खेलकुद

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे


असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो ।

धेरै अर्जेन्टिना समर्थकहरुले लिओनल मेस्सीको आफ्नो टिमको उद्दार गर्ने अपेक्षा गरेका थिए । तर, गोलकिपर बिली क्याबलेरोले त्यो अपेक्षामाथि पानी खन्याउने काम गरे ।

उनको गल्तीमा क्रोएसियाका एन्टे रेबिकले सुरुवाति गोल गरेका थिए ।

त्यसअघि गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा मेस्सी मैदानमा कहिले यता त कहिले उता भौतारिरहेका थिए ।

तर, सब्सिच्युटका रुपमा आएका गोन्जालो हिगुइन र डिबालाले पनि टिमलाई खेलमा फर्काउन सकेनन् । मेज्जाको प्रहारमा रिबाउन्स भएको बलमा मेस्सीले मौका पाएका थिए तर, विपक्षी गोलरक्षकले रोके ।

दोसो हाफमा क्रोएसिया केही डिफेन्सिभ थियो । तर, पाएको मौकालाई सदुपयोग गर्यो । लुका मोडरिकले ८० औं मिनेटमा गोल गरे ।

क्रोएसियाको जित पक्का भइसकेको थियो तर, इन्जुरी टाइममा इभान राकिटिकले गोल थप्दै अर्जेन्टिनाका लागि विर्सनलायक साँझ बनाइदिए ।

अब अर्जेन्टिनाको विश्वकपको यात्रा आफ्नो हातमा छैन । पहिलोे खेलमा आइसल्याण्डसँग १-१ को बराबरी खेलेको उसको १ अंक मात्र छ र समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग खेल्नेछ ।

तर, यदि भोलि आइसल्याण्डले नाइजेरियालाई हरायो भने अन्तिम खेलमा क्रोएसियासँग बराबरी खेल्दा नकआउट चरणमा पुग्छ ।

शुक्र, असार ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साफ च्याम्पियनसीप अन्तर्गत पहिलो सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल...

अठारौं एसियाली खेलकुद प्रतियोगितामा पदक जित्नेलाई पोखरामा भव्य स्वागतसहित सम्मान

भदौ, पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक...

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन्

भदौ, काठमाडौं । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए । तेस्रो चरणसम्मको खेल हुँदा विजय...

मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जिते

 साउन, काठमाडौं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो ।   चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर...

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई मारिए

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ । जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा...

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिए

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।   राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास...