प्रमुख समाचार

अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगे


असार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगेका छन् ।

दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।

 

उता कालिकोटको शुभकालिका गाँउपालिका २, गोगने खोलामा  पहिरो खस्दा  कर्णाली राजमार्ग ठप्प भएकाे छ । पहिरोले दैलेख, सुर्खेत, नेपालगञ्ज, जुम्ला, कालीकोटलगायतका स्थानतर्फ जाने र आउने सवारी साधन पूर्ण रुपमा प्रभावित भएका छन ।

प्रहरीले पहिरो हटाएर अवरोध खोल्ने प्रयास भइरहेको जनाएको छ ।

शुक्र, असार १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरे

 काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने...

कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा

असार, धनगढी ।कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको...

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको कोशेलीः सम्झौता २३ (पुरा पाठ )

असार, बेइजिङ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटघाट विहीबार सकिएको छ । अब प्रधानमन्त्री ओलीले नेतृत्व गरेको जम्बो नेपाली टोली शुक्रबार ल्हासाको भ्रमणमा निस्कने र आइतबार स्वदेश फिर्ता हुने कार्यसूची छ ।   चीन भ्रमणको तेस्रो दिन विहीबार नेपाल र चीनबीच विद्युतीय...

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...

मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी

 जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने...