अर्थ प्रविधि

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।


काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल ।

चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर नयाँ विमानस्थल निर्माण गरिरहेका छन् ।

 

१ अर्ब ६४ करोड युआन (१९१.४ मिलियन अमेरिकी डलर) अनुमानित लागत रहेको विमानस्थल अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी छ ।

यो विमानस्थल चोङक्विङ शहरभन्दा १५ टाढा ताहुवा पहाडको टुप्पामा अवस्थित छ । आन्तरिक विमानस्थलको रुपमा प्रयोग गरिने यस विमानस्थलमा एक २६ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग बनाइने छ ।

त्यसको साथमा एक अत्याधुनिक टर्मिनल भवन र पाँचवटा विमान पार्क गर्न सकिने एप्रोन बनाइने छ ।

पहाडी इलाकामा र विमानस्थल निर्माणको लागि पर्याप्त ठाउँ नभएपछि कामदारहरुले विष्फोटक पदार्थको प्रयोग गरेर ताहुवा पहाडको टुप्पो नै उडाएर जमिन सम्याइसकेका छन् ।

छ वर्षअघि बनाउन सुरु गरिएको यस विमानस्थल जुनको अन्त्यसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ । केहि समयअघि खिचिएको फुटेजहरुमा मेहनति चिनियाँ कामदारहरुले भिमकाय क्रेनहरुको सहायतामा टर्मिनल भवन बनाइरहेको देख्न सकिन्छ ।

वुसान विमानस्थलका डेपुटी निर्देशक लियाओ हाओवोका अनुसार विमानस्थल निर्माणको लागि दुई हजार बढी कामदार र ८ सयभन्दा बढी मेसिनले एकसाथ काम गरिरहेका छन् ।

चोङक्विङ जियानबेइ अन्तराष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप कम गर्न यो विमानस्थल थालिएकोहो । यो सञ्चालनमा आएपछि वार्षिक दुईलाख ८० हजार यात्रु, १२ हजार टन कार्गो र तीनहजार भन्दा धेरै उडान ह्यान्डल गर्ने अपेक्षा गरिएको छ ।

अर्को वर्षको सुरुवातमा सञ्चालनमा आउने यस विमानस्थलमा बेइजिङ, सांघाई, गोन्जाउ लगाएत चीनका अन्य मुख्य शहरबाट सिधा उडान सञ्चालन हुनेछ । प्रसिद्ध गडेस पिक र थ्री गर्जेज ड्याम नजिकै अवस्थित भएकाले विमानस्थलले स्थानीय पर्यटन पनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको डेलीमेलले जनाएको छ ।

शुक्र, असार ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘हो, म वीर्य बेच्छु तर मैले कुनै अपराध गरेको छैन’

‘विक्की डोनर’ मा त अडल्ट तस्बिर लगाइएको थियो तर यहाँ त एउटा वाशरुम छ जहाँ पर्खाल, कमोड, धारा र वाशबेसिन छ । पहिलो पटक निकै असहज महसुस भैरहेको थियो । आफ्नो कोठामा हस्तमैथुन गर्नु र बेच्नका लागि गर्नुमा निकै ठूलो फरक छ । वाशरुममा एउटा प्लास्टिकको कन्टेनरमा...

नितम्बको आकार बढाउने यो फेसन

फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ । अहिले ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट...

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ । पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान हुनेछ ।   स्थानीय समयअनुसार आइतबार बिहान साढे ३ बजे उक्त यानलाई...

झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त

साउन, काठमाडौं । शनिबार दिउँसो झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त थिए । उनीहरु साना ठूलो खाल्डाखुल्डी एकएक पुरिरहेका थिए । झरिका बीचमा पनि काम गरेको देख्नेहरुलाई लाग्यो, ढिलै भएपनि सरकारले जनतालाई परेको पीर मर्का बुझ्न थालेछ ।’ नयाँ बानेश्वरमा मात्र होइन,...

बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरे

असार, काठमाडौं । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।   जिल्ला...