साहित्य गतिबिधि

संसाक मासिक र खोज टी.भी.को आयोजनामा ‘असार १५, दही–चिउरा र कविता’


काठमाडौँ, असार १५ ।
संसाक मासिक र खोज टी.भी. ले आयोजना गरेको ’असार १५, दही–चिउरा र कविता’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम प्रा.डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्व र प्रा.डा. गार्गी शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, प्रा.डा.शैलेन्दुप्रकाश नेपाल, डा.सत्यराज थपलिया, तिलक लुइँटेल र रत्नप्रसाद श्रेष्ठ अनामणिले असार १५, दही–चिउरा र कविताको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।

त्यस अवसरमा प्रा.डा.गार्गी शर्मा, प्रा.डा.शैलेन्दुप्रकाश नेपाल, डा.सत्यराज थपलिया, तिलक लुइँटेल, रत्नप्रसाद श्रेष्ठ अनामणि, टंकबहादुर खत्री, उमेश पाण्डे, सीता बिष्ट कार्की, भगीरथ काफ्ले, भवानी मैयाँ पन्थ, धरणीधर गुरागाईं, तारा के.सी., सानु शर्मा, विनय पाण्डे, लक्ष्मी वस्नेत, आस्था निरौला, रुद्र अधिकारी लगायत स्रष्टाहरूले आआफ्ना सिर्जनाहरू सुनाउनुभएको थियो ।

संसाकका कार्यकारी सम्पादक तथा प्रकाशक उमेश पाण्डेले कार्यक्रमको संयोजन तथा सञ्चालन गर्नुभएको थियो ।

शनि, असार १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भानु साहित्यिक दौड सम्पन्न

काठमाडौँ, असार २८ गते । भानु साहित्य प्रतिष्ठानको मूल आयोजना र साझा प्रकाशन र प्रज्ञा–प्रतिष्ठानको सहआयोजनामा ‘भानु साहित्यिक दौड’ को आयोजना गरियो । साझा प्रकाशन पुलचोक, ललितपुरबाट सुरु भएको ‘भानु साहित्यिक दौड’ सहरको विभिन्न भागको परिक्रमा गर्दै प्रज्ञा–प्रतिष्ठानमा आएर समापन गरिएको थियो । दौडको शुभारम्भ गर्दै साझा...

अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीमा कविता सुनाए

२९असार काठमाडौं -अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीको सु अवसरमा हेमन्त खड्काको संयोजकत्वमा, दामोदर ढकालको उद्घोषण,कलानिधि दाहालको प्रमुख अातिथ्य,तिलक लुइँटेलको विशेष अातिथ्य,मुरलीप्रसाद ढकालको सभापतित्वमा १२जना सर्जकले एकदेखि छ वटासम्म गजल/मुक्तक/कविता सुनाएका थिए।सबै कविताको समीक्षा विशेष अतिथि-तिलकप्रसाद लुइँटेलले मार्मिक ढङ्गमा गरे।सबैको मुटु झड्कने वाँणहरु अाफ्नो अाशनबाट कलानिधि...

प्रज्ञा पुस्तकालय भवन समुद्घाटन

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा नवनिर्मित पुस्तकालय भवन, प्रज्ञा छापाखाना तथा २०५ औँ भानु जयन्तीको कार्यक्रमको भव्य रूपमा समुद्घाटन गर्नुभयो । आज भानुभक्तको महत्त्व २०५ वर्षपछि पनि झन् बढ्दै गएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको भाषिक एकीकरणमा प्राण...

संसाक सम्मान तथा पुरस्कार–२०७५ को घोषणा

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रही आआफ्नो स्थानबाट यिनका विविध पक्ष र विधाहरूलाई समृद्ध पार्न पु¥याउनुभएको उल्लेखनीय योगदानको लागि संसाक वाङ्मय प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई विभिन्न विधाको संसाक सम्मान तथा पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको स्रष्टा...

दुवाललाई फेडोल साहित्य पुरस्कार

काठमाडौँ, असार २२ गते । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान, सूर्यविनायक–४, भक्तपुरले फेडोल साहित्य पुरस्कार वितरण एवम् साहित्य विमर्शको कार्यक्रम गरेको छ । साहित्यकार मोहन दुवाललाई फेडोल साहित्य पुरस्कार र अदिश्री कस्पाललाई उदयमान नव प्रतिभा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले देशमा...

‘हिमवत् खण्ड कला, साहित्य सम्मिलन’ हुने

काठमाडौँ । २०५ औँ भानुजयन्तीका सन्दर्भमा मदन भण्डारी कलासाहित्य प्रतिष्ठानले ‘हिमवत् खण्ड कला साहित्य र संस्कृति ः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ भन्ने मूल उद्घोषका साथ यही असार २९,३० र ३१ गते तीन दिन यस क्षेत्रमा स्थापित कला, साहित्य र संस्कृतिकोे परिचय तथा गरिमा, विचार...