु भएको छ । वासवाङ ताल्तीखोला छेउबाट सुरूङमार्ग बनाउने प्रस्ताव एशियाली विकास बैंकले गरेको छ । यसो हुँदा भण्डारा-मलेखु सडकको ६२ किलोमिटरको दूरी ५० किलोमिटरमा छोटिने छ ।

‘पुरानो ट्रयाकबाट माथि स्थानीयहरुको घरसम्म जाने सडक पनि कायम हुन्छ मुुख्य हाइवेका रुपमा खोलाको किनारै किनार सडक जान्छ,’ चितवन १ का सांसद सुरेन्द्र पाण्डेले भने, ‘जनताको वस्ती वस्तीमा सडक लैजानु राम्रो कुरा हो तर हाइवेलाई अनावश्यक घुमाउनु राम्रो होइन ।’

चेपाङ मार्ग यसै वर्षदेखि एडीबीको प्रोजेक्टमा परेको छ । सन् २०१९ बाट सडकको स्तरोन्नती र पिचको काम अगाडि बढ्ने नेता पाण्डेले जानकारी दिए । सडक २ लेनको हुनेछ ।

चीन र भारतलाई सबैभन्दा छोटो दूरीमा जोड्ने मार्गको घाँटी नै यही चेपाङ मार्ग हो । धुन्चेको बाटो परिवर्तन गरी बेत्रावतीदेखि त्रिशुली खोलाको किनारै किनार स्याफ्रुबेंसीसम्म नेपाली सेनाको ट्रयाक खोल्ने भर्खरै सिध्याएको छ । धादिङको गल्छीदेखी त्रिशुलीसम्म पनि सडक फराकिलो बनाउने काम सुरु भएको छ ।

भण्डाराबाट भरतपुर, मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर लामो पर्छ । चेपाङमार्गले १०६ किलोमिटर दूरीको राजमार्ग ४४ किलोमिटर छोटो हुनेछ । यसले समय र इन्धन दुवैको बचत गर्छ

चेपाङ मार्गका तीन फाइदा

भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि प्रत्यक्षरुपमा तीनवटा फाइदा देखिएको छ । पहिलो, नारायणगढ-काठमाडौं सडक खण्डमा सवारी साधनको चाप घट्नेछ भने सडककै कारणले पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर सुधारिने छ । चेपाङहरुका अर्गानिक उत्पादनहरुले सहज बजार पाउनेछन् ।

सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौं जाने यात्रुको सडक दूरी छोटिने छ । भण्डाराबाट भरतपुर, मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर लामो पर्छ । भण्डारा-मलेखु चेपाङ राजमार्ग ६२ किलोमिटर मात्र रहेकाले ४४ किलोमिटर दूरी कम हुने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

त्रिशुली नदीका कारण जोखिम पनि उत्तिकै छ । मलेखु-भण्डारा ६२ किलोमिटर दूरीलाई ५० किलोमिटरभित्रै झार्ने तयारी गरिएको छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखुसम्म पुग्न ४४ किलोमिटर छोटो दूरी छोटो पर्नेछ ।

साथै यो सडक नारायणगढ-मुग्लिन सडकखण्डको विकल्पका रुपमासमेत प्रयोग सकिने सजिलो सडक खण्डमध्येको एक बन्ने छ । १०६ किलोमिटर दूरीको राजमार्ग ४४ किलोमिटर छोटो भएसँगै यसले समय र इन्धनको बचत गर्छ ।

चेपाङहरू बसमा सरर…

सो सडकको ट्र्याक खोलेपछि भण्डाराबाट यौरेलीटारसम्म सवारी साधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङ समुदायलाई आफूले उत्पादन गरेको सामाग्रीहरु बजारसम्म ल्याउन सहज भएको छ । ‘बस चल्न थालेपछि धेरै सजिलो भएको छ,’ राप्ती नगरपालिका १३ कालिटारका जमानसिंह प्रजाले भने ‘पहिला ५ घण्टा हिँडेर भण्डारामा जानुपर्थ्यो अहिले चाँडै पुगिन्छ ।’

उनले आफूले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजारसम्म लैजाने गरेको सुनाए । सडकको सहज पहुँच नभएका कारण विगतमा चेपाङले उत्पादन गरेका सामग्री गाउँमा नै कुहिएर फाल्नु पर्ने अवस्था रहेको थियो भने, गाउँमा नै दलालहरुले किन्दा निकै सस्तोमा बेच्नुपर्ने बाध्यता थियो ।

चेपाङले उत्पादन गरेका खसीबोका, मह, तरकारी जडिबुटी सडक अभावको कारण बजारसम्म लैजान नसकेर बस्तीमै पुगेका व्यापारीलाई चेपाङहरुले सस्तो मूल्यमा बिक्री गर्दै आएका थिए । तर अहिले भाउ समेत पाउन थालेका छन् ।

उनीहरुको सामान बिक्री गर्ने मुख्य बजार भण्डारा भएको छ । यो सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामाग्री बजारसम्म ल्याएर उचित मूल्यमा बिक्री गर्न थालेको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताइन् । ‘सडककै कारण चेपाङ बस्तीमा चहलपहल सुरु भएको छ,’ मेयर बरालले भनिन्, ‘अहिले सडकले चेपाङ समुदायको दैनिकी नै परिवर्तन हुँदै गएको छ ।’

बिहि, असार ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द

 जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द गरेका छन् । किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो । ट्रम्पले किमलाई एक पत्र लेख्दै पछिल्लो दिनमा विकसित परिस्थितिमा वार्तामा बस्नु उपयुक्त नभएको भन्दै वार्ता स्थगित गर्ने...

एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने

 जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका...

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने

 वैशाख (रासस/सिन्ह्वा) : दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ । सो कुराको जानकारी दक्षिण कोरियाको रक्षामन्त्रालयले सोमबार दिएको छ । सोमबार दिएको जानकारीअनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने...

उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताए

वैशाख, काठमाडौं ।उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’   उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो...

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाए

२१ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको...

नाइजेरियामा किसान र गोठालाबीच भएको झडपमा कम्तीमा १० जनाको ज्यान गए

 फागुन, काठमाडौं । नाइजेरियामा किसान र गोठालाबीच भएको झडपमा कम्तीमा १० जनाको ज्यान गएको छ । नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका क्रममा उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी...