कथा

सपनामा भगवानसङ्ग कुराभएका 

-पुर्व सेनानी टंक बहादुर बजगाई खत्री नाला ,बनेपा न.पा.३ ,काभ्रे


कथा
नेपालको एउटा साह्रै पिछडिएको गाउँमा बसेका एकजना गरिब रहेछन् । उनको
पेशा भने कृषि नै रहेछ । दिनभरि खेतमा काम गर्ने साँझ परेपछि घर आउने ,
घरमा राम्रो खाना खान पनि ज्यादै धौःधौ रहेछ । घरमा आई ढिंडो
फाँडो जे छ खाइहाल्थे । थकाइले लखतरान परेर सुतिहाल्ने बानीरहेछ ।
एकदिन मध्य रातमा यस्तो अचम्मको सपना देखेछन् । सपनामा भगवान्सँग प्रश्न
उत्तर गरेर कुराकानी गरेछन् ः
‘‘हे , भगवान् मलाई सपनामा दर्शन दिनुभयो, म ज्यादै हर्षित भएको छु ।
यस्तो मेरो अब कुनै मौका मिल्ला नमिल्ला । प्रभुसँग एक दुई कुरा प्रश्न गरि
सोध्ने मन छ । प्रभुबाट आज्ञा मिल्छ भन्ने सोध्छु भनेछन् ।
भगवानले प्रतिउत्तरमा भनेछन्, ‘‘ तिम्रा मनमा लागेका कुरा प्रश्नको रूपमा सोध
’’ भगवान्ले यति भनेपछि ती गरिबले यस्तो प्रश्न गरेछन्, ‘नेपालीलाई के
दिनु भो त प्रभु हामी किन गरिबी को रेखामुनि प¥यौ ?’’ भनी सोध्दा
भगवान्बाट यस्तो उत्तर मिलेछ ः–
‘‘ हेर, भक्त तिम्रो देशमा दिएजति संसारका कुनै देशमा मैले दिएको छैन ।
तिम्रो जस्तो सुन्दर देश काहीँ पनि छैन माथि टलक्क टल्कने चाँदी जस्तो सेतो
हिमाल वीचमा हरियाली पहाड, पुछारमा सुनजस्तै पहेलो धान फल्ने फाँट छ ।
हिमाल, पहाड, तराई भू–वनोटले भरिपूर्ण भएको सुन्दर देश दिएको छु ।
तिम्रो देश जलश्रोत जडीबुटी विभिन्न किसिमका खानीको भण्डार छ । संसारकै उच्च
शिखर सगरमाथा जसलाई सबै देशबाटबाट हेर्न आउने मानिसहरूको घुंइचो लाग्छ
। शान्तिका दुत गौतम बुद्धको देश भनेर विश्वमा चिनिन्छ । हिमालबाट बग्दै
दक्षिणतिर गएका ठुला नदी महाकाली, कोशी, गण्डकी अरु यस्तै प्रशस्त मात्रामा
विद्युत ऊर्जा निकाल्न सकिने नदी नाला झर्नाहरू छन् । हिमाल, पहाड, तराइमा
गुम्बा, मठ, मन्दिर, मस्जितले भरिएका छन् । ठाउँ–ठाउँमा राम्रा–राम्रा गुफाहरू
छन् । विभिन्न जातजातिका भेष भुषा आफ्नै शैलीका बाजा गाजा विभिन्न
जातजातिका आफ्नै धर्म संस्कृति छन् । एक अर्काको धर्ममा हस्तक्षेप छैन, आपसमा
धर्मको बारेमा कुनै विवाद झै–झगडा काटामार छैन । विभिन्न किसिमका
पशुपन्छी जीव जनावरको वास छ । हिमालमा डाँफे चरी नाँच्छन्, तराईमा मुजुर
बास्छन । हाती, गैंडा विभिन्न थरीका जनावरले जङ्गलले सोभायमान बनाएका छन्
। वनपाखामा रातै हुने गरी गुँरास फुल्छन् । बेंसीतिर धान झुल्छन् ।
पहाडतिर फापर फूल्छन् । उत्तरको चिसो हावा दक्षिणतिर वहन्छ । दक्षिणको
तातो हावा उत्तरतिर वहन्छ । तातो चिसो ठीक हुन्छ । यी सबै थोक तिम्रो
देशमा दिएको छु । एकथोक मात्र तिम्रो देशलाई दिन भुलेछु । त्यो भनेको
समुन्द्री बाटो त्यो पनि बंगलादेशतिरबाट दिन खोजेको थिएँ त्यो बेलाका
शासकले किन चाहेनन् त्यो किन नचाहेका हुन् तिनै त्यतिखेरका शासकले जानुन्
यहाँभन्दा बढि मैले के दिउँ त ? गरिब भक्त । ’’ भनि भगवानले जवाफ दिनु भएछ

‘ सबैथोकले भरिपुर्ण पारिदिनु भएको रैछ प्रभु अब म अर्के कुराको प्रश्न
राख्न चाहन्छु ।’ भनि यस्तो प्रश्न गरेछन् ः(

‘‘के नेपालीमा दक्ष प्राविधिक ज्ञानको कमी छ ?, के नेपालीमा शिक्षाको कमी छ
?, के नेपालीमा जोश जाँगरको कमी छ ?, के नेपालीमा नेतृत्वकर्ताको कमी छ
? के नेपालीमा बहादुरी पनाको कमी छ ? के भएर होला प्रभु हामी सधैँ
पछौटे पनमा परेका गरिवको छाप्रोमा रोग, भोक, शोक नहटेर हामीलाई
कहिल्यै पनि शान्ति प्राप्त भएन प्रभु भनि सोध्दा भगवानबाट यस्तो जवाफ
पाएछन्ः–
‘‘सुन ! भक्त तिम्रो देशमा केहीको कमिछैन केही कमी भएको पनि देख्दिन ।
एउटा कमजोरी चाँहि मेले पक्कै देख्या छु । पाटीबाट माथि उठेर देशको लागि
मरिमेट्ने नेता चाहीँ धेरै कम रहेछन् । पाटी भन्दा उठी देशको लागि
मरिमेट्ने एक दुई त होलान यस्ता नेता भए यस्तालाई राष्ट्रवादी नेता
भन्नुपर्छ । राष्ट्रवादी भनेको राष्ट्र प्रति कट्टर नेता हो तर तिम्रो देशमा
चुनावी नेता बढी छन् चुनावी नेता भनेको कसरी चुनावी नेता बढी छन् ।
चुनावी नेता भनेको कसरी चुनाव जित्ने ? कसरी सत्तामा पुग्ने ? भन्ने मात्र
चिन्ता भएका नेतालाई चुनावी नेता भन्दछन् । यस्ता नेताको बढी भन्दा बढी
हाबी चहल पहल छ । राष्ट्रबादी नेता एक दुई भएपनि चुनावी नेताले घरी बन्दी
गरी उसका योजना जति फेल गराउँन खोज्छन् कामै गर्न दिदैनन् । गुट र
उपगुट धेरै छ भागवण्डाको राजनीति छ आसन, रासन भाषण सबैलाई चाहिएकै छ
अनि कहाँबाट तिम्रो देशमा गरिबी हट्छ देश माथि कसरी उठ्छ त ? लौ भन । ’’
भगवानले यस्तो जवाफ दिएपछि गरिबले अर्को प्रश्न गरेछन्, ‘ अब के गर्नु पर्ला
त प्रभु ! ’ भनि सोध्दा भगवानले यस्तो कुरा बताइदिनु भएछ , ‘ मन्दिरमा पुजा
गर्न धेरै जना पुजा सामाग्री लिएर मन्दिर गएपनि पुजारीले मात्र पुजा सामाग्री
मन्दिरमा चढाउँने गर्छ । दाइँ गर्न धेरै गोरु डोरीमा बाधिएको हुन्छ
तिनीहरूलाई घुमाउन एउटा दह्रो मियो हुन्छ । त्यसकारण सबै मतदाताहरू पाटी
भन्दा माथि उठेर हाम्रो नभनि राम्रो नेतालाई भोट दिई माथि पु¥याउ ।
त्यही राम्रो नेतृत्व गरेको टिम भयो भने सबै राम्रो हुन्छ । भागवण्डाको
राजनीतिक राम्रो हुँदैन योजना अनुसारको गर्न पाउँछन् किचलो हुँदैन ।
अनिमात्र
कोरिन्छ नेपाल आमाको केस
फेरिन्छ दुःखी गरिबको थोत्रो भेष
अनिमात्र बन्छ तिम्रो समुन्नत देश ’ भनि भन्नु भएछ ।
गरिबको पनि चित्त बुझ्यो प्रभु अव पाटीभन्दा माथि उठेर काम गर्न नेता लाई नै
आगामी चुनावमा जिताउन पर्ला । एउटै पाटीको एउटै पाँच वर्ष टिक्ने सरकार
बनाउनु पर्छ । प्रभुको जय होस् भन्दा झल्यास ब्यूझेछन् ।
समाप्त

बिहि, असार १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लघु-कथा = “सनिवारे साहित्य”

एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी भनेर भटटट भन्दै बडो चाख लाग्दो थियो उसको त्यो भट्याउने शैली...

धनी र गरिबका गीती कथा

एउटा गाउँमा किसानी गर्ने विपन्न वर्गका तोरी फूले नामका एक किसान थिए । तिनले आफ्नु बारीमा तोरीको विउ छर्दथे तोरी उम्रेपछि पहेलो फुल्दथ्यो देखेर दङ्ग पर्दथे । आहा ! पहेलो फूल भनि रमाउथे मेरो घर पहेलो रङ कहिले होला छतमा बसेर कहिले हासौँला भन्ने कल्पना...

पलायन -कथा

“हैन ऊ पलायन भएकै हो त ?” मेडमले अंशुबर्मालाई सोधीन “हो” मेडम, तपाईको उक्साहट र मेरो कुटनितिको अगाडि उ टिक्न सकेन ।” अंशुबर्माले जवाफ दियो “के गर्दै छ हिजो आज ऊ ?” पुन जिज्ञासा राखिन मेडमले “कोही खेती गर्दैछ भन्छन, कोही सुनौली र भैरवाहमा सामान ओसार पसार गर्छ...

शारदा भुसालको वयानः बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ

भ्ररष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन्...