पर्यटन

काभ्रेको उग्रचण्डी नाला बनेपामा होम स्टेको आवश्यकता र चुनौती

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


होमस्टे भनेको स्थायी घर बाँस भएको स्थानबाट अर्को स्थानमा अस्थाई रूपमा भ्रमण गरि कम्तिमा २४ घन्टा समय विताई त्यहाँको आवास,खानाआदि सेवा उपभोग गरि प्राकृतिक सौन्र्दर्य ,स्वच्छ र शान्त वातावरण ,डाँडाकाडाँ , भिरपाखा, हरियाली वनजङ्गल, खोलानाला, तालतलैया, झरना , छाँगा  धार्मिक तथा एतिहासिक स्थान र अन्य भौगोलिक , जैविक एवं सास्कृतिक विविधता, ग्रामीण बस्तीमा रमाउने हँसिलो मुहारले पाहुनाहरुको स्वागत सत्कार एवं सेवा पुय¥याउने नेपालीहरु र उनीहरुको दिनचर्या , कला सस्कृतिको अनुभव गर्नुको साथै घर धनी र पाहुनाबीच एक आपसका ज्ञान ,अनुभव ,विचार र उपयुक्त प्रबिधिको आदन प्रदानलगायत एक अर्काका सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने स–शुल्क बसाई हो ।

आन्तरिक तथा बाह्य पर्यटन पर्बद्धन गर्नुका साथै यस क्षेत्रको आर्थिक समृद्धिका लागि र धार्मिक पर्यटन तथा कृषि पर्यटनको बिकासको लागि  होम स्टे सञ्चालन आवश्यक देखिन्छ । यस क्षेत्रको आर्थिक समृद्धिका कुरा गर्छौ  तर आर्थिक समृद्धि कुरा गरेर मात्रे हुँदैन् । काम पनि गर्नुपर्छ । आर्थिक समृद्धिका लागि व्यबसायलाई अगाडि बढाउनु पर्छ । कृषिको साथ साथै अर्को तर्फ पर्यटन पर्बद्धनका गर्नका लागि होमस्टेले महत्वपूर्ण भूमिका निर्बाह गर्छ । होमस्टेमा जाने ग्राहकहरुले त्यस क्षेत्रमा पर्यटनको अबलोकन गर्न चहान्छन् । त्यसलाई मध्यनजर गरि यस क्षेत्रमा होमस्टे सञ्चालनमा ल्याउनु निकै आवश्यक देखिन्छ। यहाका युवाहरुको चाहनालाई मध्य नजर गरि शुरुमा होम स्टे खोल्ने र पछि अनुभव र ग्राहाकको चापलाई मध्य नजर गरि ठुलो सुभिधा सम्पन्न होटेल तिर आकर्षण हुनु पर्दछ । वास्तबमा धुलिखेलमा पनि यसरी नै सानो बाट ठुलो ब्यवसाय बनाएको हाम्रो सामु उदारण छ।

सरकारले होमस्टे सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ । त्यसै अनुसार हामीले पनि  होमस्टे सञ्चालनमा  ल्याएर यस भेगको अवसरलाई पहिचान गर्नु छ । समृद्धिको एउटा आधार ब्यबसाय हो ।कुनै पनि क्षेत्रमा एउता मात्र व्यवसायले आर्थिक समृद्धि हुनको लागि गाह्रो छ त्यसैले पनि होम स्टे  ब्यबसाय शुरु  गर्नु आवश्यक देखिन्छ । होमस्टेमा स्थानीय परिकार ढिलो, सिस्नो, लोकल कुखुराको परिकार, आलुको परिकारहरु ,दुधको परिकारहरु  आफै रोजेर खान पाईने, एकान्त वातावरण रहेको , त्यस क्षेत्रका बिभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । धेरै युवाहरु बिदेश पलाईन भईरहेको अबस्थामा आफ्नै गाउँठाउँमा ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सकिन्छ भनी होमस्टे सञ्चालन किन नगर्ने ?

होम स्टे संचालन गर्न थुप्रै चुनौतीहरु छन् ।  ति चुनौतीहरुलाई पार गर्नुपर्ने अबस्था छ । कुन चाहि क्षेत्रमा चुनौती छैन र ? लगानी बराबर आम्दानी ल्याउनु पर्ने एउटा चुनौती छ । यस होमस्टेलाई प्रसिद्ध बनाउन चुनौती छ । बाहिरी पर्यटक भित्र्याउन चुनौती छ । होमस्टेमा बाहिरी पर्यटकहरु भित्र्याउने लक्ष्य पनि रहेको छ । नालाबाट काठमाडौं गएका समुदायले सहयोग र प्रचार प्रसारमा ठुलो भूमिका खेल्नु पर्दछ  । नाला समृद्धिका लागि होमस्टे ब्यबसायको बिकास गर्न जरुरी छ भने बुझाउनु  पर्दछ ।

होमस्टे संचालन गर्नु भनेको नै स्थानीय उत्पादनको पर्बद्धन र पर्यटनको बिकास मुख्य लक्ष्य हो । यति गर्न सकियो भने नालालाइ समृद्ध बनाउन कुनै ठुलो कुरा होईन् । त्यसैले समृद्धिका लागि होमस्टे सञ्चालनमा ल्याउनु  मुख्य उदेश्य हो । समृद्धिका लागि स्थानीय उत्पादनलाई प्रोत्साहन र पर्यटन प्रबद्र्धन नै मुख्य कुरा हो । यसबाट समृद्धिको अपेक्षा गर्न सकिन्छ । होम स्टे संचालन पनि ग्राहकको अनुभव पनि साटासाट हुने भएकोले अरु क्षेत्रको सम्भावनाका ढोकाहरु पनि खुल्दै जान्छ । अनुभवले नै मानिसलाई परिपक्व बनाउछ ।

नेपालमा धेरै होमस्टे बन्द हुने अबस्थामा छन्, यस्तो अबस्थामा होमस्टे सञ्चालन कसरि संचालन गर्न सकिन्छ ,सोँचे अनुसार आम्दानी गर्न सकिएला त ? यी कुराहरुको सधै हेक्का राख्नु पर्दछ।  सबै भन्दा ठुलो कुरा ब्यबस्थापन हो । राम्रो ब्यबस्थापन भएमा  ग्राहकको आर्कषण बन्न पुग्यो भने होमस्टे बन्द हुने अबस्था आउदैन् । अहिले राम्रो ब्यबस्थापन भएका धेरै होमस्टेहरु राम्रो तरिकाले सञ्चालनमा आएका छन् । आम्दानी पनि राम्रो गर्न सफल भएका छन् । त्यसैले हामीले राम्रो ब्यबस्थापन र ग्राहकको माग अनुसार होमस्टेलाई अगाडि बढाउन जरुरी छ । त्यसो गर्न सकिएमा मात्रै होमस्टे ब्यबसाय फस्टाउन सक्छ । होमस्टे ब्यबसाय अहिलेको आबश्यकता पनि हो । नजिकै नगरकोटको अनुभवको पनि आवश्यकता पर्दछ तिनीहरुको साथ र सहयोगको खाँचो पर्दछ। जसरि भए पनि सम्बन्ध सुधार गर्नु पर्दछ । परम्परागत ढंगबाट होमस्टेको ब्यबसायलाई सफल पार्न सकिदैन्, त्यसैले प्रबिधियुक्त बनाउन जरुरी छ । अहिले हामीले सञ्चालनमा ल्याएको होमस्टे आधुनिक हुनु जरुरि छ  । त्यसैले पनि हामीले सोँचे अनुसार होमस्टेलाई अगाडि बढाउन सक्छौं । होमस्टेले स्थानीय संस्कृतिको संरक्षण, स्थानीय उत्पादन, पर्यटन प्रबद्र्धनमा पनि मद्धत पुग्छ । यसले होमस्टेले मात्रै नभई यस क्षेत्रको बिकास निर्माणमा पनि टेवा पुग्छ ।
अझै नेपालको नमुना योग्य होमस्टे बनाउने योजना बनाएर नालाका युवा अगाडी बढ्नु पर्दछ । स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकारसमेतले  होमस्टेलाई अगाडि बढाउन सहयोग र सहकार्य गर्न जरुरी छ । आर्थिक समृद्धि भन्ने नारा चुनाबमा मात्रै होईन्, ती नारा हामी जस्ता युवाहरुको जोस जाँगरमा पनि लगाउनु पर्छ । अनी मात्रै चुनाबको समयमा गरिएको आर्थिक समृद्धिका नाराले सार्थकता पाउन सक्छन् । त्यसैले पनि यसतर्फ नालाका युवाहरुले  ठुलो सहयोगको अपेक्षा गरिएका छन् । यसमा आफ्नै  बनेपा नगरपालिकाले पनि  साथ सहयोग र कागजी प्रक्रिया तथा विज्ञापनको ठुलो अपेक्षा राख्न सकिन्छ।

बुध, असार १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महादेव बिनाको दक्षको यज्ञ श्रीलंकामा : सन्दर्भ पहिलो बौध्द पर्यटन शिखर सम्मेलन

पहिलो बौध्द पर्यटन शिखर सम्मेलन श्रीलंकामा यहि अक्टोबर २ देखि हुन् गैरहेको छ /त्यस सम्मेलनको आयोजना AATEHM ,युनिभर्सिटी अफ कोलम्बोले गर्ने भएकोछ / यस सम्मेलनमा बौध्द पर्यटन बिशेसज्ञको रुपमा भारत,थाईल्याण्ड ,जापान ,कोरिया ,जर्मन ,भियतनाम ,अस्ट्रेलिया,अमेरिका,युके ,इटाली ,इन्डोनेसिया,बंगालादेश ,चिन,हंकंग र भुटानले भाग लिने भएकाछन तर नेपाल...

बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान

१ फागुन, काठमाडौं । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ ।   जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए । उनका...

धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै

कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।   राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

 हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा  पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्बतारोहण अध्यायन

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने  भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन

  काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...